कांग्रेस बाँकेको सचिवमा सञ्जु चौधरीले दिइन उम्मेदवारी

नेपाली कांग्रेस बाँकेको १४औं जिल्ला अधिवेशन अन्तर्गत शुक्रबार बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन्। नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिलनरसिंह राणाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। Continue reading “कांग्रेस बाँकेको सचिवमा सञ्जु चौधरीले दिइन उम्मेदवारी”

गायक दोषहरण चौधरी सम्मानित, थारु साहित्य सम्मेलनमा १० बुँदे घोषणा पत्र जारी

थारु लेखक संघ नेपालले गायक एवं कलाकार दोषहरण चौधरीलाई थारु साहित्य पुरस्कारबाट सम्मान गरेको छ। थारु भाषा, साहित्य, सँस्कृति र संगीत क्षेत्रमा पुर्‍याएको योगदानबापत गायक चौधरीलाई १५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो। कञ्चनपुरमा आयोजित छैटौं राष्ट्रिय थारु साहित्य सम्मेलनमा उनलाई यो पुरस्कार वितरण गरिएको थियो। Continue reading “गायक दोषहरण चौधरी सम्मानित, थारु साहित्य सम्मेलनमा १० बुँदे घोषणा पत्र जारी”

मिटर ब्याजको पासोमा कैलालीका थारु किसान

चाँदनी आचार्य | खाेज पत्रकारिता केन्द्र

कैलालीको घोडाघोडी नगरपालिका–१२ का कोटा, तप्पा, नकफोडुवा, वनवर्षा गाउँका धेरै किसानले व्यक्तिगत ऋणको फन्दामा परेर सबै सम्पत्ति सिध्याएका छन्। अचम्म त, यसरी फन्दामा पारेर जग्गा हडप्नेमध्ये अधिकांश चिनजानकै र आफन्त छन्। Continue reading “मिटर ब्याजको पासोमा कैलालीका थारु किसान”

नेपाली सेनालाई भारतीय सेनाले दियो १ लाख डोज कोरोना खोप

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको कोरोना खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन्।

Continue reading “नेपाली सेनालाई भारतीय सेनाले दियो १ लाख डोज कोरोना खोप”

वडाध्यक्ष चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट रामचन्द्र चौधरीको मृत्यु

वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट उदयपुरमा एक पैदल यात्रुको ज्यान गएको छ । बुधबार बेलुका त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष ४०वर्षीय निर्मलकुमार चौधरीले चलाएको स१ब ८९७ नम्बरको सरकारी मोटरसाइकलको ठक्करबाट स्थानीय ५० वर्षीय रामचन्द्र चौधरीको ज्यान गएको हो । Continue reading “वडाध्यक्ष चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट रामचन्द्र चौधरीको मृत्यु”

टीकापुरका निर्दोष थारुहरुको श्रापले फुट्दैछ जसपा

टीकापुर राजबन्दी रिहाइको लागि ओली सरकारको बेला जति कामहरु अगाडि बढेको थियो, त्यो अरु कुनै सरकारको बेला हुन सकेको छैन। योभन्दा पहिले देउवा प्रधानमन्त्री हुँदा यो मुद्दा टुङ्गोमा पुर्या उन निकै प्रयास गरेकै हो। तर अदालतले अवरोध खडा गरिदियो। Continue reading “टीकापुरका निर्दोष थारुहरुको श्रापले फुट्दैछ जसपा”

नागरिक उन्मुक्ति पार्टीले ७७ वटै जिल्लामा उम्मेदवारी दिने, निर्वाचन आयोगमा दल दर्ता

रेशम चौधरी समर्थित पार्टी नागरिक उन्मुक्ति पार्टीले स्थानीय निर्वाचनमा सहभागीका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। फागुन ६ गते बसेको केन्द्रीय कमिटीको बैठकले ७७ वटै जिल्लाका पालिकाहरुमा उम्मेदवारी दिने निर्णयसमेत गरेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले निर्वाचन आयोगमा बुधबार दल दर्ता गरेको जानकारीद दिइन्। Continue reading “नागरिक उन्मुक्ति पार्टीले ७७ वटै जिल्लामा उम्मेदवारी दिने, निर्वाचन आयोगमा दल दर्ता”

बारामे थारुके ऐतिहासिक हबेली

सहदेव चौधरी

बाराके कोल्हबी नगरपालिका ३ मे एकटा थारूके ऐतिहासिक हबेली छै । बारा जल्लिाके कोल्हबी नगरपालिकासे पछिमे चारुदसिर खेत या बीचमे जुगुवा गाममे रहलाहा यी ऐतिहासिक हबेली जुगेश्वर निवासके नामसे यैठनाके लोकसब चिन्हैछै । Continue reading “बारामे थारुके ऐतिहासिक हबेली”

विशेष अदालतको सदस्यमा न्यायाधीश खुसीप्रसाद थारुको नाम सिफारिस

न्याय परिषदले विशेष अदालतमा ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषदको बैठकले विशेष अदालतको अध्यक्षमा न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस गरेको छ। Continue reading “विशेष अदालतको सदस्यमा न्यायाधीश खुसीप्रसाद थारुको नाम सिफारिस”

बाघको आक्रमणबाट लिली चौधरीको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते भएकी थिइन्। Continue reading “बाघको आक्रमणबाट लिली चौधरीको मृत्यु”