कांग्रेस महाधिवेशनमा थारु समुदायबाट कति छन् महाधिवेशन प्रतिनिधि?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देशभरिबाट १७३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। कूल महाधिवेशन प्रतिनिधिको ३.६४ प्रतिनिधि थारु समुदायबाट रहेका छन्। शुक्रबार प्रकाशन गरिएको नामावलीको सूचीअनुसार सबैभन्दा धेरै कैलालीबाट २९ जना र त्यसपछि सप्तरीबाट १७ जना सहभागी छन्। Continue reading “कांग्रेस महाधिवेशनमा थारु समुदायबाट कति छन् महाधिवेशन प्रतिनिधि?”

देउवा-सिटौला पक्षबाट उमाकान्त चौधरी सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं: नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका छन्। चौधरीले संस्थापन र सिटौला समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका हुन्। Continue reading “देउवा-सिटौला पक्षबाट उमाकान्त चौधरी सहमहामन्त्रीको उम्मेदवार”

कांग्रेस महाधिवेशन: विजय गच्छदारसँग कति शक्ति छ?

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबादेखि सुरु हुँदैछ। यो महाधिवेशन उपसभापति विजय कुमार गच्छदारका लागि जति विशेष छ, त्यति नै चुनौति पनि। यसकारण विशेष छ कि उनी नेपाली कांग्रेसमा फिर्ता भएपछि उनका लागि यो पहिलो महाधिवेशन हो। Continue reading “कांग्रेस महाधिवेशन: विजय गच्छदारसँग कति शक्ति छ?”

प्रदेश सांसद नवोदिता चौधरीले थारु कोटातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका प्रदेश सांसद नवोदिता चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। सुनसरी क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनले थारु कोटाको महिलातर्फ उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

नवोदिता नरेन्द्रकुमार चौधरीकी छोरी हुन्। नरेन्द्रकुमार चौधरी थारु कल्याणकारिणी सभामा रहेर लामो समय योगदान दिएका थिए। पूर्व अञ्चालधीशसमेत भएका उनी अहिले नेपाली कांग्रेसको आमान्त्रित सदस्यको रुपमा रहेका छन्।

थरुहट आन्दोलनका दुई योद्धा डा. गोपाल दहित र योगेन्द्र चौधरीद्वारा उम्मेदवारी घोषणा

नेपाली कांग्रेस १४औँ महाधिवेशन आजदेखि सुरु भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वमन्त्री एवं प्रभावशाली नेता डा. गोपाल दहितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सबल कांग्रेस र सक्षम कांग्रेस नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्।

थरुहट आन्दोलनका एक योद्धासमेत रहेका दहित थरुहट तराई पार्टीको समेत नेतृत्व गरेका थिए। स्थानीय चुनावका बेला थरुहट तराई पार्टी र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच एकता भएको थियो। त्यो एकता पछि कांग्रेससँग मर्जर हुन पुगेको थियो। उनी थारु समुदायका बौद्धिक नेताको रुपमा समेत चिनिन्छन्।

त्यस्तै थरुहट आन्दोलनका अर्का योद्धा योगेन्द्र चौधरीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। उनले सबैको परामर्श र सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्। फोरम लोकतान्त्रिकबाट सांसदसमेत भएका उनफ पछिल्लो समय पार्टीको क्रियाशील सदस्यता छानविन समितिका सदस्य रहेर ठूलो जिम्मेवारी बहन गरेका थिए। क्रियाशील विवाद रहेका जिल्लाहरूमा सहमति गराउन नेता चौधरीको पनि भूमिका छ ।

कार्बन उत्सर्जन घटाउने वाचा गरेको चीनले गर्‍यो कोइला पावर प्लान्टलाई आर्थिक सहयोग

चीनले कार्बन उत्सर्जन घटाउने वाचा गरे पनि बोस्निया र हर्जेगोभिनामा कोइला पावर प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग गरिरहेको एसियन न्युज इन्टरनेशनल (एएनआई)ले रिपोर्ट गरेको छ।

चिनियाँ र पोलिस चिनियाँ फर्महरूले निर्माण गरिरहेको बाल्टिक राष्ट्रमा नयाँ कोइलाबाट चल्ने ऊर्जा केन्द्र उग्ल्जेभिक तेस्रोको लागि जग्गा तयार गरिएको र कोइला जलाउँदा गाउँका बासिन्दाहरूको स्वास्थ्यमा गम्भीर असर परेको एएनआईले वाशिंगटनमा आधारित पत्रिका द डिप्लोमेटलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

