भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमवार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य भुपेन्द्र थेवे, Continue reading “भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन”

थारू समुदायमा छोराछोरीहरूको सामूहिक विवाह गरिदिने चलन

विमला चौधरी

बाँकेको राप्तीसोनारी गाउँपालिकाकी नवलपुरकी सविता थारूसहित उनका अन्य तीन दिदी बहिनीको गत फागुन ४ मा एकै साथ विवाह गरे। चार दिदी बहिनी एकै किसिमको पोसाकमा बेहुली भएर सजिएका थिए। सविताले त्यसरी विवाह गर्दा खुसी लागेको बताइन्। तर विवाहको दिन एक अर्काको बेहुलालाई राम्ररी चिन्न समेत नपाएको उनले बताइन्। Continue reading “थारू समुदायमा छोराछोरीहरूको सामूहिक विवाह गरिदिने चलन”

संगठन विस्तार र पार्टी प्रवेश गराउँदै नागरिक उन्मुक्ति पार्टी

स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्वको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गर्नेहरु देखिएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मनिष लामा, सोनाम घिसिङलगायत नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। Continue reading “संगठन विस्तार र पार्टी प्रवेश गराउँदै नागरिक उन्मुक्ति पार्टी”

गाभर भ्याली होमस्टेमा मौलिक भोजन मेला हुँदै

गाभर भ्याली होमस्टेमा चैत १२-१३ गते मौलिक भोजन मेला आयोजना हुने भएको छ। ‘रैथानलेमा भर, स्वास्थ्य जीवनको आधार’ नारासहित आयोजना हुने ‘मौलिक (रैथाने) खाना मेला’मा लुम्बिनी प्रदेशका विभिन्न जातजातिमा प्रचलित नाचको अवलोकनसमेत गर्न पाइने बताइएको छ।

मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातिमा प्रचलित नाच हेर्ने ब्यवस्था मिलाइएको गाभर भ्याली होमस्टे सञ्चालक समितिका अध्यक्ष कृष्णलाल चौधरीले बताए। उनले थारु समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया, लट्ठा, मयूर नाच प्रदर्शन गरिने बताए।

त्यसैगरी हिमाली तथा पहाडी भेगमा प्रचलित कुर्कुटी, सल्यानी टप्पा, झ्याउरे लगायतका नाच महोत्सवमा हेर्ने ब्यवस्था मिलाइएको छ। ‘मौलिक परिकारको स्वादसँगै लोप हुँदै गएको परम्परागत नाचगान हेर्ने ब्यवस्था समेत महोत्सवमा गरिएको छ,’ उनले भने, ‘आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित, तर लोपुन्मुख नाचगानकोे प्रचारप्रसार गरी यसको प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य छ।’

उनले महोत्सवमा थारु समुदायको मौलिक पोशाकको अवलोकनसँगै किनमेल गर्ने ब्यवस्था मिलाइएको बताए। ‘परम्परागत पोशाकको बारेमा पछिल्लो पुस्तालाई जानकारी दिने र यसको बजारिकरण गर्न मौलिक पोशाक अवलोकन र किनेर लैजान चाहनेका लागि किनमेल गर्ने ब्यवस्था पनि आयोजकले गरेको छ,’ अध्यक्ष चौधरीले भने।

‘नारी शक्ति पुरस्कार’बाट सम्मानित आरती रानालाई भव्य स्वागत

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको लखिमपुर खिरीमा जन्मिएकी आरती राना ‘नारी शक्ति पुरस्कार’बाट सम्मानित भएकी छन्। सन् २०२० का लागि उनले उक्त पुरस्कार पाएकी हुन्। नारी दिवसको अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले उक्त पुरस्कार आरतीलाई प्रदान गरे। Continue reading “‘नारी शक्ति पुरस्कार’बाट सम्मानित आरती रानालाई भव्य स्वागत”

