सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए। Continue reading “स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय”
Author: Madan Kumar
कार दुर्घटनामा सविन चौधरी र गोविन्द चौधरीसहित तीन जनाको मृत्यु
बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन्। Continue reading “कार दुर्घटनामा सविन चौधरी र गोविन्द चौधरीसहित तीन जनाको मृत्यु”
‘दिल के पता’ खोज्दै नरेश र सविना चौधरी
मन लागेनबाट चर्चामा आएका नरेश चौधरीको नयाँ थारु गीत सार्वजनिक भएको छ। दिले के पता बोलको गीतमा नरेश र सविना चौधरीले अभिनय गरेका छन्। यो जोडीले यसअघि परदेशिया बोलको गीतमा अभिनय गरेका थिए। Continue reading “‘दिल के पता’ खोज्दै नरेश र सविना चौधरी”
बेइजिङ ओलम्पिकमा भारतको कूटनीतिक बहिष्कार
भारतले चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने भएको छ। चीन-भारत सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि यसपटकको ओलम्पिकमा भारतले कूटनीतिक बहिष्कार गर्ने जनाएको हो। Continue reading “बेइजिङ ओलम्पिकमा भारतको कूटनीतिक बहिष्कार”
रेशम चौधरीको पार्टीमा आबद्ध भएका कांग्रेसका १५ जनप्रतिनिधिको पद खारेज गर्न सिफारिस
नेपाली कांग्रेसका कैलालीले ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिको पद खारेजी गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। कांग्रेसले पार्टीबाट पद मुक्त गर्दै जनप्रतिनिधिसमेत रहेको पद खारेजीको माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको हो। Continue reading “रेशम चौधरीको पार्टीमा आबद्ध भएका कांग्रेसका १५ जनप्रतिनिधिको पद खारेज गर्न सिफारिस”
क्यानडामा तिब्बती समूहद्वारा चीनको विरोध
क्यानडामा तिब्बती समूहले चीनको विरोध गरेका छन्। चीनले आफ्नो शीतकालीन बेइजिङ ओलम्पिक्स सुरु गरेपछि क्यानडामा रहेका तिब्बती समूहले चीनले गरेको मानवअधिकार उल्लंघनको विरोध गरेका हुन्।
उनीहरुले टोरोन्टोस्थित क्यानडियन ओलम्पिक सतिमीको कार्यालय अघि सो विरोध गरेका हुन्। रिजनल तिबेटियन युथ कंग्रेस टोरोन्टो, इस्ट टर्किस्तान एसोसियसन अफ क्यानडा, क्यानडियन तिबेटियन एसोसियसन र तिबेटियन वुमेन एसोसियसन अफ ओन्टोरिओ आदि समूहले संयुक्त रुसमा सो विरोध गरेका हुन्।
चीनले तिब्बतमाथि जमाएको कब्जालाई उजागर गर्न ओलम्पिक्स खेलकुद आयोजना गरेको भन्दै क्यानडामा रहेका तिब्बती नागरिकले चीनको विरोध गरेका हुन्। उनीहरुले चीनमाथि तिब्बती नागरिकहरुको अधिकारको लगातार उल्लंघन गर्दै आएको आरोप लगाएका छन्।
जसपा केन्द्रीय सदस्य कल्पना थारुसहित ३२ जना एमालेमा प्रवेश
जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य कल्पना थारु नेकपा एमालेमा प्रवेश गरेकी छन्। सप्तरीमा आयोजित कार्यक्रममा कल्पना थारुसहित ३२ जना कार्यकर्ताहरु जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन्। Continue reading “जसपा केन्द्रीय सदस्य कल्पना थारुसहित ३२ जना एमालेमा प्रवेश”
गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा
वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ। Continue reading “गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा”
विवाह बन्धनमा बाँधिए रंगकर्मी प्रदीप चौधरी
रंगकर्मी प्रदीप कुमार चौधरी विवाह बन्धमा बाँधिएका छन्। उनले कैलालीकी फेशन डिजाइनर सुशिला चौधरीसँग विवाह बन्धनमा बाँधिएका हुन्। उदयपुरका प्रदीप र कैलालीकी सुशीलाको शनिबार कैलालीमा विवाह सम्पन्न भएको हो। Continue reading “विवाह बन्धनमा बाँधिए रंगकर्मी प्रदीप चौधरी”
चीन-भारत झडपको प्रतिवेदन सार्वजनिक, घटनामा ३८ चिनियाँ सैनिक मारिएको पुष्टि
भारत र चीनबीच भएको झडपको प्रतिवेदन सार्वजनिक भएको छ। सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेको एक प्रतिवेदन सार्वजनिक भएको छ। समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको दाबी गरेको छ।
चीनको तर्फबाट चार सैनिकको ज्यान गएको बताइएको थियो तर योभन्दा नौ गुणा धेरै कम्तीमा ३८ चिनियाँ सैनिकको ज्यान गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यो प्रतिवेदनमा शोधकर्ता र चीनका ब्लगर्सलाई उद्धृत गर्दै सूचना दिइएको जनाइएको छ।
सुरक्षाका कारण उनीहरूको नाम गोप्य राखेको बीबीसी हिन्दीले जनाएको छ। गत १५ जुनमा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो। चिनियाँ सेनातर्फ के-कति क्षति भएको थियो भन्नेबारेमा आधिकारिक विवरण आएको थिएन।
त्यो घटनालाई भारत-चीन सीमामा पछिल्लो चार दशकमा भएको सबैभन्दा ठूलो झडप बताइएको थियो। त्यसयता अहिलेसम्म यी दुई देशबीच १४ चरणको सैन्य वार्ता भइसकेको छ तर अहिलेसम्म निष्कर्ष निस्किएको छैन।