लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्ररूपमा अगाडि बढाउन नेपाल र भारत सहमत भएका छन्। Continue reading “नेपाल र भारतबीच चार सम्झौतामा हस्ताक्षर,पञ्चेश्वरलाई गति दिइने”
Author: Madan Kumar
जसपाबाट निकालिएकी उपाध्यक्ष चौधरी एमालेमा प्रवेश गर्दै
जनता समाजवादी पार्टी (जसपा)ले पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमति देवी चौधरीलाई पार्टीबाट निकष्काशन गरेको छ। बुधबार बसेको जसपा पर्साको जिल्ला समन्वय समितिको बैठकले पार्टीको आचरण विपरित काम गरेको आरोप लगाउँदै उपाध्यक्ष चौधरीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो। Continue reading “जसपाबाट निकालिएकी उपाध्यक्ष चौधरी एमालेमा प्रवेश गर्दै”
थारु कलाकारहरुको जमघट चितवनमा, ‘मन लागेन’ टिमले मनायो ‘सेलिब्रेसन’
पछिल्लो समय थारु गीतसंगीतले नयाँ उचाई छुँदै गइरहेको छ। अहिले थारु समुदायले मात्र नभई अन्य समुदायका लागि पनि थारु गीतले आकर्षित गरिरहेको छ। थारु गीत संगीतलाई मन पराउने दर्शकको संख्या बढ्दै गएपछि पहिलोपटक थारु गीत ‘मन लागेना अब बिन तुहार’ करोड क्लबमा प्रवेश गरेको छ। Continue reading “थारु कलाकारहरुको जमघट चितवनमा, ‘मन लागेन’ टिमले मनायो ‘सेलिब्रेसन’”
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ। भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली आइपुगेका हुन् Continue reading “प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै”
महराका स्वकीय सचिव पत्नी सीता चौधरीसहित एमालेमा प्रवेश
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा पत्नी सीता चौधरीसहित नेकपा एमालेमा प्रवेश गरेका छन्। केही दिनअघि माओवादी केन्द्र छाडेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकस्थलमा स्वागत गरे। Continue reading “महराका स्वकीय सचिव पत्नी सीता चौधरीसहित एमालेमा प्रवेश”
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। Continue reading “पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश”
जनजाति महासंघको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न दलीय भीडन्त हुँदै
आदिवासी जनजाति महासंघको दसौं महाधिवेशन नवलपुरको कावासोतीमा जारी छ। बिहीबार बिहानैबाट बन्दसत्र सुरु भए पनि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुन सकेको छैन। दसौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि दलीयरुपमा भीडन्त भइरहेको बताइएको छ। Continue reading “जनजाति महासंघको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न दलीय भीडन्त हुँदै”
थारु गाउँबाट हराउँदै कुवा
कुनै बेला तराईमा पूरै गाउँको खानेपानीको एउटै स्रोत कुवा हुन्थ्यो। पालो पुर्याएर सबैले घरका लागि खानेपानी लग्ने गर्दथे। विशेषगरी बिहान र साँझका बेला कुवाबाट पानी झिक्दै नुहाउने र पानी भर्नेको लर्को लाग्ने गर्थ्यो।
विगत सम्झदै शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मानबहादुर चौधरीले भने, ‘कुवा एका देशको कथाजस्तै भएको छ, गाउँमा रहेका कुवा हेण्डपम्प गाडने कार्य हुन थालेपछि हराउँदै गए, बुढापाकाको कथा कहानी र भनाइमा मात्रै कुवाको चर्चामात्रै सुन्न पाइने गरेको छ।’ उनका अनुसार गाउँका जमिन्दारका घरमा मात्रै व्यक्तिगत कुवा हुन्थ्यो। पूरै गाउँका लागि एउटै कुवा हुन्थ्यो। गाउँका सबैले मिलेर वर्षमा एकपटक कुवा सफा गर्दथे।
