जातीयताको आधारमा आरक्षण नदिन सर्वोच्चको फैसला (पूर्ण पाठसहित)

सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभइ आवश्यकताको आधारमा गर्नुपर्ने फैसला गरेको छ । जातीयताको आधारमा आरक्षण दिँदा निश्चित मान्छेहरूको कब्जामा पर्ने हुँदा त्यसबाट मुक्त गर्नुपर्ने सर्वोच्चको ठहर छ । Continue reading “जातीयताको आधारमा आरक्षण नदिन सर्वोच्चको फैसला (पूर्ण पाठसहित)”

सांसद उमाकान्त चौधरीबारेको समाचारमा साँघुले गल्ती स्वीकार्‍यो

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीबारे प्रकाशित गरेको भ्रामक समाचार सम्बन्धमा साँघु साप्ताहिकले गल्ती स्वीकारेको छ। प्रेस काउन्सिल नेपालले गत १३ साउनमा सांसद चौधरीबारे लेखिएको समाचार सम्बन्धमा स्पष्ट आधार र कारणसहित ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो। Continue reading “सांसद उमाकान्त चौधरीबारेको समाचारमा साँघुले गल्ती स्वीकार्‍यो”

रेशम चौधरीलाई प्रश्न- तपाइँ उपेन्द्र यादवतिर लाग्नुभएको हो? यस्तो छ जवाफ

जेलमा रहेका जसपाका निलम्वित सांसद रेशम चौधरीले आफ्नोबारे भ्रामक समाचार सम्प्रेषण भएको बताएका छन्। उनले आफू अहिलेसम्ब तटस्ट रहेको प्रस्ट पारेका छन्। ‘निर्वाचन आयोगमा मैले गरेको निर्णय विपरीत गएको छैन। म अहिले पनि तटस्थ बसेको छु। मेरोबारे सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण गराइयो,’ टेलिफोनमा चौधरीले भने। Continue reading “रेशम चौधरीलाई प्रश्न- तपाइँ उपेन्द्र यादवतिर लाग्नुभएको हो? यस्तो छ जवाफ”

थारुलाई मन्त्री बनाउने भएपछि उमाकान्त चौधरीविरुद्ध अनेकन षडयन्त्र

नेपाली राजनीतिमा उमाकान्त चौधरी नयाँ नाम होइन। बारा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरी विद्यार्थी राजनीतिदेखि नै प्रजातान्त्रिक विचारधारा अंगालेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। Continue reading “थारुलाई मन्त्री बनाउने भएपछि उमाकान्त चौधरीविरुद्ध अनेकन षडयन्त्र”

६ मन्त्रालयसहित सरकारमा जाने माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीको उद्घोष

नेकपा (एमाले) का माधव कुमार नेपाल समूहका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेका छन्। चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको पनि स्पष्ट पारे। Continue reading “६ मन्त्रालयसहित सरकारमा जाने माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीको उद्घोष”

महन्थ ठाकुर सर्वोच्चमा, निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगराउन माग

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ। Continue reading “महन्थ ठाकुर सर्वोच्चमा, निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगराउन माग”

अन्नु चौधरीको नयाँ गीत सार्वजनिक, भिडियोमा निरज र दियाको रोमान्स

सेबिल इन्टरटेन्मेन्टले सांगीतिक क्षेत्रमा यसपटक नयाँ प्रयास गरेको छ। थारु र मैथिली शब्दको फ्युजन रहेको अहाँ जान छी हमर बोलको गीत सार्वजनिक गरेको छ। अन्नु चौधरी र सन्नु कुमारको स्वर रहेको गीतलाई सरोज मण्डलले लेखेका छन् भने शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन्। Continue reading “अन्नु चौधरीको नयाँ गीत सार्वजनिक, भिडियोमा निरज र दियाको रोमान्स”

भिडियोमा हेर्नुस् टोकियो ओलम्पिकमा सरस्वती चौधरी

जापानमा भइरहेको टोकियो ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्। आज बिहान महिलातर्फको १०० मिटरको दौडमा उनी प्रारम्भिक चरणको हिटमा ९ खेलाडीमध्ये आठौं भइन्। Continue reading “भिडियोमा हेर्नुस् टोकियो ओलम्पिकमा सरस्वती चौधरी”

अन्ततः रेशम चौधरी उपेन्द्र यादवतिर लागे

जसपाका निलम्बित सांसद रेशम चौधरीले अन्ततः उपेन्द्र यादवतिर खुलेका छन्। निरवाचन आयोगमा तटस्थ बसेका चौधरी बुधबार उपेन्द्रतिर खुलेका हुन्। जसपा नेता डम्बर खतिवडाले यसबारे खुलासा गरेका छन् Continue reading “अन्ततः रेशम चौधरी उपेन्द्र यादवतिर लागे”

गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन्। टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। Continue reading “गौरिका सिंहको राष्ट्रिय कीर्तिमान”