नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ का लागि ४० भाषाका ४६ वटा कविता छनोट गरेको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा ९ फागुनमा प्रतिष्ठानले आयोजना गर्न लागेको कविता महोत्सवको लागि कविता आह्वान गरेको थियो। थारुमा दाङका जुनु थारु र चितवनका सावित्री चौधरीको कविता परेको छ। Continue reading “कविता महोत्सवमा जुनु थारु र सावित्री चौधरीको कविता छनोट”
Author: Madan Kumar
थारूहरूको शिक्षा र राजनीतिक चेत
म एक थारू हुँ । यही परिवार जनसमुदायमा हुर्के, बढें आफ्नै संस्कृती, रहनसहन, रीतिरिवाजमा जीवनको अनगिनत समय ब्यतित गरें । त्यसकारण मेरो शरिरका प्रत्येक रगत कोषीकाहरूमा थारूको गन्ध आउँछ । यति सम्मकी मैले हाम्रो राष्ट्रियभाषा नेपाली बोल्दा जो कोही सजिलै चिन्न सक्दछकी म को हुँ? मलाई गर्व लाग्छ, म थारू हुनुको यो भन्दा ठूलो प्रमाण अरु के होला भन्ने लाग्छ । Continue reading “थारूहरूको शिक्षा र राजनीतिक चेत”
सुन तस्करी गर्ने चिनियाँ नागरिक विमानस्थलमा पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले चार किलो ८४० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक रहेका छन् । दुबईबाट हिमालय एयरलाइन्समार्फत् काठमाडौं आएका चिनियाँ नागरिक ३६ वर्षीय झाङ लीबाट करिब पाँच किलो सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । Continue reading “सुन तस्करी गर्ने चिनियाँ नागरिक विमानस्थलमा पक्राउ”
प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यस्ता छन् आरोप
सत्ता गठबन्धनका सांसदहरूले सङ्घीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा विभिन्न २१ आरोप लगाइएका छन् । महाअभियोग प्रस्तावमा ९८ जना सांसदको हस्ताक्षर छ । Continue reading “प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यस्ता छन् आरोप”
चीनका विश्वविद्यालयमा विद्यार्थी भर्ना नगर्न भारतको चेतावनी
भारतले चिनियाँ विश्वविद्यालयमा विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ। भारतको शीर्ष चिकित्सा निर्देशनालय एवं आयोग (एनएमसी)ले बिहीबार आफ्ना विद्यार्थीलाई चीनका विश्वविद्यालयमा भर्ना नगर्न चेतावनी दिएको हो। Continue reading “चीनका विश्वविद्यालयमा विद्यार्थी भर्ना नगर्न भारतको चेतावनी”
कैलारी गाउँपालिकामा भलमन्सा प्रथालाई कानुनी मान्यता प्रदान
थारु समुदायमा सदियोदेखि प्रचलित भलमन्सा (बड्घर) प्रथालाई कैलालीको एक स्थानीय तहले कानूनी मान्यता दिएको छ । थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले भलमन्सा प्रथालाई कानूनी मान्यता दिएको हो । ४९ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकामा ९७ प्रतिशत थारु समुदायका मानिसको बसोबास छ । Continue reading “कैलारी गाउँपालिकामा भलमन्सा प्रथालाई कानुनी मान्यता प्रदान”
२० लाखको प्रलोभनमा भएको थियो विजय चौधरीको हत्या
काठमाडौंका एक व्यापारीको हत्या आरोपमा नवलपरासीपश्चिममा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका- २७ असनमा भाँडा तथा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय विजय चौधरीलाई माघ १० गते रामग्राम नगरपालिकास्थित जोकवारमा हत्या गरी फालिएको थियो । Continue reading “२० लाखको प्रलोभनमा भएको थियो विजय चौधरीको हत्या”
एसईई बैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुने
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। Continue reading “एसईई बैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुने”
थाकसको विज्ञापनसम्बन्धी रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग
सर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। संविधानबमोजिम थारु समुदायलाई पनि कोटा उपलब्ध हुनुपर्ने माग गर्दै थाकसले लोकसेवा आयोगले प्रकाशित गरेको नायब सुब्बाको विज्ञापन, प्राविधकतर्फ इन्जिनियरिङको विज्ञापन, बागमी प्रदेश र कर्णाली प्रदेशले प्रकाशित गरेको सूचनाविरुद्ध रिट दाय गरेको थियो। Continue reading “थाकसको विज्ञापनसम्बन्धी रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग”
सरकारी विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा थाकसको अर्को रिट दर्ता
थारु कल्याणकारिणी सभा (थाकस)ले थारु समुदायलाई आरक्षण नछुट्याएको भन्दै पछिल्लो समय सरकारी विज्ञापनहरुविरुद्ध रिट दिने क्रम जारी राखेको छ। थाकसले मंगलबार फेरि सरकारी संघ संस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। Continue reading “सरकारी विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा थाकसको अर्को रिट दर्ता”