मोटरसाइकल दुर्घटनामा तीन जना थारुको मृत्यु

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी Continue reading “मोटरसाइकल दुर्घटनामा तीन जना थारुको मृत्यु”

थापस चितवनका नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

थारू पत्रकार संघ नेपाल चितवन शाखाको नयाँ कार्यसमिति चयनसँगै पद हस्तान्तरण गरिएको छ। नारायणगढस्थित होटल ह्याप्पी होममा बिहीबार आयोजित कार्यक्रममा सुमित्रा महतो नेतृत्वको पूर्व कार्यसमितिले नवनिर्वाचित दीपेश चौधरी नेतृत्वको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो। Continue reading “थापस चितवनका नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण”

थारू समुदायको होली र यसको ऐतिहासिकता

लखन चौधरी

अन्य समुदायजस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात धुरहेरी/होरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दू धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ । Continue reading “थारू समुदायको होली र यसको ऐतिहासिकता”

होली पर्व र अन्जु-सुशीलाको ‘प्यार’

अन्जु कुश्मी थारु समुदायका भर्सटाइल कलाकार हुन्। उनी गायिकासँगै मोडलिङसमेत गर्छिन्। सुशीला कार्की पनि थारु गीतका चल्तीका मोडेल हुन्। सामाजिक सञ्जालमा अन्जु र सुशीलको ‘ड्युट’ तस्बिरहरु जति पनि हेर्न सकिन्छ। Continue reading “होली पर्व र अन्जु-सुशीलाको ‘प्यार’”

राना थारू समुदायमा ३८ दिन होली

बासमती राना

नेपालको सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका करिब १३५ ओटा गाउँ र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र उत्तराखण्डका केही जिल्लामा सदियौंदेखि आदिवासीको रूपमा बसोबास गर्दै आएका छन् राना थारूहरू । यस समुदायको सबैभन्दा ठूलो चाडको रुपमा होली पर्व रहेको छ । प्रस्तुत आलेखमा यसबारे चर्चा गरिएको छ ।

यस वर्षको फागु पूर्णिमा फागुन ४ गते परेको छ । तर रानाथारू समुदायमा मनाइने सबभन्दा ठूलो पर्व फागु अर्थात् होरी पर्व माघ पूर्णिमाबाट सुरु हुने भएकाले माघ ४ बाट सुरु भएको थियो । पहिले रानाथारू समुदायको दिन अनुसार माघको पूरनमासी अर्थात् पूर्णिमाको दिनदेखि फागु पूर्णिमा र फागु पूर्णिमाको आठौँ दिन खकडेहरा गरी जम्मा ३८ दिन धुमधामसँग होरी पर्व मनाइन्थ्यो । होलीलाई “होली राख्ने, जिउँदो होली, टीका, मरेको होली र खकडेहरा” गरी विभिन्न रुपमा मनाइन्थ्यो । अब भने साता दिनमा खुम्चिन थालेको छ ।

सामूहिक रूपमा प्रत्येक दिन पालैपालो एक पछि अर्को घरमा जम्मा भइ ढोलको डङ्का बजाउँदै होली गीत गाएर नृत्य गरी रमाउँछन् । विशेष महत्व बोकेको राना थारू होलीका विभिन्न समय, अवस्था र प्रहरसँगै गीतका भाका र लय फरक फरक छ । सोही अनुसारका होलीमा नाचिने नृत्यका तरिका समेत फरक छ । सादा होली, पुरुष/महिलाको ठड़ौँवा होली, पुरुष/महिलाको लोहोकौँवा होली, कलाकार, खिचडी होली आदि राना थारूहरूले खेल्ने होली नृत्यका तरिका हुन् ।

होली प्रतीकको स्थापना

होलीको सुरुको दिन होलीको प्रतीक स्थापना गर्ने दिन हो । माघ महिनाको पूर्णिमाको दिन दाजुभाईहरू गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन् । गाउँको चाकर अर्थात् चौकीदारले घर घरबाट ल्याएको पूजा सामग्री सहित होलीको प्रतीक पुतला स्थापना गर्दछन् । यसरी होली राख्ने परमपरागत चलनलाई “होरी धरन” भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास छ । यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने, गीत गाउँदै नाच्छन् ।

