थारु आयोगले थारु महिल लक्षित कानुनी जनचेतना कार्यक्रम आयोजना गरेको छ। पर्साको पर्सागढी नगरपालिका-२ स्थित बगबानामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालमा महिलाहरुका लागि भएको कानुन र उनीहरुको सशक्तीकरणको विषयमा प्रशिक्षण दिएका थिए। Continue reading “थारु महिलालाई कानुनबारे प्रशिक्षण दिएर जनचेतना फैलाउँदै थारु आयोग”
Author: Madan Kumar
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए। Continue reading “माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय”
एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी निर्वाचित
नेकपा एमाले सप्तरीको अध्यक्षमा ताराकान्त चौधरी सर्वसम्मत चयन भएका छन्। एमालेको नवौं जिल्ला अधिवेशनको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा भएको बन्द सत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।
बन्दसत्रले चौधरीको नेतृत्वमा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, सह सचिवमा अखिलेश झा र कुसुम आचार्यलाई चयन गरिएको छ। सदस्यमा बृजनारायण साह, युक्ति मरिक, बिन्दी मोची, विर बहादुर मर्स्याङ्दी मगर, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, चन्द्रमान विक, चौठीलाल खंग, लक्ष्मी मण्डललगायत चयन भएका छन्।
अधिवेशनले शंकर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो. युनिस, चित्रकला मगर, रामबृक्ष महतो, भुवन के.सी., शत्रुघ्न प्रसाद यादव, मागैन मंडललगायत २३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुबिर महासेठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्। अध्यक्षमा चयन भएका चौधरी नेकपा विभाजित भएपछि एमालेको जिल्ला अध्यक्ष रहँदै आएका थिए।
थारु पत्रकार संघको केन्द्रीय महाधिवेशन चैत १२ र १३ गते
थारु पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ। कपिलवस्तुको बाणगंगा ४, जितपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो। Continue reading “थारु पत्रकार संघको केन्द्रीय महाधिवेशन चैत १२ र १३ गते”
एमाले दाङमा थारु समुदायका १९ जना निर्विरोध निर्वाचित
नेकपा एमालेको दाङ जिल्ला कार्यसमिति सदस्यमा थारु समुदायका १९ जना निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार भएको १३औं जिल्ला अधिवेशनबाट १९ थारु नेता निर्विरोध निर्वाचित भएका हुन्। Continue reading “एमाले दाङमा थारु समुदायका १९ जना निर्विरोध निर्वाचित”
बाघको आक्रमणमा परी ३० वर्षीया चाँदनी थारुको मृत्यु
बाघको आक्रमणबाट बाँकेको थप एक जनाको मृत्यु भएको छ। राप्ती सोनारी-६ मा शनिबार बाघले ३० वर्षीया महिलाको ज्यान गएको हो। बिहान दाउरा गर्न गएकि हव्रहवा गाउँकी ३० वर्षीया चाँदनी थारुको बाघले ज्यान लिएको हो। Continue reading “बाघको आक्रमणमा परी ३० वर्षीया चाँदनी थारुको मृत्यु”
माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ। प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ। Continue reading “माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण”
रेशम चौधरीको पार्टीको घोषणा पत्रमा के छ? थाहा पाउनुस्
दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। जातीय भेदभावको पूर्ण अन्त्य र न्यायको पूर्ण पालनामा कर्तव्यनिष्ठ रहने वाचासहित उन्मुक्ति पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो। Continue reading “रेशम चौधरीको पार्टीको घोषणा पत्रमा के छ? थाहा पाउनुस्”
थाकस दाङले पुस २७ र २८ गते माघ महोत्सव आयोजना गर्दै
दाङ- थारु कल्याणकारिणी सभा (थाकस) दाङले माघ महोत्सव मनाउने भएको छ। महोत्सवलाई भब्य बनाउनका लागि दाङका सभापति भुवन चौधरीको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। Continue reading “थाकस दाङले पुस २७ र २८ गते माघ महोत्सव आयोजना गर्दै”
राष्ट्रियसभा निर्वाचनमा ४३ जनाको उम्मेदवारी, थारु शून्य
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो।
आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ। आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।
प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ। निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।

