माओवादीको सुदूरपश्चिम प्रदेशको अध्यक्ष बन्ने दौडमा यी थारु नेताहरु

नेकपा (माओवादी केन्द्र)को प्रथम सुदूरपश्चिम सम्मेलन सम्पन्न भएको छ। धनगढीमा ४ दिनसम्म चलेको सम्मेलनले पदाधिकारी चयन नगरी २ सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो। कञ्चनपुरबाट प्रदेश कटिमीका सदस्य चयन गर्दा विवाद भएपछि चार जना पहिलो बैठकबाट थप गरेर २ सय २३ सदस्यीय कमिटी बनाइने माओवादी सुदूरपश्चिमले जनाएको छ। Continue reading “माओवादीको सुदूरपश्चिम प्रदेशको अध्यक्ष बन्ने दौडमा यी थारु नेताहरु”

ओलीलाई दनक दिँदै भगवतीले भनिन्- जिल्लाको सह-इन्चार्ज पद पनि आसेपासेलाई दिनुस्

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले पार्टीभित्र देखिएको अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीविरुद्ध आवाज उठाएकी छन्। हालसालै सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पोलिटब्यूरो सदस्यमा मनोमानी र एकपक्ष ढंगले अध्यक्ष ओलीले मनोनित गरेकोप्रति नेतृ चौधरीले चर्को विरोध जनाएकी हुन्। Continue reading “ओलीलाई दनक दिँदै भगवतीले भनिन्- जिल्लाको सह-इन्चार्ज पद पनि आसेपासेलाई दिनुस्”

रामकुमारी चौधरी माओवादी केन्द्रको सचेतकमा चयन

सांसद रामकुमारी चौधरी नेकपा माओवादी केन्द्रको सचेतकमा चयन भएकी छन्। बैठकले राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपि अछामी, सचेतक गङगा वेल्बासे तथा प्रतिनिधिसभामा दलको सचेतकमा रामकुमारी चौधरी र संसदीय दलको सचीवमा रामनारायण बिडारीलाई चयन गरेको हो। Continue reading “रामकुमारी चौधरी माओवादी केन्द्रको सचेतकमा चयन”

सदनमा सभामुखको पक्षपातपूर्ण व्यवहार देखियाे : शान्ता चौधरी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन्। सचेतक चौधरीले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको टिप्पणी गरेकी हुन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभामुख सापकोटाले संसदीय दलले कारबाही गरेका कुनै पार्टीका सांसदहरुको सूचना २४ घण्टा नबित्दै जारी गर्ने तर आफ्नो दलको भने अझै जारी नगरेको भन्दै आपत्ति जनाइन्। उनले सभामुख सापकोटाकै पक्षपातपूर्ण व्यवहारका कारण संसद बैठक सूचारु हुने अवस्था नरहेको बताइन्।

सचेतक चौधरीले भनिन्,‘सरकार र सभामुखलाई हामीले पटकपटक संसद अवरुद्ध गरिरहँदा हामीले ध्यानाकर्षण पनि गराएका छौं। नेकपा एमाले संसदीय दलले कारबाही गरेका सांसदहरुलाई प्रवेश गराईरहँदा यो चाँही गैरकानुनी हो भनिरहँदा सभामुखले यसलाई नटेरेर जुन आफ्नो तरिकाले संसद चलाई रहनु भएको छ। एउटै केशमा कसैलाई २४ घण्टा पनि नबित्दै सूचना जारी गर्नुहुन्छ भने कसैलाई चाँही पक्षपातपूर्ण व्यवहार गरेर आजको मितिसम्म पनि कारबाहीको सूचना निकाल्नु भएको छैन। त्यसकारण हाम्रो यो बाध्यता हो, रहर होइन।’

नेकपा एमालेले आफ्नो पार्टी संसदीय दलबाट निश्काशनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ। सचेतक चौधरीले पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरु गैर कानुनी हुने भएकाले उनीहरुको उपस्थिति रहुन्जेल संसद बैठक सूचारु हुन दिन नसकिने अडान पनि राखिन्।

कांग्रेस सभापतिमा देउवा निर्वाचित, पदाधिकारीको गणना आज साँझदेखि

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन्। Continue reading “कांग्रेस सभापतिमा देउवा निर्वाचित, पदाधिकारीको गणना आज साँझदेखि”

यसकारण उमाकान्त चौधरी सहमहामन्त्रीका दाबेदार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले थारु कोटामार्फत् सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्। विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट करियर सुरु गरेका उनी कांग्रेसका प्रभावशाली नेता मानिन्छन्।

यसकारण उमाकान्त चौधरी सहमहामन्त्रीका दाबेदार
नेता त सबै बन्न रुचाउँछन् । तर असल राजनेता बन्ने कमै हुन्छन् । उनी जहिलेदेखि राजनीति बुझ्ने भए, एक असल नेताको छबि बनाउने सोचे । असल नियतले गरिएको जुनसुकै काम पनि पूरा हुने उनको विश्वास छ । त्यही भएर उनी असल नेता भएर देशलाई समृद्धिको बाटोतर्फ डोर्या‍उन चाहन्छन् । तिनै असल नेतामध्ये एक हुन्, उमाकान्त चौधरी ।

उमाकान्तको जन्म २०२३ भदौ १५ गते बुबा चन्द्रिकाप्रसाद चौधरी र आमा मधेसियादेवी चौधरीको कोखबाट बाराको कोल्हवी नगरपालिका, ११ बेलवामा भएको हो । उनको परिवारले शिक्षाको महत्व बुझेको थियो । त्यही भएर उमाकान्तले पढ्न पाए । पढाईमा अब्बल उमाकान्त विज्ञानको वनस्पति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

