थारु इतिहाससँग जोडिएको बिक्रमबाबाको वास्तविकता

कारी महतो
चितवन राष्ट्रिय निकुञ्जभित्र हरेक वर्ष चैते दशैंको समयमा पन्ध्र दिनसम्म बिक्रमबाबा मेला लाग्ने गर्दछ । मेलामा लाखौं दर्शनार्थीहरु आएर पूजा एवम् भाकल समेत गर्दछन् । दिनानुदिन विक्रमबाबाको धार्मिक महत्व बढ्दै गएको देखिन्छ । Continue reading “थारु इतिहाससँग जोडिएको बिक्रमबाबाको वास्तविकता”

बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, थारु संस्कृति तथा खानालाई प्रवर्द्धन गर्ने

नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ। प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो। Continue reading “बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, थारु संस्कृति तथा खानालाई प्रवर्द्धन गर्ने”

प्रेस काउन्सिलले बनायो थारु भाषामा पत्रकार आचारसंहिता

प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ। प्रेस काउन्सिल नेपालले दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो। Continue reading “प्रेस काउन्सिलले बनायो थारु भाषामा पत्रकार आचारसंहिता”

नेपालले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको उपाधि

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ। दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो। ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए। Continue reading “नेपालले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको उपाधि”

नेपालस्थित भारतीय राजदूत क्‍वात्रा विदेश सचिवमा नियुक्त

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ। क्वात्रा सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका थिए। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका क्वात्रा दिल्लीमै छन्। Continue reading “नेपालस्थित भारतीय राजदूत क्‍वात्रा विदेश सचिवमा नियुक्त”

एमालेको पर्सा अध्यक्षमा जयप्रकाश थारु चयन

नेकपा एमाले पर्साको ८औँ जिल्ला अधिवेशनबाट संविधानसभा सदस्य जयप्रकाश थारु सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन्। अधिवेशन सुरु भएको झण्डै तीन महिनापछि शनिबार वीरगन्जको एक होटलमा आयोजित बन्द सत्रबाट अध्यक्ष, पदाधिकारीसहित एक सय ३५ सदस्यीय जिल्ला समिति सर्वसम्मतिले चयन गरिएको हो। Continue reading “एमालेको पर्सा अध्यक्षमा जयप्रकाश थारु चयन”

प्रधानमन्त्री देउवाको भारत भ्रमणको उपलब्धि : द्विपक्षीय सम्बन्ध थप प्रगाढ

प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन्। Continue reading “प्रधानमन्त्री देउवाको भारत भ्रमणको उपलब्धि : द्विपक्षीय सम्बन्ध थप प्रगाढ”

थारु कलस्टर नछुट्याएको भन्दै खरिदार पदको विज्ञापनविरुद्ध सर्वोच्चमा रिट दायर

थारु कल्याणकारिणी सभा (थाकस)ले लोक सेवा आयोगले खुलाएको खरिदार पदको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। थाकसको तर्फबाट अधिवक्ता श्रवण कुमार चौधरी र थाकसका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले आइतबार रिट दायर गरेका हुन्। Continue reading “थारु कलस्टर नछुट्याएको भन्दै खरिदार पदको विज्ञापनविरुद्ध सर्वोच्चमा रिट दायर”

जयनगर-कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु

जयनगर-कुर्था रेल्वे खण्डमा आज विहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए। Continue reading “जयनगर-कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु”

नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारत एक दृढ साथी : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताएका छन्। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई देशका प्रधानमन्त्रीको आजको भेटले महत्वाकांक्षी लक्ष्य हासिल गर्न मद्दत मिल्ने दाबी गरे। Continue reading “नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारत एक दृढ साथी : मोदी”