थरुहट आन्दोलनका एक योद्धाको दुःखद अवसान

थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको दुःखद अवसान भएको छ। गत ३ वैशाखमा धनगढीको मिलनचौकमा उनी दुर्घटनामा परेका थिए। तरकारी किन्न हिँडेका सभापति चौधरीलाई मोटसाइकलले ठक्कर दिएको थियो। उनलाई तत्कालै मायामेत्रो अस्पताल पुर्यााइएको थियो। गम्भीर चोटका कारण आइसियुमा भर्ना भएका उनको मंगलबार निधन भएको थाकस कैलालीका उपसभापति माधव चौधरीले जानकारी दिएका छन्।

थरुहट आन्दोलनका योद्धा थिए लाहुराम
लाहुराम चौधरी थरुहट आन्दोलनका अगुवासमेत थिए। थाकस कैलालीको नेतृत्व गरिरहँदा उनले नेपालका भएका विभिन्न थारु आन्दोलनमा अग्रनि भूमिका निर्वाह गरेका थिए। विसं २०७२ सालको आन्दोलनमा उनले जिल्ला संयोजक भएर आन्दोलन हाँकेका थिए।

सोही आन्दोलनको क्रममा ७ भदौमा टीकापुर घटना घटेको थियो। टीकापुर घटनाका बेला उनी कैलालीका सिडिओहरुसँग सर्वपक्षीय छलफलमा थिए। आन्दोलनलाई निष्पक्षरुपमा अगाडि बढाउन उनी निरन्तर प्रहरी प्रशासनको सम्पर्क र समन्वयमा बसेका थिए।

तर टीकापुर घटनापछि उनी आफैँ पनि दोषी बन्न बाध्य भए। प्रहरी उनलाई पक्राउ गर्योा। उनी पुर्पक्षका लागि कारागारमा बसे। ४२ महिनापछि बल्ला उनी निर्दोष ठहरिए। उनी कारागारमा रहँदा थाकस कैलालीको अधिवेशन सम्पन्न भएको थियो। कैलालीका अगुवाहरुले उनको सम्मानमा कैलाली सभापतिमा सर्वसम्मत उनलाई सभापतिको जिम्मेवारी तोकेको थियो।

४२ महिनापछि बाहिर रहँदा पनि उनले थारु माग मुद्दाको लागि सधैं सक्रिय भइरहे। कैलाली घटना सम्बन्धमा भएका बहस होस् या अधिकार लागि भएका भेला किन नहोस् उनी सधैं अग्रपंक्तिमा रहेर बहस गर्न तयार हुन्थे।

बेलैमा बुद्धि नपुर्‍याए फेरि रुन पनि पाइने छैन

स्थानीय निर्वाचनको तरंगले हाम्रो देश ढाकिसक्यो। सहरका हलहरु राजनीतिक कार्यक्रमले भरिभराउ छन्। गाउँका गल्लीहरुमा ठडिएका वृक्षहरु राजनीतिक झण्डाले रंगीन छन्। बस्तीका झुपडीहरुमा समेत दलका झण्डा टाँगिएका छन्। Continue reading “बेलैमा बुद्धि नपुर्‍याए फेरि रुन पनि पाइने छैन”

तथ्यहीन समाचार प्रकाशन गरेर बदनाम गराउन खोजियो : अध्यक्ष थारू

बारा : बारागढी गाउँपालिकाका प्रवक्ता अच्छेलाल महराले चुनाव नजिकिदै गर्दा गाउँपालिकालाई बदनाम गर्ने समाचारहरू प्रकाशन हुन थालेको बताएका छन्। Continue reading “तथ्यहीन समाचार प्रकाशन गरेर बदनाम गराउन खोजियो : अध्यक्ष थारू”

घोराही उपमहानगरपालिकामा पनि रेशम चौधरी नेतृत्को पार्टीले उम्मेदवार उठाउँदै

रेशम चौधरी नेतृत्वको नागरकि उन्मुक्ति पार्टीले दाङको घोराही उपमहानगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ। पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कनैलाल चौधरीका अनुसार घोराही उपमहानगरको मेयरका लागि फहरुकुमार चौधरी र श्रीशरण चौधरीको नाम सिफारिस भएको छ। Continue reading “घोराही उपमहानगरपालिकामा पनि रेशम चौधरी नेतृत्को पार्टीले उम्मेदवार उठाउँदै”

चुनावी तालमेल गर्ने विषयमा रेशम चौधरी र रुक्मिणी चौधरीबीच छलफल

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबीच चुनावी तालमेल गर्ने तयारी भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुवै दलले तराईका धेरै जिल्लामा चुनावी मैदानमा उत्रिँदैछन्। Continue reading “चुनावी तालमेल गर्ने विषयमा रेशम चौधरी र रुक्मिणी चौधरीबीच छलफल”

विराटनगर महानगरको उपमेयरमा विजय गच्छदार निकट दुई जना सिफारिस

नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको उपमेयरमा थारु समुदायाबाट दुई जनाको नाम सिफारिस भएको छ। पार्टीको विराटनगर समिति सभापति दीपक चपागाईंले मेयरका लागि ७ र उपमेयरका लागि १२ जनाको नाम पार्टी केन्द्रीय समितिसमक्ष शनिबार सिफारिस गरेको हो। Continue reading “विराटनगर महानगरको उपमेयरमा विजय गच्छदार निकट दुई जना सिफारिस”

रेशम चौधरीको पार्टीले टीकापुरसहित कैलालीका १३ वटै पालिकामा उम्मेदवारी दिने

जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले कैलालीको सबै पालिकामा उम्मेदवारी दिने भएको छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेका हुन्। Continue reading “रेशम चौधरीको पार्टीले टीकापुरसहित कैलालीका १३ वटै पालिकामा उम्मेदवारी दिने”

कैलालीमा थारु केन्द्रीत चार दलले गठबन्धन गर्ने

आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा थारु नेताहरुले नेतृत्व गरेका चार दलले छुट्टै गठबन्धन बनाउने सहमति गरेका छन्। सत्तारुढ पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै थारु केन्द्रीत दलहरुसँग तालमेल गर्ने सहमति गरेको हो। Continue reading “कैलालीमा थारु केन्द्रीत चार दलले गठबन्धन गर्ने”

कैलाली-कञ्चनपुरमा माओवादीको मुख्य भोटर थारुहरु नै हुन् : हरिराम चौधरी

आसन्न स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुले चुनावी गठबन्धन गर्ने सैद्धान्ति सहमति गरेका छन्। तर कुन मोडालिटीमा गठबन्धन गर्ने विषयमा अझै सहमति भइसकेको अवस्था छैन। सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ८८ पालिकाहरु छन्। ती पालिकाहरुमा नेकपा माओवादी केन्द्रले कस्तो रणनीति लिएर चुनावी मैदानमा उत्रिँदैछ? Continue reading “कैलाली-कञ्चनपुरमा माओवादीको मुख्य भोटर थारुहरु नै हुन् : हरिराम चौधरी”

नागरिक उन्मुक्ति पार्टीमा विभिन्न दलका ३० कार्यकर्ता प्रवेश

स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गरी प्रवेश गर्नेको संख्या बढ्न थालेको छ। बुधबार ३० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। Continue reading “नागरिक उन्मुक्ति पार्टीमा विभिन्न दलका ३० कार्यकर्ता प्रवेश”