कुवामा पानी भर्नेको लर्को लाग्ने भएकाले पालो नआउँदासम्म गाउँका बासिन्दा जमघट हुँदा निकै रमाइलो हुने गर्थ्यो। सुख दुःखका कुरासँगै गाउँका विकास र सामाजिक कार्यका बारे चर्चा हुने गर्थ्यो। आजभोलि जस्तो सञ्चारका माध्यम थिएनन्। एउटै सञ्चारको माध्यमका रुपमा रेडियो हुन्थ्यो। रेडियो पनि थोरैका घरमा हुन्थे। रेडियो ल्याएर पानी भर्न आउनेले सबैलाई गीतसँगै समाचार सुनाउने गर्थे। पानी भर्न आएका रेडियो सुन्नकै लागि कुवा भएको क्षेत्रमा निकै वेर बस्ने गरेका थिए।
विसं २०३२ अघि स्थानीय बासिन्दाले काठको ढुङ्ग्रो राखेर कुवा बनाउने गर्थे। केहीले खोलाको पानी पिउनका लागि प्रयोग गर्थे। ‘आजभोलि जस्तो खोला दुषित थिएनन्,’ लक्ष्मण डगौराले भने, ‘खानेपानी, लुगा धुन, बस्तु भाउलाई पानी खुवाउन खोलाकै पानी प्रयोग हुन्थ्यो, कुवा त थोरैका घरमा हुन्थ्यो, कुनै गाउँमा त एउटा मात्रै कुवा हुन्थ्यो, त्यसकाबाटै खानेपानीको व्यवस्था हुन्थ्यो।’
वैशाख जेठका बेला कुवा सुक्ने भएकाले धेरैले खोलाकै पानी प्रयोगमा ल्याउने गरेको उनको भनाइ छ। ‘कुवाको पानी चिसोमा गरम र गर्मीमा चिसो हुने गर्दथ्यो, कुवाको गहिराइ १० फिटदेखि ६० फिटसम्म हुने गर्दथ्यो,’ स्थानीय मानसिंह भण्डारीले भने, ‘हालको हेण्डपम्प र ओभरहेड ट्यांकीजस्तो सुरक्षित पानी भने कुवाको हुने गरेको थिएन, वर्षातको पानी कुवामा जम्मा हुँदा निकै दुषित हुने गर्थ्यो, भ्यागुता, लामखुट्टेलगायत कुवाको पानीमा हुने भएकाले पानीजन्य रोगको प्रकोप त्यस बेला अधिक रहने गरेको थियो।’
तत्कालीन सरकारले विसं २०३२ मा गाउँ गाउँमा कुवा बनाउनका लागि बजेटको व्यवस्था गरी पक्की कुवा बनाएको उनको भनाइ छ। हालः बस्ती विकाससँगै हेण्डपम्प र ओभरहेड ट्यांकी निर्माण हुन थालेपछि कुवा हराउँदै गएका छन्। हेण्डपम्प भएका ठाउँका बासिन्दाले फिल्टरको प्रयोग गरी खानेपानी उपभोग गर्दै आएका छन्। केहीले विना फिल्टर हेण्डपम्पको पानी प्रयोगमा ल्याउने गरेका छन्। जुन विगतको कुवाको पानीभन्दा निकै सुरक्षित रहेको छ। कुवाको पानी प्रयोग गर्दा हुने पानीजन्य रोगको प्रकोपसमेत विगतको जस्तो नरहेको भण्डारी बताउँछन्।
‘महेन्द्रनगर बजारमा थोरैका घरमा मात्रै हेण्डपम्प थिए, विसं २०४० पछि ग्रामीण क्षेत्रमा हेण्डपम्प गाडन सुरु गरिएको हो,’ उनले भने, ‘हेण्डपम्प पाउनका लागि सरकारी निकायमा निकै दौडधुप गर्नुपर्थ्यो, पञ्चहरुलाई निकै गुहार्नु पर्थ्यो, हेण्डपम्प पाउनेले आफूलाई निकै सौभाग्यशाली सम्झन्थे।’ ग्रामीण क्षेत्रका केही ठाउँमा हालः ओभरहेड ट्यांकीमार्फत् खानेपानीको आपूर्ति भइरहेको छ भने बहुसङ्ख्यक व्यक्तिका घरमा कुवाको ठाउँमा खानेपानीका लागि अझै पनि हेण्डपम्पकै प्रयोग हुने गरेको छ।
‘पहिला कुवा हुनु नै धेरै थियो, त्यसपछि हेण्डपम्पको चलन चलेपछि यसलाईनै धेरैले रुचाए,’ स्थानीयवासी तेज शाहले भने, ‘अब हरेक क्षेत्रमा ओभर हेड ट्यांकीमार्फत् पानी पुर्याउन थालिएपछि यसलाई नै सुरक्षित मान्न थालिएको छ।’
फोनिज वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी चयन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को चितवनमा सम्पन्न सातौं संघीय महाधिवेशनले गजुरधन राईको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन गरेको छ। महाधिवेशनले अध्यक्ष, महासचिवलगायतका केही पद निर्विरोध चयन गरेको छ। केही उपाध्यक्ष, सचिवलगायतका पदहरूमा मतदानमार्फत नेतृत्व चयन गरेको छ। Continue reading “फोनिज वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी चयन”
मुक्त कमैयालाई जीविका चलाउनै धौधौ
शुक्लाफाँटा नगरपालिका-१० झलारीका वीरेन्द्र चौधरीले मजदुरी नगरे परिवारको खर्च चल्दैन। तीन वर्षदेखि उनले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आएका छन्। लोड अनलोडको कार्य गरेबापत आउने रकमले घर खर्च चल्दै आएको उनले बताए। Continue reading “मुक्त कमैयालाई जीविका चलाउनै धौधौ”