सन्जु चौधरीले तोडिन् आफ्नै कीर्तिमान

बाँकेकी सन्जु चौधरीले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन्। १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्जुले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नामको कीर्तिमान तोडिन्। Continue reading “सन्जु चौधरीले तोडिन् आफ्नै कीर्तिमान”

कैलारी गाउँपालिकामा माघीको तीन दिन विदा

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए। Continue reading “कैलारी गाउँपालिकामा माघीको तीन दिन विदा”

सँस्कृति संरक्षण र प्रवर्द्धन गर्न मिडियामा पहुँच हुन जरुरी छ : उपप्रमुख तारावती चौधरी

जिल्ला समन्वय समिति कपिलबस्तुका उपप्रमुख तारावती चौधरीले थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवर्द्धन गर्न मिडियामा पहुँच हुन जरुरी रहेको बताएकी छन्। थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले आयोजना गरेको थारु जनप्रतिनिधिहरुसँगको अन्तर्क्रया कार्यक्रममा बोल्दै उनले यस्तो बनाएका हुन्। Continue reading “सँस्कृति संरक्षण र प्रवर्द्धन गर्न मिडियामा पहुँच हुन जरुरी छ : उपप्रमुख तारावती चौधरी”

कर्णाली प्रदेशमा थारुहरुको माघी विशेष कार्यक्रम

माघी पर्वको महान अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेत र थारु अर्गानिक सामुदायिक होमस्टे वीनपा ९ तिलपुरको आयोजनामा माघीको महत्वबारे प्रशिक्षण सहित विविध साँस्कृतिक नाचगान गरी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। Continue reading “कर्णाली प्रदेशमा थारुहरुको माघी विशेष कार्यक्रम”

क्यानडामा चिनियाँ बैंक विवादमा

चीनको राज्य नियन्त्रित इन्टस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आइसिबिसी)ले क्यानडा सरकारले तोकेको कानुन उल्लंघन गरेको आरोप लागेको छ। Continue reading “क्यानडामा चिनियाँ बैंक विवादमा”

ऋणभार घटाइदिन चीनलाई श्रीलंकाको अपिल

श्रीलंका सरकारले ऋण घटाइदिन चीनसमक्ष अपिल गरेको छ। पछिल्लो समय चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले चीनसमक्ष ऋण भार घटाइदिन अपिल गरेको हो। Continue reading “ऋणभार घटाइदिन चीनलाई श्रीलंकाको अपिल”

चिनियाँ लगानीलाई पारदर्शी र अधिग्रहण गरिएको जग्गाको मुआब्जाको माग गर्दै दमकमा प्रदर्शन

पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्र झापामा चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाएर अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गरेको छ। Continue reading “चिनियाँ लगानीलाई पारदर्शी र अधिग्रहण गरिएको जग्गाको मुआब्जाको माग गर्दै दमकमा प्रदर्शन”

चीनसँग ब्यापार गर्दा श्रीलंकामा आर्थिक संकट, श्रीलंकाले तिर्‍यो ४ सय ९८ करोड

श्रीलंकाको एक सरकारी बैंकले चिनियाँ कम्पनीसँगको लामो विवाद समाधान गर्न चीनको दबावमा ४९८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । चिनियाँ कम्पनी किङदाओ सिविन बायोटेकले श्रीलंकामा जैविक मलको ढुवानी पठाएको थियो, जुन मल भन्दा काम नलाग्ने पोईजन जस्तो भएको निस्कर्समा पुग्दा लिन बाट मनाही गरेको हो । तर चीनको दादागिरीका कारण श्रीलंकाले मल काम नलाग्ने भेटिएपछि स्वीकार गर्न अस्वीकार गरेको थियो। चिनियाँ कम्पनी र श्रीलंका सरकारबीच सम्झौता भएपछि अदालतले आफ्नो फैसला खारेज गरेको हो ।

यसअघि श्रीलंका सरकारको स्वामित्वमा रहेको कम्पनी सिलोन फर्टिलाइजर्सले यो भुक्तानी रोक्न उच्च अदालतको सहारा लिएको थियो । यस आदेशको कारण, श्रीलंकाको पीपुल्स बैंकले चिनियाँ कम्पनीको पक्षमा जारी गरिएको क्रेडिट पत्र अन्तर्गत भुक्तानी गर्न असक्षमता प्रकट गरेको थियो।

गत वर्ष नोभेम्बरमा पिपल्स बैंक अफ श्रीलंकालाई चिनियाँ दूतावासले भुक्तानी नगरेपछि कालोसूचीमा राखेको थियो । अहिले यो बिश्व भरी प्रमाणिात हुन शुरु भएको छ कि चीन सङ काम गर्दा ध्यानाकर्षण गर्न जरुरी रहेको छ । चीन एक प्रकारले सम्झौता गर्छ तर माल समान पठाउदा घटीया माल सप्लाई गर्छ पछि कम्जोर भएका देशलाई दबाव दिएर पैसा असुल गर्छ । नेपालमा पनि केही समय पहिले केपि ओलि प्रधानमन्त्री भएको पालोमा भेरोसेल खोपको मुल्य सार्वजनिक नगर्ने शर्त राख्यो किन महगो बेच्ने नियत रहेको स्पष्ट रहेको देखियो ।

नेपालमा बिभिन आयोजनामा चीनले अनुदानको नाममा बिस्तारै ऋण उपलब्ध गराएर परियोजना माथी कब्जा जमाउने छ र त्यस पछि नेपाली जनताले भोग्दै आएको रसुवा नाकाको पिडा थप हुने छ । अहिले २ बर्स भयो कोरोनाको बहानामा चीनले मालसामान आवतजावत गर्न अघोसित नाकाबन्दी गरेको छ तर हाम्रो सरकार यश बारेमा केही गर्न निरीह रहेको छ । नेपाली जनताको आवाज उठाउदा अहिले नेपालका कम्युनिस्ट पार्टीहरुको आन्खा बन्द भएको जस्तो चिम्लेका छ्न । उनीहरुको नजरमा यदि चीनको कुरा गर्‍यो भने पार्टीमा आउने आर्थिक सहयोग कतै बन्द हुने हो कि ? त्रास छ । अहिले नेपालमा चिनियाँ दूतावासको नेपाली राजनीति हस्तक्षेप पनि उतकर्समा पुगेको छ तर हामी नेपाली जनताले बुझ्न सकेका छैनौ आखिर अनावश्यक राजनीतिक भेट् किन हुदै छ ? नेपालि जनताले बुझ्न जरुरी छ ।

थारु गीत ‘ओ सजन २’को भिडियो सार्वजनिक, पल र कविता अभिनित थारु फिल्म बन्ने

पल शाह अभिनित थारु गीत ‘ओ‌ सजन २’को म्युजिक भिडियो सार्वजनिक भएको छ। तीन महिना अगाडि सार्वजनिक भएको ओ सजनको सफलतापछि सिक्वेलको रुपमा ओ सजन २ ल्याएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। Continue reading “थारु गीत ‘ओ सजन २’को भिडियो सार्वजनिक, पल र कविता अभिनित थारु फिल्म बन्ने”

भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

काठमाडौँस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवसको आयोजना गरेको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवं उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ। Continue reading “भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस”