बाराको कोल्हबी, करैयामाई र बारागढीमा कांग्रेसले दियो थारु उम्मेदवारलाई टिकेट

नेपाली कांग्रेसले बारा जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। आइतबार राति अबेरसम्म जनकपुरमा बसेको स्थानीय तह, जिल्ला र प्रदेश कमिटीको बैठकले उम्मेदवारको ‍टुंगो लगाएको हो। Continue reading “बाराको कोल्हबी, करैयामाई र बारागढीमा कांग्रेसले दियो थारु उम्मेदवारलाई टिकेट”

बर्दिया जिल्ला अध्यक्ष मोहन चौधरीले छाडे जसपा

जनता समाजवादी पार्टी (जसपा) बर्दियाका जिल्ला अध्यक्ष मोहन चौधरीले पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। हालः स्वतन्त्र बस्ने बताए पनि उनको स्टाटसले उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध हुने बताइएको छ। Continue reading “बर्दिया जिल्ला अध्यक्ष मोहन चौधरीले छाडे जसपा”

घोराहीमा नरुलाल चौधरीलाई दोहोर्‍याउने एमाले निर्णय, धनगढी, तुलसीपुर र इटहरीको उपप्रमुखमा थारु महिला

नेकपा एमालेले घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई दोहोर्‍याउने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार साँझ बसेको सचिवालय बैठकले नरुलाललाई दोहोर्‍याउने निर्णय गरेको हो।

त्यस्तै तुलसीपुरको उपमेयरमा थारु उम्मेदवार चयन गरेको छ। एमालेले स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै इटहरी उपमहानगरपालिकामा पनि उपमेयरको उम्मेदवार थारु महिलाले पाएकी छन्। एमालेलै संगीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै धनगढी उपमहानगरपालाका राना थारु समुदायकी कन्दकला राना थारुलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार प्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उपमहानगरपालिका

धनगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
नेपालगञ्ज : प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल
तुलसीपुर : प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी
बुटवल : प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल
हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
कलैया : विनोद साह

कान्तिपुर दैनिकको जागिर छाडेर रेशम चौधरीको पार्टीबाट अध्यक्षको उम्मेदवारी दिँदै गणेश

दुई दसक बढी पत्रकारितामा सक्रिय रहेका कैलाली टीकापुरका गणेश चौधरी राजनीतिमा होम्मिने भएका छन्। उनले टीकापुरसँगै रहेको जानकी गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिँदैछन्। उनले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिन लागेका हुन्। Continue reading “कान्तिपुर दैनिकको जागिर छाडेर रेशम चौधरीको पार्टीबाट अध्यक्षको उम्मेदवारी दिँदै गणेश”

माओवादीलाई २०६४ सालको स्थितिमा फर्काउने कृष्णकुमार चौधरीको घोषणा

जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन)ले माओवादी केन्द्रमा फर्किँदै पार्टीलाई २०६४ सालको स्थितिमा ल्याउने बताएका छन । माओवादीमा पुनः फर्केको घोषणा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई परित्याग गरी माओवादी केन्द्रलाई एक बनाउन फर्केको बताएका हुन । Continue reading “माओवादीलाई २०६४ सालको स्थितिमा फर्काउने कृष्णकुमार चौधरीको घोषणा”

थारु साँस्कृतिक संग्रहालय बछौलीको नयाँ नेतृत्व चयन

थारु साँस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीको १५औं साधारणसभा तथा चौथो अधिवशेनबाट खिलेन्द्रराज चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। जसको उपाध्यक्षमा जीतबहादुर चौधरी, सचिव दीपेन्द्र कुमार चौधरी (दिपेश), Continue reading “थारु साँस्कृतिक संग्रहालय बछौलीको नयाँ नेतृत्व चयन”

रेशम चौधरीबारे भोलि सरकारसँग ‘सिरियस’ कुरा गर्ने प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेलमा रहेका रेशम चौधरीको सम्बन्धमा सरकासँग ‘सिरियस’ कुरा गर्न लागेको दाबी गरेका छन्। कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भोलि (शुक्रबार) रेशम चौधरीबारे सरकारसँग गम्भीर छलफल गर्न लागेको बताए। Continue reading “रेशम चौधरीबारे भोलि सरकारसँग ‘सिरियस’ कुरा गर्ने प्रचण्डको दाबी”

कांग्रेस नेता पुस्कल चौधरी माओवादीमा प्रवेश

नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। उनी बेलौरी नगरपालिका-२ को वडा कार्यसमिति सचिव हरिराम जोशीसहित माओवादी प्रवेश गरेका हुन्। कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा सहसचिव चौधरीले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन्। Continue reading “कांग्रेस नेता पुस्कल चौधरी माओवादीमा प्रवेश”

मुक्तकमैया थारुहरु भन्छन्- हामीलाई सधैँ भोट बैंकमात्रै बनाए

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा मुक्त कमैया, मुक्तहलिया तथा सार्वजनिक जग्गामा टहरा बनाएर जीविका चलाउँदै आएका अन्य क्षेत्रको भन्दा बढी छन्। दुई दर्जनभन्दा बढी शिविर रहेको निर्वाचन क्षेत्रमा बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका पर्छन्। Continue reading “मुक्तकमैया थारुहरु भन्छन्- हामीलाई सधैँ भोट बैंकमात्रै बनाए”

थारु युवा चन्दन चौधरीले लहान नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिने

थारु समुदायका युवा चन्दन चौधरीले सिरहाको लहान नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। उनले आफू २९ वर्ष पार गर्दैगर्दा पनि लहानको अनुहार परिवर्तन नभएकाले लहानलाई जिताउनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए। Continue reading “थारु युवा चन्दन चौधरीले लहान नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिने”