नेकपा माओवादीको कारबाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका गौरीशंकर चौधरीले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। Continue reading “सांसद पदको पुनर्वहाली माग गर्दै गौरीशंकर चौधरी सर्वोच्चमा”
Author: Madan Kumar
जसपा नेताको प्रष्टीकरण- रेशम चौधरीलाई कुनै कारबाही भएको छैन
जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीलाई कारबाही नगरेको स्पष्ट पारेको छ। मंगलबार सञ्चारमाध्यममा रेशम चौधरीलगायत महन्थ ठाकुर समूहका नेताहरुलाई कारबाही गरिएको समाचार सार्वजनिक भएको थियो। Continue reading “जसपा नेताको प्रष्टीकरण- रेशम चौधरीलाई कुनै कारबाही भएको छैन”
रेशम चौधरीलाई जसपबाट निष्काशित
जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी समितिको बैठकले रेशम चौधरीलाई कारबाही गरेको छ। पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको हो। Continue reading “रेशम चौधरीलाई जसपबाट निष्काशित”
तीन सांसद जसपाबाट निष्कासित, कैलालीका दुई सांसदको के होला?
लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सांसदलाई जनता समाजवादी पार्टीले निष्कासित गरेको छ। मंगलबार बालकुमारीमा बसेको केन्द्रीय समितित बैठकले पोखरेल नेतृत्वको सरकारमा सहभागी तीनजना सांसदलाई निष्कासित गर्ने निर्णय लिएको हो। Continue reading “तीन सांसद जसपाबाट निष्कासित, कैलालीका दुई सांसदको के होला?”
नेपालमा भेटियो कोरोनाको खतरनाक भेरियन्ट, मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति
नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला परेको छ। याे भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी ४७ वटा नमूनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको र थप तीन वटामा उत्परिवर्तन (ए. वाईआई) भेटिएको जनाएको छ। Continue reading “नेपालमा भेटियो कोरोनाको खतरनाक भेरियन्ट, मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति”
माधव नेपालले सारा थारुको अपमान गरे : गंगा थारु
नेकपा एमालेकी सांसद गंगा चौधरीले संसदीय समितिको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन्। उनले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताइन्। Continue reading “माधव नेपालले सारा थारुको अपमान गरे : गंगा थारु”
जसपाका दुई थारु सांसदबीच फाटो, कृष्णले रोजे रेशम चौधरी, मालामाती रानाले उपेन्द्र यादव
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै सुदूरपश्चिम प्रदेशका २ सांसदमा पनि सकस देखिएको छ। महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सो पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानामा केन्द्रीय विभाजनको असर देखिएको हो। Continue reading “जसपाका दुई थारु सांसदबीच फाटो, कृष्णले रोजे रेशम चौधरी, मालामाती रानाले उपेन्द्र यादव”
रविन्द्र मिश्रलाई अमनलाल मोदीको कडा जवाफ
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमतसंग्रहसम्बन्धी गरेको प्रस्ताव पक्षगमनको संकेत भएको बताएका छन्। उनले समाज र मान्छे जहिल्यै परिवर्तनतिर लम्कने हो न कि पछाडि फर्किने भन्दै मिश्रको प्रस्तावलाई विरोध गरेका छन्। Continue reading “रविन्द्र मिश्रलाई अमनलाल मोदीको कडा जवाफ”
रवीन्द्र मिश्रको संघीयता खारेजीको माग संविधान विरोधी : आदिवासी जनजाति महासंघ
नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव संविधान विरोधी रहेको बताएको छ। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सोमबार संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको व्यक्तिगत प्रस्ताव सार्वजनिक गरेका थिए। Continue reading “रवीन्द्र मिश्रको संघीयता खारेजीको माग संविधान विरोधी : आदिवासी जनजाति महासंघ”
इपीएल खेल्न नेपाल आउँदै शाहिद अफ्रिदी
पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्। चौंथो संस्करणको इपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। Continue reading “इपीएल खेल्न नेपाल आउँदै शाहिद अफ्रिदी”