राना थारूहरूमा होलीको प्रतीक स्थापना गरेको दिनदेखि एक महिना अर्थात् फागुन महिनाको पूर्णिमाको दिनसम्म खेलिने होलीलाई जिउँदो होली भनिन्छ । प्रायः दैनिकजसो बेलुकीको खाना खाइसकेपछि गाउँको कुनै एक घरमा जम्मा भई सबै दाजुभाई, दिदीबहिनीहरू मिलेर अबेर रातमसम्म जिउँदो होली खेल्ने चलन छ ।

पुतला दहन र टीका

राना थारू होलीको अर्को महत्पूर्ण दिन भने स्थापना गरिएको होली प्रतीकलाई दहन गर्ने वा आगोले पुतला जलाउने दिन हो । यसलाई ‘होली डुँगन’ भनिन्छ । फागु पूर्णिमा वा टीकाको दिनभन्दा अघिल्लो साँझ सबै पुरुषहरु मात्र भेला भई गाउँ बाहिर स्थापना गरिएको होलीको पुतला दहन गर्छन् । पुतला दहन गरेसँगै गीतको धुन र ढोलको तालमा रमाइलो गर्दै होली खेल्ने चलन रही आएको छ ।

होलीको आकर्षणको केन्द्र मानिएको फागु पूर्णिमा वा टीकाको दिन हो । यो दिन विहानै घर आँगनको लिपपोत गरेपछि नुहाइ धोई गर्छन् । अघिल्लो साँझ होलीको प्रतीकमा लगाएको आगो गुइँठाको कारण विहानसम्म पनि रहिरहन्छ । विहानै त्यहीँबाट ल्याएको आगोले पानी तताएर मनतातो बनाइ सा–साना बच्चाहरूलाई नुहाइ दिने परम्परा छ । यसो गर्दा बच्चालाई रोग ब्याधि नलाग्ने, राम्रो बानी व्यहोरा र ज्ञानी हुने जनविश्वास छ ।

फागु पूर्णिमाको दिन बिहान सबै सरसफाई गरी मीठा मीठा खानेकुरा पकाइ खाने गर्दछन् । सोही दिन दिउँसो करिव ३/४ बजे गाउँका सबै दाजुभाई दिदीबहिनीहरू आ–आफ्नै परम्परागत पहिरनमा सजिएर होलीको पुतला दहन गरिएको ठाउँमा गइ चामल, गहुँ वा जौ चढाउँदै जलेको गुइँठा लगायत अन्य काठ दाउराको खरानीको टीका लगाउँछन् । कञ्चनपुर, लालझाडी गाउँपालिका–१, देखतभुलीका समाजसेवी ठगी रानाका अनुसार यो दिन बर्ष भरिका दुःख कष्टलाई विर्सने, छर छिमेकमा हुने आपसी मतभेद, लडाई, झगडा एवम् हरेक प्रकारका बेमेलहरू त्यागेर ‘राम राम” भन्दै भेटघाट गर्ने दिन हो । होलीको टीका लगाउनु पूर्व आगो निभाउन र त्यसपछि टीका लगाउनका लागि खेलिने होलीमा गाइने गीतको छुट्टा छुट्टै भाका गुन्जिन्छ ।

