बेइजिङ ओलम्पिकको विरोधमा उत्रिए उइघुर र तिब्बती नागरिक

चीनले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ को आयोजना गरिरहँदा उइघुर समुदाय र तिब्बती नागरिकले भने त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। शीतकालीन ओलम्पिक्स बहिष्कार गर्नुपर्ने भन्दै चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुर र तिब्बती नागरिकले विभिन्न क्षेत्रबाट विरोध प्रदर्शन गरेका हुन्।

उक्त समूहहरुले बल्जियमको डिक्समुडेमा चीन र चीनको शीतकालीन ओलम्पिक्सविरुद्ध एकसाथ विरोध प्रदर्शन गरेका हुन्। चीनले मानवअधिकारको उल्लंघन गर्दै आएकोले बेइजिङ ओलम्पिक्सको बहिष्कार गर्न विश्वका विभिन्न मुलुकलाई आह्वानसमेत गरेका छन्।

प्रदर्शनकारीहरुले प्रदर्शनको क्रममा हातमा ब्यानर र पम्प्लेट बोकेका थिए। उइघुरहरुले आफूले तिब्बती नागरिकसँगको सहकार्यमा सो विरोध कार्यक्रम आयोजना गरेको बताएका छन्। मानव जिवनभन्दा बहुमूल्य खेलकुद पदक हुन नसक्ने प्रदर्शनकारीहरुको भनाइ छ। चीनले खेलकुदमार्फत् नरसंहार निम्त्याएको भन्दै त्यसविरुद्ध विश्व जागरुक हुनुपर्ने उनीहरुले बताएका छन्। शीतकालीन बेइजिङ ओलम्पिक्स आगामी फेब्रुअरी ४ देखि राजधानी बेइजिङमा आधिकारिकरुपमा सुरु हुँदैछ।

थारु संस्कृतिका कार्यक्रम र खानाका परिकारलाई प्रचार गर्छौं : मन्त्री चौधरी

लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी भइरहेको बताएका छन्। बोर्ड गठनको प्रक्रिया सुरु भएको बताउँदै मन्त्री चौधरीले केही दिनमा काम सकिने जानकारी दिए। Continue reading “थारु संस्कृतिका कार्यक्रम र खानाका परिकारलाई प्रचार गर्छौं : मन्त्री चौधरी”

दानवीर हेमनारायण चौधरी, जसले प्रशासनिक भवन बनाउन इटहरीमा तीन बिघा जग्गा दान गरे

इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी-४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा उपमहानगरले बिहीबार शोक विदा दियो। उपमहानगरपालिका परिसरमा बिहान शोकसभा गरेर उपमहानगरका कार्यालय र वडा कार्यालयलाई विदा दिइएको थियो। Continue reading “दानवीर हेमनारायण चौधरी, जसले प्रशासनिक भवन बनाउन इटहरीमा तीन बिघा जग्गा दान गरे”

प्रधानमन्त्रीसँग लोसपाको माग- एमसीसीअघि रेशम चौधरीको रिहाइ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष रेशम चौधरीको रिहाइ हुनुपर्ने शर्त अगाडि सारेका छन्। एमसीसीका विषयमा छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष ठाकुरले टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका कैलाली- १ का निलम्बित सांसद चौधरीको रिहाइ माग गरेका हुन्। Continue reading “प्रधानमन्त्रीसँग लोसपाको माग- एमसीसीअघि रेशम चौधरीको रिहाइ”

सन्तोष चौधरी भन्छन्- बच्चा हुर्काउन पुरुषको पनि महत्पूर्ण भूमिका हुन्छ

कैलालीको टीकापुरको पुछरीका सन्तोषकुमार चौधरीका तीन सन्तान छन्। सन्तोषले भैँसीपालन व्यवसाय गरेका छन्। उनले आफ्नो व्यवासयिक कामसँगै श्रीमतीलाई घरको काममा समेत सघाउँछन्। त्यसका कारण उनका बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ।

‘तीन सन्तान हुर्काउँदा श्रीमतीलाई आराम र पोषिलो खानेकुरा आवश्यक थियो, त्यो समयमा उनले अरु बेला जस्तो घर तथा खेतबारीको काम गर्न सकिनन्। श्रीमतीले सन्तान हुर्काउने यो समयमा मैले उनले गर्ने सबै काममा सघाए, बच्चाको कपडा धुने, भान्सामा सघाउने, बच्चाको सरसफाइमा सघाउने काम गरेँ,’ उनले भने।

