संसदबाट विश्वासको मत पाएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले करिब डेढ वर्ष सरकार चलाउने भएका छन्। यसबीचमा कुनै दलले समर्थन फिर्ता गरेमात्र प्रधानमन्त्री देउवाले फेरि विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसो नभएको खण्डमा उनैले अर्को चुनावसम्म सरकारको नेतृत्व चलाउनेछन्। Continue reading “यी थारु सांसद बन्नसक्छन् देउवा क्याबिनेटमा मन्त्री”
Author: Madan Kumar
देउवालाई मत दिने २२ जना एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए । Continue reading “देउवालाई मत दिने २२ जना एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण”
रेशम चौधरीबारे संसदमा बहस, कसले के-के भने?
प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाएका छन्। मत पाउनुअघि उनले संसदमा रहेका दलहरुसँग विश्वासको मत मागेका थिए। सो क्रममा जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुरले विश्वासको मत त दिने तर आफूहरुको माग मुद्दा कहिल्यै पूरा नहुने गुनासो पोखे। Continue reading “रेशम चौधरीबारे संसदमा बहस, कसले के-के भने?”
यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका थारु सांसद
नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् । बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् । Continue reading “यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका थारु सांसद”
प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए। Continue reading “प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत”
प्रधानमन्त्री देउवाले भने- म पनि रेशम चौधरीको रिहाइको पक्षमा छु
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको प्रति दुःख व्यक्त गरेका छन्। ‘प्रतिपक्षीले आक्रमण गरेको ठानेको थिएँ उहाँहरूले केही भन्नु नै भएन। Continue reading “प्रधानमन्त्री देउवाले भने- म पनि रेशम चौधरीको रिहाइको पक्षमा छु”
भारत सरकारद्वारा नेपाललाई १५० थान आइसीयु बेड सहयोग
भारत सरकारले नेपाललाई कोभिड–१९ रोकथामको लागि १५० आईसीयु बेड उपहार स्वरुप प्रदान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका हुन् । Continue reading “भारत सरकारद्वारा नेपाललाई १५० थान आइसीयु बेड सहयोग”
भीम रावलले सांसद पदबाट दिए राजीनामा
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्। अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन्। Continue reading “भीम रावलले सांसद पदबाट दिए राजीनामा”
एमालेको विपक्षमा लाग्न प्रलोभन देखाए : सांसद गंगा चौधरी
नेकपा एमालेकी समानुपातिक सांसद गंगा चौधरीले पार्टीविरुद्ध लाग्न आफूलाई केही मानिसहरुले प्रलोभन देखाइरहेको दाबी गरेकी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिने चर्चा चलिरहेका बेला सांसद चौधरीले यस्तो दाबी गरेकी हुन्। Continue reading “एमालेको विपक्षमा लाग्न प्रलोभन देखाए : सांसद गंगा चौधरी”
कमैया कूप्रथाको जन्जिर तोडियो तर तोडिएन गरिबी
आज कमैया मुक्ति घोषणा भएको २१ वर्ष भएछ । यो २१ वर्ष बीचमा देशमा धेरै परिवर्तन भए । मुख्य कुरा गणतन्त्र आयो, नयाँ समावेसी संविधान बन्यो । देशले नयाँ उचाई लिएको छ । कमैया मुक्ति एक महान घटना थियो । Continue reading “कमैया कूप्रथाको जन्जिर तोडियो तर तोडिएन गरिबी”