विश्वकप खेल्ने नेपालको सपना तुहियो, युएईसँग पराजित

अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल छनोट हुन असफल भएको छ। विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो। Continue reading “विश्वकप खेल्ने नेपालको सपना तुहियो, युएईसँग पराजित”

भारतीय दूतावासले मनायो ७४औं सेना दिवस

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी भारतको ७४औं सेना दिवस मनाएको छ। मंगलबार राजदूतावसको रक्षा प्रभागले एक समारोहका बीच सेना दिवस मनाएको हो। Continue reading “भारतीय दूतावासले मनायो ७४औं सेना दिवस”

‘मन लागेन’ थारू गीतको भित्रि कथा: यसरी बनेको थियो अडियो र भिडियो

रेकर्डका हिसाबले भन्ने हो भने थारू गीत संगीतको इतिहास धेरै लामो छैन। तीन दशकअघि थारू संगीत ‘कमर्सियल’ बन्दै गर्दा थारू भाषामा संगीत भर्ने र स्वर दिने सबै नेपाली सांगीतिक क्षेत्रका सर्जकहरू थिए। विसं २०४७ सालमा बनेको थारू फिल्म ‘करम’मा डम्बर गुरुङले संगीत भरे, जसमा लोचन भट्टराई, विमला राईलगायतको स्वर रहेको छ। Continue reading “‘मन लागेन’ थारू गीतको भित्रि कथा: यसरी बनेको थियो अडियो र भिडियो”

थाकसको रिटमा सर्वोच्चको आदेशपछि नेपाल प्रहरी र लोकसेवा आयोगको परीक्षा स्थगित

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल प्रहरीको इन्स्पेक्टर तथा प्रहरी परिचरको भर्ना प्रक्रिया स्थगित भएको छ। थारू समुदायलाई छुट्टै कोटाको व्यवस्था हुनुपर्ने मागसहित प्रेमीलालप्रसाद चौधरीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठले भर्ना प्रक्रिया रोक्न आदेश दिएर दुवै पक्षलाई छलफलका लागि बोलाएका थिए। Continue reading “थाकसको रिटमा सर्वोच्चको आदेशपछि नेपाल प्रहरी र लोकसेवा आयोगको परीक्षा स्थगित”

मोटरसाइकलको ठक्करबाट पटहरी थारुको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका-११ ओदारीमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय पटहरी थारु रहेका छन्। लु४प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट Continue reading “मोटरसाइकलको ठक्करबाट पटहरी थारुको मृत्यु”

चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना नयाँ बानेश्वरबाट पक्राउ परेका छन्। सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। Continue reading “चिनियाँ नागरिकसहित ३७ जना पक्राउ”

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, युएईलाई जिते विश्वकप खेल्ने

क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ। युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो। Continue reading “नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, युएईलाई जिते विश्वकप खेल्ने”

भलिबलकी स्पाइकर सरस्वती चौधरीलाई के भएको हो?

राष्ट्रिय भलिबल टोली र एपिएफकी स्पाइकर सरस्वती चौधरीले यतिबेल मेनिस्कस र आर्टिकुलर कार्टिलेज मर्मत गराइरहेकी छन्। बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको फाइनलका खेल्ने क्रममा चोट लागेको उनलाई अर्थोप्लास्ट रिहाब सेन्टरमा रिहाब सुरु भएको हो। Continue reading “भलिबलकी स्पाइकर सरस्वती चौधरीलाई के भएको हो?”

थारु सँस्कृतिविद् अशोक थारुलाई एक हजार अमेरिकी डलरको पुरस्कार

थारु सँस्कृतिविद् अशोक थारु एक हजार अमेरिकी डलर राशि रहेको पुरस्कारबाट सम्मानित भएका छन्। डा. गोविन्द आचार्य र अशोक थारुद्वारा लिखित ‘घोराहीको थारु प्रदर्शनकारी कला’ नामक खोजकृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टिज (बिओटी)ले उक्त पुरस्कार रकम प्रदान गरेको हो। Continue reading “थारु सँस्कृतिविद् अशोक थारुलाई एक हजार अमेरिकी डलरको पुरस्कार”

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो। Continue reading “अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै”