भाषा आयोगको प्रतिवेदनप्रति राना थारुको पनि विरोध

सरकारी कामकाजको भाषाका आधारको निर्धारण र भाषासम्बन्धी सिफारिसको प्रतिवेदनप्रति नेपाल राना थारु समाजले विरोध जनाएको छ। भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति असन्तुष्टि जनाएको हो। Continue reading “भाषा आयोगको प्रतिवेदनप्रति राना थारुको पनि विरोध”

सांसद र मन्त्रीहरुको तलब बढ्यो, कसको कति पुग्यो ?

नयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको तलबमान समेत वृद्धि भएको छ । Continue reading “सांसद र मन्त्रीहरुको तलब बढ्यो, कसको कति पुग्यो ?”

सांसद कृष्णबहादुर चौधरीले रोजे लोकतान्त्रिक समाजवादी

सुदूरपश्चिम प्रदेशका सांसद सदस्य कृष्णबहादुर चौधरीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्। यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमै रहने बताएका उनले ठाकुर नेतृत्वको पार्टी रोजेका हुन्। Continue reading “सांसद कृष्णबहादुर चौधरीले रोजे लोकतान्त्रिक समाजवादी”

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै थारु भाषालाई कामकाजी बनाउन सिफारिस

संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ। आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा लवदेव अवस्थीले हस्तान्तरण गरेका हुन्। Continue reading “लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै थारु भाषालाई कामकाजी बनाउन सिफारिस”

गच्छदारका पिए नेविसंघ महामन्त्रीमा नियुक्त

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार निकट नेता कपिलेश्वर यादव नेपाल विद्यार्थी संघको महामन्त्रीमा नियुक्त भएका छन्। गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरणको पूर्वसहमतिअनुसार यादवलाई नेविसंघ महामन्त्रीमा नियुक्त गरिएको हो। Continue reading “गच्छदारका पिए नेविसंघ महामन्त्रीमा नियुक्त”

प्रदेश २ मा थारु भाषालाई सरकारी कामकाजीको भाषा नबनाए आन्दोलन गर्ने चेतावनी

थारु भाषालाई प्रदेश नम्बर २ को सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चा सप्तरी र थारु कल्याणकारी सभा सप्तरीद्वारा कल्याणपुरमा संयुक्तरुपमा आयोजित थारु भाषामाथिको आक्रमण तथा भाषा आयोगको भूमिका बिषयक अन्तरक्रियामा थारुहरुले उक्त माग गरेका हुन्। Continue reading “प्रदेश २ मा थारु भाषालाई सरकारी कामकाजीको भाषा नबनाए आन्दोलन गर्ने चेतावनी”

आरक्षणको सबालमा थारु विद्यार्थी समाजले गरायो बहस

थारु विद्यार्थी समाजले २६औं स्थापना दिवस मनाएको छ। समाजले स्थापना दिवसको अवसरमा आरक्षणको सबालमा जातीय विद्यार्थीहरुको भूमिका विषयक अन्तर्क्रियासमेत आयोजना गर्‍यो। Continue reading “आरक्षणको सबालमा थारु विद्यार्थी समाजले गरायो बहस”

मेयर चौधरीसहित ६ जनाले गरे माधव नेपालको पार्टीमा सनाखत

उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनाले नेकपा एकीकृत समाजवादी रोज्दै आइतबार सनाखत गरेका छन्। जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर उनीहरुले सनाखत गरेका हुन्। यसअघि नेता बलदेव चौधरी पहिल्यै समाजवादी पार्टीको केन्द्रीय सदस्यमाा खुलिसकेका छन्। Continue reading “मेयर चौधरीसहित ६ जनाले गरे माधव नेपालको पार्टीमा सनाखत”

नेपाल भारतसँग २-१ गोलले पराजित

दोस्रो मैत्रीपूर्ण खेलमा नेपल भारतसँग पराजित भएको छ। काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको हो। पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२औं मिनेटमा गरेका थिए। Continue reading “नेपाल भारतसँग २-१ गोलले पराजित”