मरेको होली

होलीको टीकाको दिनदेखि आठौं खकडेहराको दिनसम्म खेलिने होलीलाई ‘मरेको होली’ भनिन्छ । खासगरि मरेको होलीलाई दिउँसो(बेलुका) र राती दुवै समयमा खेल्ने गरिन्छ । मरेको होलीलाई सर्वप्रथम गाउँसम्म महिलाहरू छैला र पुरुषहरू मतवरियाका रूपमा भित्र्याउँछन् । यसरी छैला र मतवरिया भित्र्याउँदा बाटोभरि गीत गाउने र ढोल बजाउँदै औपचारिक रूपमा होलीलाई पधना, भलमन्सा वा चाकरको घरमा भित्र्याउँछन् । रातीसम्म नै मरेको होली खेल्छन् । होली खेल्ने क्रममा घर मालिकले प्रसाद स्वरूप होली खेल्ने (हुरखिल्ला)हरू र उपस्थित सबै दर्शकहरूलाई मिठाइ बाँड्ने प्रचलन छ । यसैगरी होली खेल्नेहरूलाई गच्छेअनुसार दक्षिणास्वरूप केही नगदसमेत दिने चलन छ ।

यसरी सामूहिक रूपमा मरेको होलीलाई पालैपालो प्रत्येक दिन अलग अलग घरमा आठ दिनसम्म बेलुका र राती विशेष रूपमा खेल्ने चलन छ । मरेको होली खेल्ने घरमा अघिल्लो दिन वा सोही दिन दिउँसो होली खेल्ने दिदीबहिनीहरूलाई खेलाउनका लागि मनाउनुपर्ने हुन्छ । घरको मुखियाको स्वीकृतिपछि मात्र दिउँसो र राती होली नाच्न आउँछन् । यदि स्वीकृति नदिए गाउँकै अर्को घरमा होली खेल्न मनाउनुपर्ने हुन्छ । घरको मुखियाको स्वीकृति अनुमति भएमा रातभरी पनि होली खेल्ने चलन छ ।

खकड़ेहरा अर्थात् होली विदाइ

फागु पूर्णिमा वा होलीको अन्तिम दिन वा फागु पूर्णिमा पछिको आठौंं दिनलाई विशेष महत्वका साथ खकड़ेहरा पर्वका रूपमा मनाइन्छ । खकडेहरा पर्व विशेषतः होलीलाई पुनः मथुरामै अर्को वर्षसम्मका लागि फिर्ता गरी विदाइ गर्नु हो । यो दिनलाई खकडेहरा फोड्ने दिन पनि भनिन्छ । सो वर्ष जसको घरमा कुनै अशुभ घटना घटेको भए, त्यस घरका व्यक्तिहरू खकडेहरा फोड्ने कार्यक्रममा सहभागी हुँदैनन् अर्थात् ती घरमा होली पुजिदैन ।

खकडेहरा फोड्ने कार्यक्रममा सहभागी हुनेहरू मरेको होलीको सातौं दिन बेलुका मिलेर घरैमा काजल, सिन्दुर र सात सिन्कामा सात ओटै स–साना माटाका मट्याङ्ग्रा छिराएर बनाउँछन् । काजल कोइला पिसेर र सिन्दुर इँटालाई पिसेर बनाइन्छ । यी सामग्री एउटै घैंटोमा राखी आठौँ दिनको विहानै झिसमिसे उज्यालोमा सबै मिलेर गाउँ बाहिर सामान्यतः गाउँको दक्षिण दिशातिर लगि बाटोको बीच भागमा वा नदीको बगरमा राख्छन् । यही घैटो नै खकडेहराको प्रतीक हो ।

विधिपूर्वक पूजापाठ गरी यसलाई गाउँको मुखिया पधना (जिमदार), भलमन्सा वा चाकरले लठ्ठीले फुटाउनुपर्ने हुन्छ । खकडेहरा फुटाएपछि सहभागी सबै एकै स्वरमा “जा हिँनासे भाज, दलद्दर, दुःख, कष्ट, क्रोध, लोभमोह, हारिविमारी, भुतप्रेत सब गाउँसे लैजा, सुख, शान्ति, अमन चयन गाउँमे छोडजा, धनजन और खेतीपातीमे बरकत करजा” आदि भनेर कामना गरी होलीलाई अर्को बर्षसम्मका लागि औपचारिक विदाइ गरिन्छ । र, त्यहाँबाट फर्केर नहेरी घर आउँछन् ।