सन्तोषलाई बालबच्चा स्याहार, भान्साको काम र सरसफाइको काम गर्दा श्रीमतीलाई सघाइरहेको छु भन्ने कहिल्यै लागेन। बरु उनलाई यो काम घरको हो, घरको काम सबै मिलेर गर्नुपर्छ भन्ने लाग्छ। सन्तोषकी श्रीमती सीतालाई सहयोगी श्रीमान् र परिवार पाएकामा गर्व लाग्छ। सीताको घरमा सबै काम मिलेर गरिन्छ, त्यसैले उनलाई जीवन सुन्दर लाग्छ। ‘श्रीमानमात्र होइन सासुआमा पनि यस्ते सहयोगी हुनुहुन्छ, हामी जसको अगाडि जे काम छ त्यसैले गर्छौं,’ सीताले भनिन्, ‘गर्भावस्था र बच्चा साना भएका बेला सासु र श्रीमानले दैनिक कुखुराको अण्डा खुवाउने, पोषणयुक्त अन्य खानेकुरा बनाइदिने गरेर मलाई स्याहार गर्नुभयो।’

स्वास्थ्य र पोषण सुधारका लागि लैंगिक समानता आवश्यक छ। लैंगिक असमानताका कारण स्वास्थ्य र पोषणमा असर पारेको छ। यसलाई सुधार्नका लागि लैंगिक समानता आवश्यक छ भनी लैंगिक दृष्टिकोणले महिला र बालबालिकाको पोषण सुधारका लागि घरायसी काममा पुरुषको सहभागिता आवश्यक रहेको पोषण सुधारका अभियानताहरु बताउँछन्।

तेलको ऋण तिर्न श्रीलंकालाई भारतले दियो ५ सय मिलियन डलर

भारत सरकारले पेट्रोलियम पदार्थ तेलको ऋण तिर्न श्रीलंका सरकारलाई ५ सय मिलियन डलर रकम सहयोग उपलब्ध गराएको छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले बुधबार सो रकम सहयोगस्वरुप ऋण उपलब्ध गराएको हो। Continue reading “तेलको ऋण तिर्न श्रीलंकालाई भारतले दियो ५ सय मिलियन डलर”

‘ग्रिन गोल्ड’ अर्थात् घाँस बेचेर मनग्य आम्दानी गर्दै दाङका थारु

घोराहीका महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन्। हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ। घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ। बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो। Continue reading “‘ग्रिन गोल्ड’ अर्थात् घाँस बेचेर मनग्य आम्दानी गर्दै दाङका थारु”

एमसीसी नेपालको हितमा छ : डा. दीक्षित

नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपालको प्रगतिको लागि पनि एमसीसी लिनुपर्ने बताएका छन् । उनले नेपाल अहिले टाट पल्टिएको अवस्थामा रहेको उल्लेख गर्दै कसैले दिने सहायता स्विकार गर्नुपर्नेमा जोड दिए । Continue reading “एमसीसी नेपालको हितमा छ : डा. दीक्षित”

कालोसूचीका बदनाम चिनियाँ कम्पनीहरू नेपालको निर्माण क्षेत्रमा सक्रिय

नेपालको विभिन्न पूर्वाधार निर्माणमा सक्रिय चिनियाँ कम्पनीहरूमध्ये चाइना सीएमसी इन्जिनियरिङ, नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप र चाइना हार्बर इन्जिनियरिङ कम्पनीलाई एसयाली विकास बैङ्कले कालोसूचीमा राखेको छ। Continue reading “कालोसूचीका बदनाम चिनियाँ कम्पनीहरू नेपालको निर्माण क्षेत्रमा सक्रिय”

नेपाल र भारतबीच महाकालीमा पुल बनाउन समझदारीपत्रमा हस्ताक्षर

नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । पुल बनाउने परियोजनाबारे मंगलबार भारत र नेपालबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन्। Continue reading “नेपाल र भारतबीच महाकालीमा पुल बनाउन समझदारीपत्रमा हस्ताक्षर”