नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि रोष्ट्रममा चढ्ने कोसिस गरिन्। यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि उनले गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्ने प्रयास गर्दै रोष्ट्रम चढ्ने कोसिस गरेकी थिइन्। Continue reading “सांसद गंगा चौधरीले मर्यादापालकमाथि चढेर रोष्ट्रममा जान खोजेपछि…”
Author: Madan Kumar
गायक राजु चौधरीको निधन
बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन भएको छ। उनी ब्लड क्यान्सरबाट ग्रसित थिए। उनको शुक्रबार निधन भएको ‘द स्याडोज नेपाल’का गायक स्वप्निल शर्माले जानकारी दिए। स्वप्निलले राजुको स्वास्थ्य अवस्थाबारे बारम्बार जानकारी दिँदै आएका छन्। Continue reading “गायक राजु चौधरीको निधन”
३० प्रतिशत थारुलाई अन्याय
रेनुका चौधरी
नेपालमा थारुहरुको बसोबास पूर्व झापादेखि पश्चिम महाकालीसम्म रहेपनि भाषा आयोगले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ। भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १६ पन्ने प्रतिवेशन बुझाएका छन्। Continue reading “३० प्रतिशत थारुलाई अन्याय”
बंगलादेशविरुद्ध नेपाल विजयी, बिमला चौधरीको पासमा भएको थियो पहिलो गोल
पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो। नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे। बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन्। Continue reading “बंगलादेशविरुद्ध नेपाल विजयी, बिमला चौधरीको पासमा भएको थियो पहिलो गोल”
थारु पर्व अट्वारीको लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा
थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्लामा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो।
लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ।
सांसद गंगा चौधरी रोस्ट्रममै जान खोजेपछि…
सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी सांसद गंगा सत्गौंवा चौधरी रोष्टममै उक्लिने प्रयास गरेकी छन्। प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे। Continue reading “सांसद गंगा चौधरी रोस्ट्रममै जान खोजेपछि…”
यी हुन् कैलालीका थारु जनप्रतिनिधि, जसले नेकपा एकीकृत समाजवादी पार्टी रोजे
कैलालीबाट तीन जना उपप्रमुख, १२ जना वडा अध्यक्ष, नौ जना कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका उपाध्यक्षसहित ६५ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म कैलालीका ६५ जनाले नेकपा (एस) रोजेका हुन्। Continue reading “यी हुन् कैलालीका थारु जनप्रतिनिधि, जसले नेकपा एकीकृत समाजवादी पार्टी रोजे”
लोकतान्त्रिक समाजवादी पार्टीमा रेशम चौधरीसहित १५ सांसद, मालामती रानाले साथ छाडिन्
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत भएको विवरण प्राप्त भएको छ । प्राप्त विवरणअनुसार केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५ जना (रेशम चौधरीसहित) लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्। Continue reading “लोकतान्त्रिक समाजवादी पार्टीमा रेशम चौधरीसहित १५ सांसद, मालामती रानाले साथ छाडिन्”
डिल्ली चौधरीलाई थप तीन मन्त्रालयको जिम्मेवारी
लुम्बिनी प्रदेशमा मन्त्रीविहीन बनेका मन्त्रालयमध्ये थप ३ मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले थप ३ मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्। Continue reading “डिल्ली चौधरीलाई थप तीन मन्त्रालयको जिम्मेवारी”
सोमपाल र रोहितको साझेदारी टिकेपछि पीएनजीमाथि नेपालको रोमाञ्चक जित
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यु गिनी(पीएनजी)लाई २ विकेटले पराजित गरेको छ। पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो। ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित निकालेको हो। ओपनरद्वय कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भए पनि त्यसपछि आएका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।
८२/७ को अवस्थामा पुगेको बेला सोमपाल रोहितलाई साथ दिन मैदान प्रवेश गरेका थिए। रोहित ६५ बलमा ४१ रन जोड्दै आउट भएका थिए भने सोमपालले अविजित रहि ३२ बलमा २२ रन बनाए।
कुशल भुर्तेल र आसिफ शेख क्रमश: १५ र ३० रन बनाएर आउट भएका थिए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए। आरिफ शेख ९ र शरद भेषावकर ६ रनमा आउट भए। त्यस्तै कुशल मल्ल १ रनमै आउट भए। पवन सर्राफ भने शून्यमै आउट भए।
पीएनजीका लागि डेमन राबू, चार्ल्स अमिनी र चाड सोपर र गौडी टोकाले २/२ विकेट लिए। त्यस्तै नोसैना पोकनाले १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले ३३ ओभरमा सबै विकेट गुमाउँदा १३४ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए।