भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ। सो जनगणनामा थारु भाषा मात्र प्रयोग भएको थियो। Continue reading “भाषा आयोगले भन्यो- सुदूरपश्चिम प्रदेशमा राना थारु भाषालाई कामकाज भाषा बनाउन सकिँदैन”
Author: Madan Kumar
सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्दै
पञ्चायती व्यवस्थाविरुद्ध लडेका सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्ने भएको छ। करिब एक लाख रुपैयाँमा बन्ने स्मारक स्तम्भको निर्माण कार्य सुरु भइसकेको नेता राजकुमार लेखीले बताएका छन्। स्तम्भ निर्माण कार्य भदौभित्रै सकिने उनले बताए। Continue reading “सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्दै”
कांग्रेस महाधिवेशन: थारु कोटाबाट कति आउँछन् महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियामा समावेशी प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको छ। जनसंख्याका आधारमा प्रतिनिधित्व हुने निर्वाचन निर्देशिकाको व्यवस्थाले विगतमा पाएको सुविधा कटौती गरेको भन्दै दलित, मुस्लिम, अल्पसंख्यक समुदायका नेताहरु असन्तुष्ट छन्। Continue reading “कांग्रेस महाधिवेशन: थारु कोटाबाट कति आउँछन् महाधिवेशन प्रतिनिधि”
रेशम चौधरीले जेलमै छोरासँग मनाए अट्वारी
लोकतान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलमै अट्वारी पर्व मनाएका छन्। उनले छोरा आभूषणसँगै डिल्लीबजारस्थित कारागारमा अट्वारी मनाएका हुन्। अट्वारीको ब्रत बसेका उनी जेलमै पूजाआजा गरेका थिए। Continue reading “रेशम चौधरीले जेलमै छोरासँग मनाए अट्वारी”
सर्वाधिक हिट ‘मन लागेना’ कसरी लेखिएको थियो? सुवेश कठरियाले खोले राज [भिडियोसहित]
थारु सांगीतिक क्षेत्रमा सबैको रोजाइ बनेको छ- सुवेश कठरिया। थारु सांगीति क्षेत्रमा उनले थुप्रै हिट गीत लेखिसकेका छन्। त्यसैले पनि उनलाई यतिबेला गीत लेख्न भ्याइनभ्याइ छ। तर सुवेशले हावा तालमा भने गीत लेख्दैनन्। उनी भन्छन्, ‘एउटै गीत पनि धेरै दिन लाग्छ सिध्याउन। मुड चल्नपर्यो नि!’
उनले पूरै भित्री मनबाट गीत लेख्ने गरेको बताए। त्यही भएर पनि उनका लगभग सबै गीत सुपरहिट छन्। चुन्नु प्यारमे परिगिल बोलको गीत उनको पहिलो रेकर्ड गरिएको गीत हो। त्यसपश्चात उनले दर्जनौं गीतहरु लेखिसकेका छन्। चुरिया गुरियाले त झन् थारु सांगीतिक क्षेत्रमा तहल्का नै पिटेको थियो। सम्भवत पहिलो मिलियन भ्युज भएको गीत पनि चुरिया गुरिया नै हो।
त्यतिमात्र होइन, अहिलेसम्म सबैभन्दा चर्चामा रहेको मन लागेना गीतका रचनाकार पनि सुवेश नै हुन्। लकडाउनताका उनलाई गीत लेख्न आग्रह गरिएको थियो। तर उनलाई लेख्न मनै थिएन। जति फुराउँदा पनि शब्द नफुरेपछि उनले त्यसैलाई गीतको रुपमा कोरेका थिए- मन लागेना।
अहिले यो गीतले करिब ८० लाख भ्युज पाएको छ। यो गीत हिट हुनुमा उनले सबै टिमलाई श्रय दिन्छन्। ‘जसरी शब्द रचेँ, त्यसरी नै गणेशजीले संगीत भर्नुभएको छ। त्यसरी नै आरकेजी र अन्नुजीले स्वर दिनुभएको छ। निर्देशक सुरजदेव कशुम्याजीले पनि राम्रो सिक्वेन्समा म्युजिक भिडियो बनाउनुभएको छ। सबैले राम्रो काम गर्दा गीतले सर्वाधिक भ्युज पाएको जस्तो लाग्छ,’ उनले भन्छन्।
हुन त उनै सुवेशले माया मोहनी गीत पनि लेखे। जसमा नेपाली फिल्म क्षेत्रका कलाकार पुष्प खड्का र गीता ढुंगनाले अभिनय गरेका छन्। तर म्युजिक भिडियोले प्रचार प्रसार गरेजस्तो भ्युज पाउन सकेको छैन। यसमा सुवेशले मेकिङमा कमजोरी भएको बताए। उनले सिनेमेटोग्राफीमा गल्ती भएको र कथावस्तुलाई पनि अडियन्सले रुचाउन नसकेको हो कि भन्ने बताए। ‘नयाँखाले कथावस्तु समेटिएको छ। सायद अडियन्सले त्यसलाई बुझ्न नसकेको हो कि,’ उनले भने।आउनुस् थारुवान डटकमले उनै सुवाश कठरियासँग अन्तरंग सम्वाद गरेको छ।
अट्वारी सबैको साझा पर्व बनाऔँ : डा. गोपाल दहित
पूर्व मन्त्री तथा अनुुसन्धानकर्ता डा. गोपाल दहितले अट्वारी पर्वलाई सबैको साझा पर्व बनाउनुपर्ने बताएका छन्। बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर २ जोतपुरमा भएको अट्वारी टिउह्वार (पर्व) को शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. दहितले बताएका हुन्। Continue reading “अट्वारी सबैको साझा पर्व बनाऔँ : डा. गोपाल दहित”
थारु समुदाय र बड्का आत्वारी पर्वको सामाजिक तथा साँस्कृतिक महत्व
कमल चौधरी
नेपाल एक बहुजाति, बहुसंस्कृति र बहुधार्मिक भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजाति, धर्म, भाषा र संस्कृति भएका मानिसहरूको साझा थलो हो । विविधता सँगै यहाँ विभिन्न किसिमका भेषभुषा र सांस्कृतिले गर्दा नै नेपालको गरिमाय बढेको छ । त्यस्तै परापूर्वकालदेखि भव्य रूपमा थारूहरूले विभिन्न किसिमका समाजिक तथा संस्कृतिक परम्पराहरु रहिआएको छ । Continue reading “थारु समुदाय र बड्का आत्वारी पर्वको सामाजिक तथा साँस्कृतिक महत्व”
थारू समुदायले आज ‘अट्वारी पर्व’ मनाउँदै
थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन्। धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ। Continue reading “थारू समुदायले आज ‘अट्वारी पर्व’ मनाउँदै”
थारुहरुले असोज ३ गते संविधान जलाउने
थरुहट थारुवान राष्ट्रिय मोर्चासहित थारु संघसंस्थाहरुले संविधान जलाउने भएका छन्। उनीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णयसमेत गरेका छन्। थारुहरुले संविधानलाई अपुरो भएको भन्दै संशोधनको माग उठाउँदै आएका छन्। Continue reading “थारुहरुले असोज ३ गते संविधान जलाउने”
रेशम चौधरीले जेलमै अट्वारी पर्व मनाउने
लोकतान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलमै अट्वारी पर्व मनाउने भएका छन्। टीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका रेशम चौधरी अहिले डिल्लीबजारस्थित सदर जेलमा रहेका छन्। भोलि आइतबार परेको अट्वारी पर्व जेलमै मनाउने उनले बताए। Continue reading “रेशम चौधरीले जेलमै अट्वारी पर्व मनाउने”