एसएसपी राजेन्द्रप्रसाद चौधरी डिआइजीका लागि सिफारिस

नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरीको बढुवा सिफारिस समितिको बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो। Continue reading “एसएसपी राजेन्द्रप्रसाद चौधरी डिआइजीका लागि सिफारिस”

उपमेयर रमिता राना भन्छिन्- ‘पालिका हाक्न सक्षम छौँ’

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ। कञ्चनपुरका भूमिपुत्रका मानिने राना थारु समुदायका अगुवा पनि दशकौँदेखि बसोबास रहे पनि यहाँ स्थानीय तह राज्य संयन्त्रमा आफ्नो बलियो उपस्थिति हुनुपर्नेमा जोड दिइरहेका छन्। Continue reading “उपमेयर रमिता राना भन्छिन्- ‘पालिका हाक्न सक्षम छौँ’”

घोराहीबाट फेरि नरुलाल चौधरी मेयरमा सिफारिस

घोराही उपमहानगरपालिका प्रमुख पदमा नेकपा एमालेबाट दुईजनाको नाम सिफारिस गरिएको छ। एमाले दाङ घोराही उपमहानगर कमिटिले हालका मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपानेको नाम सिफारिस गरिएको जनाएको छ। Continue reading “घोराहीबाट फेरि नरुलाल चौधरी मेयरमा सिफारिस”

जसपा छाडेर एमाले गएकी कल्पना थारु प्रदेश कमिटीमा मनोनीत

जनता समाजवादी पार्टी (जसपा)बाट नेकपा एमाले प्रवेश गरेकी केन्द्रीय सदस्य कल्पना थारु प्रदेश कमिटीमा मनोनीत भएका छन्। नेकपा एमाले मधेस प्रदेश कमिटीले उनलाई मनोनीत गरेको हो। थारु नेतृ चौधरीलाई नेता राजकुमार लेखीले एमालेमा प्रवेश गराएका थिए। Continue reading “जसपा छाडेर एमाले गएकी कल्पना थारु प्रदेश कमिटीमा मनोनीत”

जसपाले थारुको एजेण्डा छोड्यो : कृष्णकुमार चौधरी

नेकपा माओवादी केन्द्र परित्याग गरेको ६ वर्षपछि कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः पार्टीमा फिर्ता भएका छन्। पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका थाप्दै उनी पुनः माओवादीमा भित्रिएका हुन्। Continue reading “जसपाले थारुको एजेण्डा छोड्यो : कृष्णकुमार चौधरी”

जसपाका सुदूपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादीमा प्रवेश

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। चौधरी पेरिसडाँडामा एक कार्यक्रमकाबीच माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। Continue reading “जसपाका सुदूपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादीमा प्रवेश”

द्वारिकलाल चौधरीलाई पुनः मेयरमा उम्मेदवार बनाउन एमालेको सिफारिस

टहरीका मेयर द्वारिकलाल चौधरीलाई एमालेले पुनः उम्मेद्वार सिफारिस गरेको छ । यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा द्वारिकलालको नाम थिएन । प्रदेश समितिको सचिवालय बैठकले उनको नाम पुनः समावेश गर्न आग्रह गरेपछि उनको नाम समावेश भएको एमाले स्रोतले जनाएको छ । Continue reading “द्वारिकलाल चौधरीलाई पुनः मेयरमा उम्मेदवार बनाउन एमालेको सिफारिस”

शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा

पेट्रोलियम आयात उच्च दरले बढेपछि दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। पेट्रोलियम खपत कम हुन्छ र आयातका लागि कम विदेशी मुद्रा खर्च हुन्छ भन्ने विश्लेषणका आधारमा दुई दिन बिदा दिने प्रस्ताव गरिएको हो।
अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकमा वाणिज्य मन्त्रालयले दुई दिन बिदा दिने प्रस्ताव गरेको हो। Continue reading “शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा”

थारु पत्रकार संघ नेपालमा नयाँ नेतृत्य चयन, अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत

थारु पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्म निर्वाचित भएका छन्। नवलपुरको अमलटाँरीमा सम्पन्न पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो। Continue reading “थारु पत्रकार संघ नेपालमा नयाँ नेतृत्य चयन, अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत”

भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी निर्वाचित

नेकपा एमाले निकट नेपाल भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी पुनः निर्वाचित भएकी छन्। बर्दियाको गुलरियामा बिहीवार शुरु भइ शुक्रवार सम्पन्न अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। एमाले अध्यक्ष केपी ओलीले बिहीवार अधिवेशन उद्घाटन गरेका थिए। Continue reading “भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी निर्वाचित”