अमेरिकीबासी थारु संस्थाद्वारा थारु विद्यार्थीका लागि छात्रवृत्ति आह्वान

थारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरुको लागि छात्रवृत्ति आह्वान गरेको छ। प्राइमरी, सेकेन्डरी र स्नातक तहका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरुको संस्था टीएफएले जनाएको छ। नेपालमा बस्ने सबै योग्य विद्यार्थीले उक्त छात्रवृत्तिका लागि निवेदन दिन सक्नेछन्। Continue reading “अमेरिकीबासी थारु संस्थाद्वारा थारु विद्यार्थीका लागि छात्रवृत्ति आह्वान”

हामी यो ठाउँमा रहँदा एमालेलाई ठूलो फाइदा छ : गौरीशंकर चौधरी

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट थारु कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका गौरीशंकर चौधरीले एमालेसँगै रहेर संगठन सुदृढ गर्ने बताएका छन्। उनले पार्टीको जिम्मेवारी बहन गरेर अगाडि बढ्ने र अब चुनावको तयारी गर्ने योजना रहेको सुनाए। Continue reading “हामी यो ठाउँमा रहँदा एमालेलाई ठूलो फाइदा छ : गौरीशंकर चौधरी”

विजय गच्छदार निकट दिलिप गच्छदार मोरङ सभापतिमा पराजित

नेपाली कांग्रेस माेरङकाे सभापतिमा संस्थापन इतर समूहका डिगबहादुर लिम्बु निर्वाचित भएका छन्। आज भएको दाेस्राे चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा उपसभापति विजयकुमार गच्छदार र नेता कृष्णप्रसाद सिटाैलाकाे संयुक्त समर्थन रहेका दिलिप गच्छदारलाई पराजित गरेदै लिम्बु विजयी भएका हुन्। Continue reading “विजय गच्छदार निकट दिलिप गच्छदार मोरङ सभापतिमा पराजित”

केपी ओली दोस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो केन्द्रीय कमिटी

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली सर्वाधिक मतका साथ विजयी भएका छन्। उनले एक हजार ८३७ मत प्राप्त गरे भने उहाँका प्रत्याशी डा भीमबहादुर रावलले २२३ मत प्राप्त गरे। Continue reading “केपी ओली दोस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो केन्द्रीय कमिटी”

ओलीको सहमतिलाई नकार्दै जयप्रकाश थारुले उम्मेदवारी दिएपछि…

अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको थारु कोटातर्फको केन्द्रीय सदस्यको सूचीमा असन्तुष्टि जनाउँदै पर्साका जयप्रकाश थारुले उम्मेदवारी दिएका थिए। उनी पराजित भएका छन्। उनले जम्मा ७१९ मत पाए। Continue reading “ओलीको सहमतिलाई नकार्दै जयप्रकाश थारुले उम्मेदवारी दिएपछि…”

यी हुन् एमाले केन्द्रीय सदस्य बन्न सफल थारु नेताहरु

नेकपा (एमाले) को चितवनमा जारी दसौं महाधिवेशनबाट १० जना थारु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै थारु नेता निर्विरोध निर्वाचित भएका हुन्। एमालेको कमिटीमा केन्द्रीय सदस्य बन्नेहरुमा महिला खुलातर्फ सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी रहेका छन्। Continue reading “यी हुन् एमाले केन्द्रीय सदस्य बन्न सफल थारु नेताहरु”

शान्ता चौधरी र भगवती चौधरी पनि खुला महिलातर्फ निर्विरोध

नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। सुदूरपश्चिमकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन्। थारु समुदायबाट सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी निर्विरोध भएकी छन्। Continue reading “शान्ता चौधरी र भगवती चौधरी पनि खुला महिलातर्फ निर्विरोध”

भारतको सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका दुई वटा विद्यालयका नयाँ भवनहरु उद्घाटन गरिएको छ। श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको उद्घाटन गरिएको हो। Continue reading “भारतको सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन”

राजकुमार लेखी र गंगा चौधरीसहित ४ जना थारु नेता निर्विरोध निर्वाचित

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट नेता राजकुमार लेखी निर्विरोध निर्वाचित भएका छन्। उनी भूगोलतर्फ प्रदेश २ बाट निर्विरोध निर्वाचित भएका हुन्। त्यसका अलावा थारु कोटाको महिलातर्फ गंगा चौधरी सत्गौंवा र मञ्जु चौधरी पनि निर्विरोध निर्वाचित भएका छन्। Continue reading “राजकुमार लेखी र गंगा चौधरीसहित ४ जना थारु नेता निर्विरोध निर्वाचित”

ओलीसँग रुष्ट हुँदै थारु कोटामा जयप्रकाश थारुले दिए उम्मेदवारी

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नामप्रति असन्तुष्टि जनाउँदै ‘थारु क्लस्टर’मा पर्साका जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। सो समूहमा प्रस्तावितमध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफ्नो उम्मेदवारी समीसिमाभित्र फिर्ता नलिएको खण्डमा ‘थारु क्लस्टर’ मा आन्तरिक प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। Continue reading “ओलीसँग रुष्ट हुँदै थारु कोटामा जयप्रकाश थारुले दिए उम्मेदवारी”