उमाकान्तको राजनीति गर्ने दृढ इच्छा थियो । उनी विसं २०३६ सालदेखि नै विद्यार्थी राजनीति सुरु गरेका थिए। नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध भएका उनी त्रिवि इकाइको उपसभापतिसमेत बनेका थिए। पछि उनी तरुण दलमा आबद्ध भए। त्यसबेला उनी पटक पटक बन्दी जीवन भोगेका छन् ।

उमाकान्तले पहिलोपटक २०५६ सालको संसदीय चुनाव लडेका थिए । त्यतिबेला उनले तत्कालीन बाराको क्षेत्र १ मा लाल किला तोडेका थिए। कम्युनिस्ट पकड मानिएको उक्त क्षेत्रमा चौधरीको शानदार विजयी भएको थियो।

०६२-०६३ को जनआन्दोलनपछि भएको ०६४ को चुनावमा पनि उनले बाराको क्षेत्र नं ५ बाट चुनाव लडे । एमालेका वलवीर चौधरीलाई पराजित गर्दै उनी फेरि निर्वाचित बने । उनले स्थानीयसँगको पहुँच बनाइराख्न विकासका कामहरु तीव्रता दिएका थिए ।

२०७० को दोस्रो संविधानमासभा पनि उनैले टिकट पाए । तर पार्टीभित्रको अन्तर्घातका कारण उनी पराजित भएका थिए। त्यतिबेला कांग्रेसका रामप्रसाद चौधरी, तुल्सी चौधरीलगायतलाई अन्तर्घात गरेको भन्दै पार्टीले कारबाही गरेको थियो। त्यतिबेला पराजित बने पनि उमाकान्तले हरेस भने खाएनन्। आफ्नो गाउँठाउँका भौतिक पूर्वाधार निर्माणका काममा आफूले गर्ने जिम्मेवारी पूरा गरिरहे। उनी जनतासँग नजिक भएर काम गरिरहे।

त्यही बेला उनलाई मधेस विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो। कांग्रेसको केन्द्रीय सदस्यमा दुई पटक निर्वाचित भएका उनलाई मधेस फ्याक्टरलाई राम्रोसँग विशलेषण गर्न सक्ने नेताको रुपमा चिनिन्छ।

उमाकान्त चौधरी पछिल्लो निर्वाचन २०७४ मा फेरि विजयी भए। नेपाली कांग्रेसका उम्मेद्वारहरु सबैतिर पराजय भइरहँदा चौधरीले भने संसदीय चुनावमा ह्याट्रिक गरे। उनले बारा क्षेत्र नं १ मा शानदार विजयी भए।

यसबीचमा उनी पटक पटक मन्त्रीसमेत भइसकेका छन् । उनी २०५९ सालमा कृषि सहायक मन्त्री भएका थिए । २०६८ सालमा भने उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए ।

विकासको अर्को नाम उमाकान्त चौधरी

उमाकान्त चौधरी बारा जिल्लामा लोकप्रिय नेताको रुपमा मानिन्छन्। विकास निर्माणका काममा अग्रपंक्तिमा खटिने नेताकारुपमा उनलाई बारा जिल्लामा चिनिन्छन्। उनी बाराबाट निर्वाचित भएदेखि आफ्नो क्षेत्रमा मात्र नभएर जिल्लाकै विकासमा लागिपरेका छन्। ‘उहाँ (उमाकान्त चौधरी) हाम्रो असली नेता हुनुहुन्छ। उहाँकै कारण हाम्रो गाउँ ठाउँमा विकासका निर्माणहरु भएका छन्,’ बारा क्षेत्र नं १ मतदाताहरुको साझा भनाइ हो यो।

शान्ता, मञ्जु र वैजानाथ चौधरी पोलिटव्युरोमा मनोनीत

नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन्। एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ। अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्। Continue reading “शान्ता, मञ्जु र वैजानाथ चौधरी पोलिटव्युरोमा मनोनीत”

सहमहामन्त्रीबाट सुरेन्द्र चौधरीले लिए उम्मेदवारी फिर्ता, उमाकान्त र तेजुलालबीच भीडन्त हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएका छन्। उनको उम्मेदवारी फिर्तासँगै अब सहमहामन्त्रीमा संस्थापन समूहबाट उमाकान्त चौधरी र संस्थापन इतरबाट तेजुलाल चौधरीको भीडन्त हुने भएको छ। Continue reading “सहमहामन्त्रीबाट सुरेन्द्र चौधरीले लिए उम्मेदवारी फिर्ता, उमाकान्त र तेजुलालबीच भीडन्त हुने”

पदाधिकारीमा ३ जनासहित यी हुन् थारु समुदायका २४ उम्मेदवारहरु

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जनाले पदाधिकारीका लागि उम्मेदवारी दिएका छन्। Continue reading “पदाधिकारीमा ३ जनासहित यी हुन् थारु समुदायका २४ उम्मेदवारहरु”

चित्रलेखा यादव भर्सेस गीता चौधरी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जना सहमहामन्त्रीमा, केन्द्रीय सदस्यको खुलातर्फ ४ जना, थारु कोटाको खुलातर्फ १० जना, थारु कोटाको महिलातर्फ ४ जना, आदिवासी जनजाति महिलातर्फ एक जना र भूगोलतर्फ दुई जनाको उम्मेदवारी परेको छ। Continue reading “चित्रलेखा यादव भर्सेस गीता चौधरी”