नेपाल भारतसँग २-१ गोलले पराजित

दोस्रो मैत्रीपूर्ण खेलमा नेपल भारतसँग पराजित भएको छ। काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको हो। पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२औं मिनेटमा गरेका थिए। Continue reading “नेपाल भारतसँग २-१ गोलले पराजित”

सीता चौधरी र कमली चौधरीहरु कहिलेसम्म रुँदै बस्ने…

फाइल तस्बिर

बेलौरी नगरपालिका-५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ। सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए। चाडपर्व आउने बेला छोरा आउने आशमा उनी बाटो कुरेर बस्छिन्। Continue reading “सीता चौधरी र कमली चौधरीहरु कहिलेसम्म रुँदै बस्ने…”

थारु साँस्कृतिक नाच घरको शिलान्यास गर्दै जसपा नेताले भने- रेशम चौधरीलाई न्याय दिलाउँछौं

सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् । टिकापुर कैलाली घटना सम्झिँदै भने टिकापुर आन्दोलन मा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दा मा फसाउने षड्यन्त्र अन्तर्गत नै रेशम चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालीन सरकारले फसाएको सांसद यादवले आरोप लगाएका हुन् ।

वीरगन्ज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा नवनिर्मित थारु सांस्कृतिक नाच घरको शिलान्यास गर्दै उनले नाच घरले थारुहरूको संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । थारु समुदायको वैवाहिक, धार्मिक र संस्कृति कार्यको लागि नाच घर उपयोगी भएको उनले बताए । उनले सोलकपुरमा पक्की सडक बनाउने समेत वाचा गरे । आफ्नो मन्तव्य राख्दै सांसद यादवले थारुहरू नै नेपालका पुराना र पहिलो बसोबास गर्ने जति रहेको तर आज एउटा सोसित र उत्पीडन मा परेको समुदाय भएको बताए ।

माधव नेपालजस्तो शरम पचेको मान्छे दुनियाँमै देखेको छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नफुटेर चोइटिएको मात्र दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट केही ‘बिग्रिएका मानिस’मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने दाबी गरेका हुन्। Continue reading “माधव नेपालजस्तो शरम पचेको मान्छे दुनियाँमै देखेको छैन : केपी ओली”

विङ्गरले अटोलाई ठक्कर दिँदा तीन जना थारुको मृत्यु

कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। शुक्रबार जिल्लाको गौरीगंगा नगरपालिका ४ राजिपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। Continue reading “विङ्गरले अटोलाई ठक्कर दिँदा तीन जना थारुको मृत्यु”

थारु म्युजिक भिडियोमा अभिनेता पुष्प खड्काको ‘इन्ट्री’

थारु म्युजिक भिडियोमा नेपाली फिल्म क्षेत्रका अर्का अभिनेताको आगमन भएको छ। पल शाहपछि अभिनेता पुष्प खड्काको आगमन माया मोहनी गीतको म्युजिक भिडियोमार्फत् भएको हो। उनीसँगै मोडेल गीता ढुंगानाले पनि थारु म्युजिक भिडियोमा प्रवेश गरेकी छन्। यसअघि नरेश जोगीले वर्षा राउत र गरिमा शर्मालाई थारु म्युजिक भिडियो खेलाइसकेका छन्। Continue reading “थारु म्युजिक भिडियोमा अभिनेता पुष्प खड्काको ‘इन्ट्री’”

कांग्रेस महाधिवेशनका लागि समावेशी सिद्धान्तअनुसार यसरी छानिँदैछ थारु प्रतिनिधि

नेपाली कांग्रेस शुक्रबारदेखि १४औँ महाधिवेशनमा होमिएको छ। कांग्रेसले शुक्रबार क्रियाशील सदस्यता नामावली वेवसाइटमार्फत सार्वजनिक गर्दै वडा अधिवेशनको आह्वानसमेत गरेको छ। जसमध्ये केही जिल्लामा अधिवेशनसमेत सम्मपन्न भएको छ। Continue reading “कांग्रेस महाधिवेशनका लागि समावेशी सिद्धान्तअनुसार यसरी छानिँदैछ थारु प्रतिनिधि”

साँस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतले नेपाललाई ४ अर्ब २० करोड दिने

भारतले नेपालमा साँकृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना सञ्चालन गरिने छ। Continue reading “साँस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतले नेपाललाई ४ अर्ब २० करोड दिने”

वामदेव गौतमले एमालेको सबै पदबाट दिए राजीनामा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन्। उनका स्वकीय सचिवमार्फत् कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका छन्। Continue reading “वामदेव गौतमले एमालेको सबै पदबाट दिए राजीनामा”

डिल्ली चौधरी अब पर्यटन, ग्रामीण मन्त्री

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका हुन्। Continue reading “डिल्ली चौधरी अब पर्यटन, ग्रामीण मन्त्री”