एमसीसी संसदको विषय बन्न पाउनुपर्छ : योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले एमसीसी नेपालको हितमा छ-छैन भन्ने कुरा संसदको विषय बन्न पाउनुपर्ने बताएका छन्। अमेरिकी सहायता परियोजना एमसीसी बुधबार संसदमा टेबल नभएपछि कांग्रेस नेता चौधरीले यस्तो बताएका हुन्। Continue reading “एमसीसी संसदको विषय बन्न पाउनुपर्छ : योगेन्द्र चौधरी”

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुट्यो भने के हुन्छ? यस्ता छन् देउवाको विकल्प

सत्ता गठबन्धन एमसीसीकै कारण फुटको संघारमा पुगेको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा सत्ता गठबन्धन दलबीच असमझदारी भएपछि गठबन्धन टुटको संघारमा पुगेको हो। भोलि (बिहीबार) बस्ने सत्ता गठबन्धनको बैठकले सो निर्क्योल गर्ने बताइएको छ। Continue reading “कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुट्यो भने के हुन्छ? यस्ता छन् देउवाको विकल्प”

एमसीसी जबरजस्ती अघि बढाइए माओवादीले विपक्षमा मतदान गर्ने, सरकारबाट बाहिरिने

नेकपा माओवादी केन्द्रले संसद एमसीसी टेबुल भए सरकारमा नरहने बताएको छ। संसदीय दलको बैठकले सर्वदलीय सहमति जुटाएरमात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए। Continue reading “एमसीसी जबरजस्ती अघि बढाइए माओवादीले विपक्षमा मतदान गर्ने, सरकारबाट बाहिरिने”

भारतका लोकप्रिय गायक बप्पी लहरीको निधन

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए। Continue reading “भारतका लोकप्रिय गायक बप्पी लहरीको निधन”

स्थानीय चुनावमा ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने

आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार चुनाव चिहृन प्रदान गर्नेछ । Continue reading “स्थानीय चुनावमा ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने”

इतिहासमा पहिलोपटक थारु समुदायबाट एकैपटक ९ जना अधिकृतमा सिफारित

नेपालको लोक सेवा आयोगको इतिहासमा पहिलोपटक एकैपटक थारु समुदायबाट ९ जना शाखा अधिकृतमा सिफारिस हुन सफल भए। विज्ञापन नम्बर १६६९४-१६७०० र २०७६र७७ बाट छनोट भएका ४८५ शाखा अधिकृतमध्ये १० जना थारुहरु रहेका छन्। Continue reading “इतिहासमा पहिलोपटक थारु समुदायबाट एकैपटक ९ जना अधिकृतमा सिफारित”

फातिमा सुमारलाई पत्र लेख्दै मेटमणिले भने- अमेरिकी जनतालाई भोकै मारेर नेपाललाई अनुदान चाहिएन

श्री फातिमा सुमार
उपाध्यक्ष, एमसीसी

विषय : तिम्रो ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका पाँच लाख अमेरिकी जनताहरूका सेवामा खर्च गर ।

तिम्रो देशभन्दा म १२ हजार ७ सय २५ किमि टाढा छु । तिम्रो देश विश्वकै शक्तिशाली राष्ट्र हो भनी मैले राम्ररी बुझेको छु । यसैले तिम्रो देशको हरेक नागरिक र अधिकारीहरूका मनोबिज्ञान पनि समृद्ध होला भनी अपेक्षा गर्नु पनि स्वभाविक नै मान्‍नु पर्दछ । यसैले मेरो र तिम्रो राष्ट्रका अधिकारीहरूका बीचमा एमसीसी परियोजनामा २०७४ साल भदौ २९ गतेको दिन सम्‍झौता भयो । Continue reading “फातिमा सुमारलाई पत्र लेख्दै मेटमणिले भने- अमेरिकी जनतालाई भोकै मारेर नेपाललाई अनुदान चाहिएन”

थारु गीत ‘मन लागेन’ले पाएको ऐतिहासिक सफलता

गीत, संगीत, कला, साहित्यजस्ता विषय वस्तुको कुनै परिधि र सीमा हुँदैन। यी विषयवस्तुलाई जात, धर्म, राष्ट्रियताजस्ता तत्वहरुले छेक्दैन। हाम्रो मुलुकमा मात्र हेर्ने हो भने पनि थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गीत संगीतहरुले बेला बेलामा बजार ओगटेको देखिन्छ। Continue reading “थारु गीत ‘मन लागेन’ले पाएको ऐतिहासिक सफलता”

सुनसरीका थारु : इतिहास र वर्तमान

पृष्ठभूमी:

प्रदेशनं.१ अन्तरगत सुनसरी जिल्ला पर्दछ। पश्चिममा सप्तरी र उदयपुर, उतरमा धनकुटा, पूर्वमा मोरंग जिल्ला र दक्षिणमा भारतको बिहार राज्य संग सिमाना जोडिएको छ। प्राकृतिक रुपमा पश्चिममा कोशी नदी, उतरमा चुरे पहाडको घना जंगल, पूर्वमा बुढी नदीले घेरिएको भुभाग सुनसरी जिल्ला हो। Continue reading “सुनसरीका थारु : इतिहास र वर्तमान”

टीएफएले १५ जना थारु विद्यार्थीलाई प्रदान गर्‍यो साढे तीन लाखको छात्रवृत्ति

अमेरिकास्थित थारु फ्रेन्ड्स एन्ड एसोशियसन(टीएफए)ले छात्रवृत्ति पाउने १५ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ। टीएफएले २०२१-०२२ का लागि ८९ आवेदनमध्ये १५ जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो। Continue reading “टीएफएले १५ जना थारु विद्यार्थीलाई प्रदान गर्‍यो साढे तीन लाखको छात्रवृत्ति”