नेकपा माओवादी केन्द्रले हालसालै स्थानीयदेखि केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ। तर थारु नेताहरुलाई ठूला जिम्मेवारी नदिएको भन्दै केही नेताहरु असन्तुष्ट भएका छन्। Continue reading “वाह रे माओवादी ! जम्मा चार जना थारुलाई जिम्मेवारी”
Author: Madan Kumar
ब्रान्ड बन्दै थारु परिकार घोङी, होटेल-रिसोर्टमा माग बढ्दो
सन्तोष दहित
पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ। मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो। आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी परिवार अहिले सबैको रुचि बन्दै गएको हो।
थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ। यसको चर्चासँगै घोङी खानेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ। Continue reading “ब्रान्ड बन्दै थारु परिकार घोङी, होटेल-रिसोर्टमा माग बढ्दो”
काठमाडौंबासी थारुहरुले भदौ १४ गते अष्टिम्की पर्व मनाउने
थारुहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाउने भएका छन्। भदौ १४ गते सोमलबार बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा पर्व मनाउने बर्दियाली थारु विकास मञ्चका सचिव दिनेश चौधरीले जानकारी दिए। अष्टिम्की पर्व सफल पार्नका लागि शिव चौधरीको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ। Continue reading “काठमाडौंबासी थारुहरुले भदौ १४ गते अष्टिम्की पर्व मनाउने”
थारुहरुको पर्व अष्टिम्कीमा सार्वजनिक विदा दिने सरकारको निर्णय
सरकारले आगामी १४ गते सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी एवं थारु समुदायको अष्टिम्की पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गगरेको हो। यस वर्ष अष्टिम्की पर्व आउँदो सोमबार अर्थात् भदौ १४ मा परेको छ। Continue reading “थारुहरुको पर्व अष्टिम्कीमा सार्वजनिक विदा दिने सरकारको निर्णय”
प्रदेश १ मा भीम आचार्य बने मुख्यमन्त्री
प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन् । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् । Continue reading “प्रदेश १ मा भीम आचार्य बने मुख्यमन्त्री”
रेशम चौधरी किन गएनन् सनाखत गर्न, यस्तो छ कारण
जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुरलाई अन्ततः जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको साथ मिलेन। लोसपाका नेताहरुले बुधबार रेशम चौधरीले आफूहरुको पक्षमा सनाखत गरेको दाबी गरे पनि निर्वाचन आयोगले त्यस कुराको इन्कार गरेको छ। Continue reading “रेशम चौधरी किन गएनन् सनाखत गर्न, यस्तो छ कारण”
अन्ततः माधव नेपाल र महन्थ ठाकुरका पार्टीले पाए दलको मान्यता
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। Continue reading “अन्ततः माधव नेपाल र महन्थ ठाकुरका पार्टीले पाए दलको मान्यता”
काठमाडौंको वसन्तपुरमा गुन्जियो- कि रेशम चौधरी छोड कि सशस्त्र विद्रोहको सामना गर्न तयार होउ
थरुहट, थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले थरुहट, थारुवान विद्रोहको तेस्रो चरणको अभियान सफल पार्न भन्दै विरोध सभा गरेको छ। काठमाडौंको बसन्तपुरमा मंगलबार विरोध सभा गरिएको हो। विरोध सभामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ गर्न, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइको मागसहितका नारा भएका प्लेकार्ड प्रस्तुत गरेका थिए। Continue reading “काठमाडौंको वसन्तपुरमा गुन्जियो- कि रेशम चौधरी छोड कि सशस्त्र विद्रोहको सामना गर्न तयार होउ”
थारु युवाहरुको नारा- हिपोक्रेसीको पनि सीमा हुन्छ यार
थरुहट थारुवान राष्ट्रिय मोर्चाले आज काठमाडौंको वसन्तपुर विद्रोह दिवस मनाएको छ। ६ वर्षअघि भएको टीकापुर घटनामा आजकै दिन कर्फ्यु लागेकै समयमा थारुहरुको रिसोर्ट, एफएम, पसल र घरहरु जलाइएको थियो। सोही दिनको सम्झनामा थारुहरुले विद्रोह दिवस मनाउँदै आएको छ।
विरोध प्रदर्शनमा थारु युवाहले आज फरक नाराजसहित प्रस्तुत भए। युवा अभियन्ता एवं बर्दियाली थारु विकास मञ्चका सचिव दिनेश चौधरीको नेतृत्वमा युवाहरुले केही मिनेट सिट्टी फुकेका थिए। उनीहरुले सुतिरहेको सरकारलाई जगाउनका निम्ति सिट्टी फुकेको बताए। ‘थारुहरुले न्याय मागेको वर्षौं वितिसक्यो। तर सरकार कान थुनेर बसेको अवस्था छ। लाग्छ हाम्रो देशका शासकहरु चीर निद्रामा रहेका छन्। तिनै शासकहरुलाई व्युँझाउनका लागि हामीले सिट्टी फुक्यौं,’ थारुवानसँग उनले भने।
त्यस्तै कानुन पढिरहेका युवा अभियन्ता अर्नव चौधरी अरुभन्दा फरक ब्यानर लिएर विरोध प्रदर्शनमा आए। उनले दुइटा ब्यानर लिएर वसन्तपुर डबलीमा आएका थिए। जसमा लेखिएको थियो- EROR 404 JUSTICE NOT FOUND र Hypocricy ko pani seema huncha yar‘।
उनी यसअघि माइती घर मण्डलामा भएको विरोध प्रदर्शनमा पनि सहभागी बनेका थिए। त्यहाँ तिनले एकैथरिका प्लेकार्डहरु देखेका थिए। विश्वमै आदिवासीका सबालमा, मानव अधिकारीको सबालमा भएका आन्दोलनहरुलाई उनी नजिकबाट औंल्याउने गर्छन्। वसन्तपुर डबलीमा उनले क्रियटिभ प्लेकार्ड लिएर प्रस्तुत हुने निधो गरे। तर के नारा लेख्ने भनी उनी दोधारमा थिए।
यसअघि नेपालमै चलिएको ‘Enough is Enough‘ मुभमेन्ट र म्यानमारमा चलेको मुभमेन्ट उनलाई याद आयो। जहाँ यस्तै यस्तै नारा लेखिएका प्लेकार्डहरु देखिन्थे। र, उनले पनि थारु मुभमेन्टलाई अलिक फरक बनाउने सोँचे र लेखे- EROR 404 JUSTICE NOT FOUND र Hypocricy ko pani seema huncha yar’।
‘हाम्रो पुस्ता अधिकारको लडाइँमा धेरै पछाडि छ। म चाहन्छु मजस्ता थारु युवाहरु हाम्रा अधिकारका लागि अगाडि आओस्। सबै कुराको लागि बोल्नै पर्छ भन्ने छैन- सानो सानो नाराले पनि धेरै कुरा भनिरहेको हुन्छ। हाम्रो पुस्ताले यस्तैखाले मुभमेन्ट चलाउन अति आवश्यक देख्छु,’ उनले थारुवानसँग भने।
काठमाडौंको वसन्तपुर थारु विद्रोह दविस मनाइँदै
थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंको वसन्तपुरमा विरोध सभा आयोजना गर्दै छ। टीकापुर घटनाको ६ वर्ष पुगेको अवसरमा विद्रोह दिवस रुपमा मोर्चाले विरोध सभा आयोजना गर्न लागेको मोर्चाको युवा संगठनका संयोजक सीताराम चौधरीले जानकारी दिए। उनका अनुसार दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुनेछ। Continue reading “काठमाडौंको वसन्तपुर थारु विद्रोह दविस मनाइँदै”





