नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवाले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा दिएर माओवादी कार्यकर्ता बन्न सुझाव दिएका छन्। सभामुख सापकोटाले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगर्ने निर्णय गरेपछि सांसद थारुले यस्तो सुझाव दिएकी हुन्। Continue reading “सभामुखलाई गंगा थारुको झटारो- राजीनामा दिएर अब माओवादी कार्यकर्ता बन्नुस्”
Author: Madan Kumar
काठमाडौंमा यसरी मनाइयो अष्टिम्की पर्व, हेर्नुस् फोटो फिचर
काठमाडौंमा बसोबास गर्ने थारुहरुले अष्टिम्की पर्व मनाएका छन्। विजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा वर्तालुहरुले अष्टिम्की चित्रमा टीका लगाएर पूजाआजा गरेका थिए। कार्यक्रममा अष्टिम्कीको इतिहास र महत्वबारे सोही विषयमा विधावारिधी गरेका डा कृष्णराज सर्वाहरीले चित्रण गरेका थिए। Continue reading “काठमाडौंमा यसरी मनाइयो अष्टिम्की पर्व, हेर्नुस् फोटो फिचर”
थारु कोटाबाट एमबीबीएसमा नाम निकाल्ने चौधरीको प्रमाणपत्र नक्कली
नेपालमा नक्कली कागजात देखाएर आफ्नो काम फत्ते गर्ने प्रवृति मौलाउँदो छ । सामान्य व्यवसायी देखि ठेकेदार, विचौलिया र चिकित्सा शिक्षा क्षेत्रमा पनि यस्ता घटनाहरु घटेको पाइन्छ । यसैबीच पछिल्लो समय एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकाल्नेहरुले पनि नक्कली काजगात पेस गरेको पाइएको छ । Continue reading “थारु कोटाबाट एमबीबीएसमा नाम निकाल्ने चौधरीको प्रमाणपत्र नक्कली”
काठमाडौंमा थारुहरुले यसरी मनाउँदैछन् अष्टिम्की पर्व
काठमाडौंबासी थारुहरुले सोमबार अष्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा अष्टिम्की मनाउन लागिएको हो। मूल आयोजक समितिका संयोजकसमेत रहेका शिव चौधरीका अनुसार थारुहरुको सँस्कृति प्रवर्द्धनका लागि अष्टिम्की मनाउन लागिएको हो। सोमबार विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा अष्टिम्की मनाइने उनले बताए। Continue reading “काठमाडौंमा थारुहरुले यसरी मनाउँदैछन् अष्टिम्की पर्व”
यी हुन् देउवा क्याबिनेटका सम्भावित थारु मन्त्रीहरु
करिब डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मन्त्रिपरिषद् विस्तार गर्न आज प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। भेटवार्तामा सकेसम्म भोलि नै वा नसके केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ। Continue reading “यी हुन् देउवा क्याबिनेटका सम्भावित थारु मन्त्रीहरु”
रेशम चौधरी महन्थ ठाकुरको पार्टीमा गयो भनेर अफवाह फैलाइयो : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरी आफ्नै पार्टीमा रहेको बताएका छन्। जसपाले सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीले महन्थ ठाकुरको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह फैलाएको बताए।
‘लोसपामा गएकाको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ, त्यसमा चौधरीको नाम छैन,’ डा. भट्टराईले भनेका छन्, ‘उनी अहिले पनि जसपामा नै छन्।’ डा. भट्टराईले आफ्नो र चौधरीको बारम्बार सम्वाद भइरहेको पनि बताए। उनले चौधरीको मुद्दा राजनीतिक भएकाले यसलाई राजनीतिक रुपमा नै समाधान गर्नु पर्ने पनि बताए। अनि यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भएको पनि डा. भट्टराईले बताए।
‘जसपाले नै रेशम चौधरीको रिहाइ गर्न पहल गर्नेछ। प्रधानमन्त्री यस विषयमा सकारात्मक हुनुहुन्छ,’ उनले भने।
पर्शुराम चौधरीका पीडा, जिन्दगीभर कमाएको पैसाले जोडेको सिनेमा हल आँखा अगाडि दनदनी जलिरह्यो… [भिडियो]
प्रदेश १ को रामधुनी-भासी नगरपालिका अवस्थित झुम्कामा रहेको म्याजिक सिनेमा हल आगलागीबाट पुर्णरुपमा क्षति भएको छ। चलचित्र निर्माता, निर्देशक तथा कलाकारसमेत रहेका पर्शुराम चौधरीले आगलागीबाट झन्डै २ करोडको क्षति भएको बताए। चलचित्र प्रोजेक्सन गर्ने कन्ट्रोल रुमबाट बिजुली सट हुँदै सुरु भएको आगोले चौधरीको दुबै हातसमेत पोलेको थियो। Continue reading “पर्शुराम चौधरीका पीडा, जिन्दगीभर कमाएको पैसाले जोडेको सिनेमा हल आँखा अगाडि दनदनी जलिरह्यो… [भिडियो]”
परशुराम चौधरीको सिनेमा हलमा आगलागी
सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी भएको छ। बिद्युत सर्ट हुँदा आगलागी भएको हलका सञ्चालक परशुराम चौधरीले जानकारी दिए। उनका अनुसार एक्कासि विद्युर्त सर्ट भएर आगलागी भएको थियो। Continue reading “परशुराम चौधरीको सिनेमा हलमा आगलागी”
थारु भाषालाई दुई वटा प्रदेशमा सरकारी कामकाजको भाषा तोकिँदै
भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजको भाषा सिफारिस तयारी गरेको छ। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकका आधारमा कामकाजी भाषा तोक्न लागिएको हो। वक्ता संख्या अधिक रहेका मैथिली, थारू र मगर भाषा दुई-दुई प्रदेशमा लागू हुने देखिएको छ। Continue reading “थारु भाषालाई दुई वटा प्रदेशमा सरकारी कामकाजको भाषा तोकिँदै”
नरेश जोगी र मेलिना राईको नयाँ गीत सार्वजनिक
नरेश जोगी र मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ। मनको मायालाई बोलको गीतमा नरेशकै शब्द र संगीत रहेको छ। गीतमा संगीत संयोजन भने श्यामस्वीट रसाइलीले गरेका छन्।
भिडियोमा पल शाह, अनुश्री र करिश्मा जोशीले अभिनय गरेका छन्। भिडियोलाई विक्राम चौहानले निर्देशन गरेका छन्।
गीतको भिडियोलाई सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको छ। यसअघि थारु भाषाको गीत उत्पादन गर्दै आएको सेबिलले अब नेपाली भाषाको गीत पनि उत्पादन गर्ने सञ्चालक लोकेन्द्र राज चौधरीले जानकारी दिए।