हाम्रो पार्टी एमसीसीको पक्षमा मतदान गर्दैन : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टी एमसीसीको पक्षमा मतदान गर्ने बताएका छन्। उनले एसीसी प्रस्ताव टेबल भयो भन्दै पास हुने कुरा पनि नभएको स्पष्ट पारे। उनले एमसीसी फेल गराउन अन्तिम समयसम्म प्रयास गर्ने बताए। Continue reading “हाम्रो पार्टी एमसीसीको पक्षमा मतदान गर्दैन : मेटमणि चौधरी”

१८ एसपीको सरुवा, डोटी प्रहरी प्रमुखमा शारदा चौधरी

प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी उपरीक्षकको सरुवा हुँदा केही जिल्ला प्रहरी प्रमुखसमेत फेरिएका छन्। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीसहितका जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। Continue reading “१८ एसपीको सरुवा, डोटी प्रहरी प्रमुखमा शारदा चौधरी”

एमसीसी अनुमोदन नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्छ : मन्त्री चौधरी

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण राजनीतिक घटनाक्रम नयाँ मोडमा पुग्ने बताएका छन्। Continue reading “एमसीसी अनुमोदन नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्छ : मन्त्री चौधरी”

एमसीसी संसदमा टेबल, एमसीसीको प्रस्तावमा के छ ?

सरकारले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्ताव संसदमा पेश गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता प्रस्ताव टेबल गरेका हुन्। Continue reading “एमसीसी संसदमा टेबल, एमसीसीको प्रस्तावमा के छ ?”

मैले देखेको एमसीसी (विचार)

नेपालको राजनीतिमा बेला बेलामा विभिन्न एजेण्डाहरुले तरंगित पार्ने गरेको पाइन्छ। कहिले दलहरुको विभाजन, कहिले एकता, कहिले गठबन्धन, कहिले सन्धि सम्झौता त कहिले भ्रष्टाचारजस्ता एजेण्डाहरु प्रपोगाण्डा बनिरहेको हुन्छन्। अहिले सबैको जनजिव्रोमा झुण्डिएको र राजनीतिक बृत्तमा चुलिएको चर्चाको विषय वस्तु बनेको छ, एमसीसी। Continue reading “मैले देखेको एमसीसी (विचार)”

आजको संसद बैठकमा एमसीसी पेश गर्ने निर्णय

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए। Continue reading “आजको संसद बैठकमा एमसीसी पेश गर्ने निर्णय”

‘लडाकु कमाण्डर’ दुर्गाबहादुर थारूले बनाएको नमूना नगरपालिका

संघीयता कार्यान्वयनमा गएसँगै बनेको बारबर्दिया नगरपालिका बर्दिया जिल्लाकै निम्ति नयाँ नाम थियो। नाम नै नयाँ भएकाले यसलाई आफ्नो पहिचान स्थापित गर्न सजिलो थिएन। साविकका बानियाभार, पद्नाहा, धधवार र मगरागढी गाविसलाई मिलाएर जन्मिएको स्थानीय तह हो, यो। Continue reading “‘लडाकु कमाण्डर’ दुर्गाबहादुर थारूले बनाएको नमूना नगरपालिका”

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ। Continue reading “फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य”

व्यवस्थित बन्दै चितवनको थारु छात्रावास

थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुमा रहेर अध्ययन गर्न सहज हुने उद्देश्यका साथ १० वर्ष अगाडि थारु छात्रावास स्थापना गरियो । तर छात्रावास व्यवस्थित हुन सकेको थिएन । व्यवस्थित मुख्य प्रवेशद्धार नहुँदा छात्रावासमा सुरक्षा जटिलता देखिन थालेपछि दाताको खोजी भयो । Continue reading “व्यवस्थित बन्दै चितवनको थारु छात्रावास”

नेपाली फिल्ममा पहिलोपटक बन्यो थारु भाषाको प्रमोशन गीत

नेपाली फिल्म इतिहासमा पहिलोपटक थारु भाषाको गीतमार्फत् ‘प्रमोशन’ गरिएको छ। सुदर्शन थापा निर्देशित, पल शाह र पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २’ फिल्मलाई थारु गीतमार्फत् प्रमोशन गरिएको हो। चितवनको थारु गाउँमा सुटिङ गरिएको प्रमोशन गीतको प्रिमियर बुधबार सिटिसी मलमा आयोजना गरिएको थियो। Continue reading “नेपाली फिल्ममा पहिलोपटक बन्यो थारु भाषाको प्रमोशन गीत”