फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा भगवती चौधरी, ४२ प्रतिशत लाभांश पारित

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भगवती चौधरी सर्वसम्मत् चयन भएकी छिन् । कम्पनीको पुुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो । Continue reading “फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा भगवती चौधरी, ४२ प्रतिशत लाभांश पारित”

अखिल नेपाल महिला संघको अध्यक्षमा सरस्वती चौधरी

नेकपा एमाले निकट अखिल नेपाल महिला संघको महोत्तरी जिल्ला अध्यक्षमा सरस्वती चौधरी सर्वसम्मत निर्वाचित भएकी छन्। महोत्तरीको बर्दिबासमा सम्पन्न जिल्ला भेलाले चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। युवा संघको केन्द्रीय नेतृत्वमा रहिसकेकी चौधरी बर्दिबासकी एमाले नेता हुन्। Continue reading “अखिल नेपाल महिला संघको अध्यक्षमा सरस्वती चौधरी”

भोलि काठमाडौंको अनामनगरमा माघी आयोजना हुँदै

सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मेला महोत्सवमा रोक लगाएपछि काठमाडौंको टुडिखेलमा हुने भनिएको थारु माघी महवत्सव स्थगित भएको छ। थारु कल्याणकारिणी सभासहित थारु सम्बद्ध संघसंस्थाहरुको संयुक्त आयोजना काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना हुँदै आएको थियो। Continue reading “भोलि काठमाडौंको अनामनगरमा माघी आयोजना हुँदै”

चीनसँग तनाव भएपछि फिलिपिन्सले भारतसँग बह्मोस मिसाइल खरिद गर्ने तयारीमा

पटक-पटक चीन संग भईरहेको तनावलाई मध्य नजर राख्दै फिलिपिन्स भारतबाट बह्मोस मिसाइल किन्ने भएको छ । फिलिपिन्स संसदले शुक्रबार ब्रह्मोस एयरोस्पेस प्रालिबाट आफ्नो नौसेनाका लागि एन्टी-शिप मिसाइल प्रणाली भारतबाट खरिद गर्ने स्वीकृति दिएको हो । Continue reading “चीनसँग तनाव भएपछि फिलिपिन्सले भारतसँग बह्मोस मिसाइल खरिद गर्ने तयारीमा”

गोप्य कागजात चोरेको अभियोगमा चिनियाँ नागरिक दोषी ठहर

एक चिनियाँ नागरिकलाई कृषि कम्पनी मोन्सेन्टोको गोप्य व्यापारिक कागजात चोरेको अभियोगमा दोषी ठहर गरिएको छ ।उनले बिहीबार मिसौरीको संघीय अदालतमा चिनियाँ सरकारलाई फाइदा पुर्‍याउन कागजातहरू चोर्ने षड्यन्त्र गरेको बताए। Continue reading “गोप्य कागजात चोरेको अभियोगमा चिनियाँ नागरिक दोषी ठहर”

राष्ट्रिय स्वाभिमानका धेरैजसाे मुद्दामाथि चिनियाँ ढाकछोप कायमै

नेपालसँग जोडिएको सीमानामा गरेको कडाइ, सीमा अतिक्रमणको विषय, नेपाली विद्यार्थीलाई फर्किन नदिएको मुद्दा र राजनीतिक हस्तक्षेपको आरोपमा चीनविरुद्ध भएको प्रदर्शनमाथि चिनियाँ दूतावासले टिप्पणी गरेको छ । Continue reading “राष्ट्रिय स्वाभिमानका धेरैजसाे मुद्दामाथि चिनियाँ ढाकछोप कायमै”

डोक्लाम क्षेत्रमा फेरि चिनियाँ प्रवेश गरेको भारतीय मिडियाको दाबी

पाँच वर्षअघि भारतीय र चिनियाँ सैनिक आमने–सामने भएको भुटानको डोक्लाम क्षेत्रमा चिनियाँ प्रवेश गरेको आरोप लागेको छ । विभिन्न भारतीय सञ्चारमाध्यमले यस्तो खबर सम्प्रेषण गर्दै आएकोमा पछिल्लोपटक एनडिटिभीले स्याटलाइट इमेजसमेत सार्वजनिक गर्दै चीनले सीमा क्षेत्रमा एउटा गाउँ नै निर्माण गरेको दाबी गरेको छ । यसबारे चीनले भने औपचारिक प्रतिक्रिया दिएको छैन । Continue reading “डोक्लाम क्षेत्रमा फेरि चिनियाँ प्रवेश गरेको भारतीय मिडियाको दाबी”

चिनियाँ नीतिविरुद्ध नेपाल सरकार मौन

उत्तरी छिमेकी मुलुक चीनद्धारा हुम्ला सहित नेपालका अन्य ४ जिल्लामा सिमा मिचेर अतिक्रमण गर्ने चिनियाँ निति विरुद्ध नेपाल सरकार मौन रहेको पाइएको छ । नेपाली भूमिमा चिनियाँ अतिक्रमण वारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन नेपाल सरकारलाई तत्काल सार्वजनिक गर्नुपर्छ । Continue reading “चिनियाँ नीतिविरुद्ध नेपाल सरकार मौन”

अघोषित नाकाबन्दी हटाउन चीनविरुद्ध प्रदर्शन

काठमाडौँको माइतीघरमा स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ । रसुवा र तातोपानी नाकाको अघोषित नाकाबन्दी हटाउन, उत्तरी भेगका विभिन्न जिल्लामा नेपाली भूमि अतिक्रमण र चीनमा अध्ययनरत नेपाली विद्यार्थीको पढाइ सुचारुका लागि त्यहाँ जान दिन माग गर्दै चीनविरुद्ध प्रदर्शन भएको हो । Continue reading “अघोषित नाकाबन्दी हटाउन चीनविरुद्ध प्रदर्शन”

कांग्रेसका तीन वडाध्यक्षसहित १६ जनप्रतिनिधि रेशम चौधरीको पार्टीमा आबद्ध

टीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व भएका छन्। टीकापुरका कांग्रेसका १६ जना जनप्रतिनिधिले पार्टीले मागेको स्पष्टीकरणको उत्तर दिँदै आफूहरु स्वतन्त्ररुपमा रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्व रहेको खुलासा गरेका हुन्। Continue reading “कांग्रेसका तीन वडाध्यक्षसहित १६ जनप्रतिनिधि रेशम चौधरीको पार्टीमा आबद्ध”