साउदी अरब सरकारले सुन्नी मुस्लिम समुदायको सबैभन्दा ठूलो संगठन तब्लिगी जमातमाथि प्रतिबन्ध लगाएको छ। सरकारले तब्लिगी जमात समाजको लागि खतरनाक रहेको भन्दै सो जमातमाथि प्रतिबन्ध लगाएको हो। Continue reading “तब्लिगी जमातमाथि साउदी अरबले लगायो प्रतिबन्ध”
Author: Madan Kumar
बंगलादेशद्वारा चिनिया नीति र बिआरइको विरोध
पाकिस्तान र श्रीलंका जस्तो नभई, बंगलादेशले चीनको कुनै पनि ‘ऋणको जाल’मा नपर्न विवेकपूर्ण बृहत् आर्थिक व्यवस्थापन गरेको छ र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को भारी हातबाट जोगिएको छ! Continue reading “बंगलादेशद्वारा चिनिया नीति र बिआरइको विरोध”
चीनद्वारा कंगोको सबैभन्दा बहुमूल्य कोबाल्ट निक्षेपको नियन्त्रण कब्जा
आफ्नो राज्य कम्पनीहरूलाई बैंकरोल गर्ने चीनको प्रणालीले यसको अर्थतन्त्रमा ठूलो अकुशलता ल्याउन सक्छ तर उन्नत प्रविधिहरूको लागि आवश्यक महत्त्वपूर्ण खनिजहरूमा यसलाई चुनौतीरहित प्रभुत्व प्रदान गरेको छ। Continue reading “चीनद्वारा कंगोको सबैभन्दा बहुमूल्य कोबाल्ट निक्षेपको नियन्त्रण कब्जा”
नेपाल-भारत सीमामा गरिएको बैठकले उत्पन्न गराएको गतिरोध
छिमेकी देश भारतसँगको सम्बन्ध परापूर्व कालदेखि एक ऐतिहासिक र महत्वपूर्ण रुपमा रहँदै आएको छ। सदियौंदेखि कला,सँस्कृति, रीतिरिवाज,धर्म र समाजका हरेक पक्षसँग विविता र समानता छ। Continue reading “नेपाल-भारत सीमामा गरिएको बैठकले उत्पन्न गराएको गतिरोध”
थारु कोटातर्फ ५ सिटका लागि १७ जना थारु नेताले दिए उम्मेदवारी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ। नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। Continue reading “थारु कोटातर्फ ५ सिटका लागि १७ जना थारु नेताले दिए उम्मेदवारी”
विजय कुमार गच्छदारले दिए उपसभापतिमा उम्मेदवारी
विजय कुमार गच्छदारले उसभापतिमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन्। उनीसँगै पूर्णबहादुर खड्काले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्। Continue reading “विजय कुमार गच्छदारले दिए उपसभापतिमा उम्मेदवारी”
देउवा प्यानलबाट उमाकान्त चौधरीले दिए सहमहामन्त्रीमा उम्मेदवारी
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेरबहादुर देउवा प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्। Continue reading “देउवा प्यानलबाट उमाकान्त चौधरीले दिए सहमहामन्त्रीमा उम्मेदवारी”
शेखर प्यानलबाट तेजुलाल चौधरीले दिए सहमहामन्त्रीमा उम्मेदवारी
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले शेखर प्यानलबाट थारु कोटातर्फ उम्मेदवारी दिएका हुन्। डा. शेखर कोइराला सभापतिमा उम्मेदवारी दिएका छन्। Continue reading “शेखर प्यानलबाट तेजुलाल चौधरीले दिए सहमहामन्त्रीमा उम्मेदवारी”
डा. गोपाल दहितद्वारा खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा डा. गोपाल दहितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उनले खुला पुरुषतर्फ उम्मेदवारी दिएका हुन्। Continue reading “डा. गोपाल दहितद्वारा खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी”
कांग्रेस महाधिवेशनका थारु प्रतिनिधिहरुको भेला, कसले के भने?
थारु कल्याणकारिणी सभाले शुक्रबार राति कांग्रेसको १४औं महाधिवेशनका थारु प्रतिनिधिहरुको भेला आयोजना गर्यो। भेलामा ६० बढी प्रतिनिधिहरु सहभागी थिए। कार्यक्रममा सहमहामन्त्री र केन्द्रीय सदस्यहरुका आंकाक्षीहरुसमेत सहभागी थिए।

सबैले आ-आफ्नो उम्मेदवारी प्रस्तुत गरेका थिए। सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले कांग्रेसमा आफ्नो ठूलो योगदान रहेको र लामो समय जेलमा समेत बसेको भन्दै आफू सहमहामन्त्रीका लागि योग्य रहेको बताए। तर कुन समूहबाट आफ्नो उम्मेदवारी पर्ने उनले खुलाएनन्।

त्यस्तै रामजनम चौधरीले आफू शेरबहादुर देउवा समूहबाट सहमहामन्त्री उठ्न लागेको बताए। उनले नेपाली कांग्रेसमा पुस्तान्तरण र थारु समुदायको माग मुद्दा सम्बोधनका लागि आफ्नो योगदान रहेको भन्दै उम्मेदवारी दिने घोषणा गरे।

त्यस्तै सांसद तेजुलाल चौधरीले आफू संस्थापन इतरबाट सहमहामन्त्रीको उम्मेदवारी दिने घोषणा गरे। उनले अहिलेसम्म देउवाले एउटा थारुलाई पनि नियुक्ति नदिएको र राज्य पुनर्संरचनामा पश्चिम तराईका थारु बस्तीहरुको किटाकाट गरेको आरोप लगाए। त्यही भएर देउवाबाट थारुहरु सचेत हुनुपर्ने उनको भनाइ थियो।

त्यस्तै केन्द्रीय सदस्यका उम्मेदवार डा. गोपाल दहितले थरुहट आन्दोलनमा सबैको बराबर योगदार रहेको भन्दै सहमहामन्त्रीमा सबै क्षमतावान रहेको बताए। उनले सहमहामन्त्री पद कोटामा मात्र रहेका नेताहरु कोटामार्फत् आउन चाहेको बताए। ‘सहमहामन्त्रीमा खुला सिट नै छैन। खुला सिट नभएपछि आउने त कोटाबाट नै हो,’ उनले भने। उनले आफू पनि केन्द्रीय सदस्यको उम्मेदवार भएको बताए। तर खुला हुने वा कोटा हुने त्यो अहिल्यै टुंगो नलागेको बताए।

त्यस्तै योगेन्द्र चौधरीले पनि केन्द्रीय सदस्यको उम्मेदवार रहेको बताए। उनले राजनीतिमा सबैको आ-आफ्नो आस्था रहने र सबै जनाको मन राजनीतिकरुपले सक्षम हुने चाहना रहेकाले उम्मेदवारी पर्नु सामान्य कुरा रहेको बताए।
नेपाली कांग्रेसको जारी महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। बेलुकासम्म क-कसले कुन पदमा उम्मेदवारी दिए भन्ने कुरा थाहा भइ नै हाल्नेछ।
