काठमाडौंस्थित भारतीय दूतावासले भारतमा विभिन्न विषयमा उच्च शिक्षा तहमा अध्ययन गर्नका लागि छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशित गरेको छ। अण्डरग्र्याजुयट तहमा अध्ययनका लागि विभिन्न विषयमा दरखास्त माग गरिएको छ।
हेर्नुस् विज्ञापन
काठमाडौंस्थित भारतीय दूतावासले भारतमा विभिन्न विषयमा उच्च शिक्षा तहमा अध्ययन गर्नका लागि छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशित गरेको छ। अण्डरग्र्याजुयट तहमा अध्ययनका लागि विभिन्न विषयमा दरखास्त माग गरिएको छ।
हेर्नुस् विज्ञापन
देशमा ठूला राजनीतक परिवर्तन भए। देशले १९४८ देखि ७ वटा संविधान पनि लेख्यो। देशले माओवादी विद्रोहमा ठूलो आर्थिक तथा मानवीय क्षति व्यहोर्नुपर्यो। संघीयता, धर्मनिरपेक्षतालगायत महत्वपूर्ण परिवर्तनहरु गर्यो। तर परिवर्तन जसको लागि हुनुपर्ने थियो, त्यो भएन। किनकि राज्य सञ्चालन गर्नेलाई थाहा थियो, फुटाउ र राज गर। देश नै नटुक्रे पनि राज्यले आदिवासी जनजाति, दलित, मधेसीको मन जोड्न कहिल्यै सकेन। आज पनि सकेको छैन। Continue reading “राज्यको सर्वोच्च निकायमा थारुहरु पुग्न सक्दैनन् कि पुग्न दिइँदैन? [विचार]”
बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए । Continue reading “विशेष अदालतले माग्यो गच्छदारसँग १० लाख धरौटी”
गायक संजय चौधरीले थारु पोएट्री एन्ड टेल्स अफ थारु सेरिज अर्थात् थारु कविता र कथा शृंखलाको सुरुवात गरेका छन्। उनले आफ्नो युट्युब च्यानल संजय चौधरीमार्फत् भर्चुअल शृंखलाको सुरुवात गरेका हुन्। Continue reading “थारु कविता र कथा शृंखलाको सुभारम्भ”
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए।
सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो। पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन्।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन्।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन्।
कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन्। त्यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन्।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखीले सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक व्यवस्थाको उपहास भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीति झनै अन्योलपूर्ण बनाउने दाबी गरे। Continue reading “सर्वोच्चको फैसला लोकतान्त्रिक व्यवस्थाको उपहास : राजकुमार लेखी”
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमै पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम भएको टिप्पणी गरेका छन्। मंगलबार देशवासीमा नाममा सम्बोधन गर्दै उनले यो नै विश्वमा अनुकरणिय भएछ भने विडम्वना नै भन्नुपर्ने टिप्पणी गरे। ओलीले देशका लागि विकास र सार्वभौमिकताको कुरा उठाएका कारण नेकपा (एमाले)को सरकार ढालिएको दाबी गरे। Continue reading “जाँदाजाँदै ओलीले भने- संसद र सरकार सही सलामत रहला भन्नेमा शंका छ”
थारु सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक नरेश जोगीको नयाँ थारु गीतको छाँयाकन गरिएको छ। उनले नेपाली फिल्मका सुपरहिट अभिनेता पल शाहसँग एकपटक फेरि सहकार्य गरेका छन्। पहाडी बठिनिया र दिन गिन गिनके पछि नरेशले आफ्नो नयाँ गीत तोहर प्यारमे बोलको गीतमा पलसँग सहकार्य गरेका हुन्। Continue reading “नरेश जोगी र अन्नु चौधरीको नयाँ गीत आउँदै, म्युजिक भिडियोको छाँयाकन सकियो”
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले असंवैधानिक नियुक्तिहरु खारेज हुनुपर्ने बताएका छन्। उनले केपी शर्मा ओलीले असंवैधानिक तवरले गरेका नियुक्तिहरु खारेज हुनुपर्ने बताएका हुन्। Continue reading “ओलीले गरेका असंवैधानिक नियुक्तिहरु पनि खारेज गरिनुपर्छ : अमलाल मोदी”