घर फर्केपछि एकापसमा खुशी साटासाट गर्दै पानी छ्यापाछाप गरी रमाउँदै एक वर्षका लागि अन्तिम होली खेल्ने परम्परा छ । त्यस्तै, होलीको अन्तिम विसर्जन भने खकडेहरा पर्वको आठौं दिन (अठ्बारो) पछि हुने राना थारू महिलाहरूको अर्को महत्वपूर्ण पर्व ‘चराइँ’ का दिन खुशी हुँदै धुमधामका साथ होली खेलेर गर्ने गरिन्छ । चराइँका दिन दिनभरि गाउँ बाहिर जंगल छेउ, रुखको छहारी वा विद्यालयको प्राङ्गणमा गाउँका महिलाहरु जम्मा भई गुरुवा (धामी) ले पूजापाठ गरी भोज खाने अनुमति दिन्छ । भोजपछि धुमधामका साथ अन्तिम होली खेल्छन् । बेलुकी गाउँ फर्किने बेला रुखका पात, काँडा भएका रुखका डाँठ, माटाका डल्ला ल्याई गाउँको मुखिया (पधना) वा भलमन्साको आँगनमा फाल्छन् । यसरी गाउँका देवी देवताहरूको रक्षाका लागि ती सामान फालेर होलीको अन्तिम विदाइ गर्छन् ।

होलीमा फगोहा र हटकना

जब माघ महिनाको पूर्णिमाका दिन होलीको प्रतीकको स्थापना गरिन्छ, त्यस दिनदेखि होलीको अन्तिम दिन खकड़ेहरासम्म कुनै एक दिन भिनाजुहरू आ–आफ्ना सालीहरूलाई, मितेरी साइनो लगाएकाहरूले आ–आफ्ना मितिनी(सैनार) र अविवाहित मित/मितिनीहरूले आ–आफ्ना मित आमालाई समेत अविर टीका लगाई गच्छेअनुसार दक्षिणा (फगोहा) दिने परम्परा छ ।

फगोहा दिएपछि सालीले भिनाजुहरूलाई, मित/मितिनीले आ–आफ्ना मितिनी/मितहरूलाई र मित आमाहरूलाई निम्ता (हटकना) गरी भोज खुवाउने चलन रहेको छ । होलीकै अवसर पारी सामाजिक सद्भाव एवं आपसी सम्बन्ध अझै बलियो बनोस् भन्ने उद्देश्यले पालैपालो छर–छिमेकमा समेत निम्ता गरी भोज खुवाउने परम्परा चलि आएको छ । कहीँ कहीँ राना सामूहिक रूपमा घर घरमा गई गीत गाउँदै होरी नाच गरी दक्षिणा (फगोहा) माग्ने चलन पनि छ ।

अब आठ दिनमा सीमित

पहिले महिना दिनसम्म लामो समय खेलिने राना थारू होली परिवर्तित आधुनिक समाज अनि पेशा व्यवसायमा व्यस्तताका कारण आजभोलि भने फागु पूर्णिमा (टीका) र त्यसपछि खकडेहरासम्म आठ दिन खेलिने मरेको होली सम्मलाई मात्र महत्व दिइने गरेको पाइन्छ । यसै गरी परिवर्तित आधुनिक लोक संस्कृतिको प्रभाव राना थारू होली नाच खेल्ने तरिका एवम् गाइने गीतमा समेत परेको देखिन्छ । युवावर्गमा परम्परागत रूपमा खेलिने राना थारू होली प्रतिको आकर्षण घट्दै जाँदा परापूर्वकालदेखि चलि आएको मौलिक परम्परागत संस्कृति लोप हुने खतरा बढेको छ ।

लेखक श्रीकृष्ण हायर सेकन्ड्री स्कूल, झलारी, कञ्चनपुरमा शिक्षणरत छन् ।