बेइजिङले जलवायु परिवर्तनलाई रोक्ने वाचा र राष्ट्रपति सी जिनपिङको हालै कोइला पावर परियोजनामा ​​आर्थिक सहायता रोक्ने वाचा गरे पनि चीनले उग्ल्जेविक र अन्य धेरै युरोपेली सहरहरूमा नयाँ पावर प्लान्ट स्थापनाको योजना बनाएको छ।

एएनआईका अनुसार एक चिनियाँ बैङ्कले बोस्निया र हर्जगोभिनामा कोइलाबाट चल्ने ऊर्जा परियोजनाहरूलाई वित्तपोषण गरिरहेको र जसको निर्माण कार्यहरू भइरहेको बताइएको छ। युरोपेली सङ्घले कानुनको उल्लङ्घनको लागि ऊर्जा निगरानी निकायले अनुसन्धान गरे पनि चीनमाथि भने कुनै कारबाही गरिएको छैन।

अनुसन्धानकर्ता बावा वाङ र निल्स रेसारेले, द डिप्लोमेट पत्रिकाका लागि संयुक्त रूपमा लेख्दै, नयाँ कोइला पावर प्लान्टको निर्माण छिमेकी देशहरूको लागि अप्रिय र आश्चर्यजनक भएको र यसले ठुलो क्षति पुर्‍याउने बताएकी छन्।
बोस्निया र हर्जेगोभिनामा कोइला परियोजनाहरूको अनुसन्धान सञ्चालन गर्ने एस्पो कन्भेन्सन (ट्रान्सबाउन्डरी सन्दर्भमा वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी महासन्धि) ले सीमा पार परामर्शहरू नगरेकोमा बाल्कन देशले पालना नगरेको गहिरो आशङ्का व्यक्त गरेको छ।

एएनआईले द डिप्लोम्याट पत्रिकाको लेखलाई उद्धृत गर्दै इन्डोनेसिया, फिलिपिन्स र सर्बियामा चिनियाँ लगानीमा निर्माण हुने पावर प्लान्टको ठुलो जोखिम रहेको बताएको छ। यस वर्ष चिनियाँ सरकारी स्वामित्वका उद्यमहरूले घोषणा गरेका यी परियोजनाहरूको कुल अनुमानित क्षमता ३६४५ मेगावाट हुने भएको छ।

चीनका उपप्रधानमन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी यी टेनिस खेलाडी ‘गाबय’ भएपछि…

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी (आइओसी)ले चिनियाँ टेनिस खेलाडी पेङ स्वाअएले भिडिओ कलमार्फत् आफू सुरक्षित रहेको बताएकी छन्। आइओसीले अध्यक्ष टमस बाखले पेङसँग तीस मिनेट भिडिओ कल गरेको जनाएको छ। ‘उनी सुरक्षित छिन्, त्यो नै हाम्रो मुख्य चासो थियो,’ विज्ञप्तिमा भनिएको छ। Continue reading “चीनका उपप्रधानमन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी यी टेनिस खेलाडी ‘गाबय’ भएपछि…”

बंगलादेशमा पाकिस्तानको राष्ट्रिय झण्डा जलाइयो

बंगलादेश मुक्तियोध मञ्चले पाकिस्तानको झण्डा जलाएको छ। बंगलादेश आएका पाकिस्तानकी क्रिकेट खेलाडीहरुले ढाका विश्वविद्यालयको खेल मैदानमा आफ्नो झण्डा फहराएको विरोधमा मञ्चले उनीहरुको झण्डा जलाएको हो। Continue reading “बंगलादेशमा पाकिस्तानको राष्ट्रिय झण्डा जलाइयो”

ताइवानी नागरिकमाथि चीनको अत्याचार

कम्तिमा ६०० ताइवानी नागरिकहरू २०१६ र २०१९ को बीचमा संसारभरबाट चीनलाई सुपुर्दगी गरिएको एक नयाँ रिपोर्टले खुलासा गरेको छ। चीन र ताइवानले सन् २००९ मा दुवै पक्षका प्रहरीले विदेशी संदिग्धहरूलाई आ-आफ्नो क्षेत्रमा फिर्ता गर्ने सहमति जनाएका थिए। Continue reading “ताइवानी नागरिकमाथि चीनको अत्याचार”

थारु कोटाबाट सहमहामन्त्रीका चार आकांक्षी, कसले मार्ला बाजी?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीमा आउन थारु नेताहरुले लबिङ थालेका छन्। आ-आफ्नो गुटमा थारु नेताहरुले लबिङ थालेका हुन्। आरक्षणतर्फको थारु कोटामा एक जना सहमहामन्त्री निर्वाचित हुने प्रावधान छ। Continue reading “थारु कोटाबाट सहमहामन्त्रीका चार आकांक्षी, कसले मार्ला बाजी?”