केपी ओली नामको खराब शासकको अन्त्य : मेटमणि चौधरी

नेकपा एमालेका सांसद मेटमणि चौधरीले केपी ओली नामको खराब शासकको अन्त्य भएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि चौधरीले आफ्नो वक्तव्य सार्वजनिक गरेका छन्। Continue reading “केपी ओली नामको खराब शासकको अन्त्य : मेटमणि चौधरी”

देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । Continue reading “देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश”

उपमेयर सन्जु चौधरी र युवा नेता सीतारम चौधरी तरुण विभागको सदस्यमा मनोनीत

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश तरुण विभागको सदस्यमा दुई जना थारु मनोनीत भएका छन्। कोहलपुर नगरपालिकाकी उपमयरसमेत रहेकी सन्जु कुमारी चौधरी र बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीतारम चौधरी सदस्यमा मनोनीत भएका हुन्। Continue reading “उपमेयर सन्जु चौधरी र युवा नेता सीतारम चौधरी तरुण विभागको सदस्यमा मनोनीत”

पूर्वमन्त्री चौधरीले आफ्नै पार्टीका पूर्व नेताहरुलाई भनिन् ‘पाल्तु कुत्ता’

पूर्व कृषिमन्त्री एवं निवर्तमान सांसद राम कुमारी चौधरीले एमाले गएका पूर्व माओवादी नेताहरुलाई कुकुर भनी अपशब्द प्रयोग गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् एमाले गएका प्रभु साह, रामबहादुर थापा, गौरीशंकर चौधरी, टोपबहादुर रायमाझी र लेखराज भट्टराईलाई कुकुर भनी सम्बोधन गरेकी हुन्। Continue reading “पूर्वमन्त्री चौधरीले आफ्नै पार्टीका पूर्व नेताहरुलाई भनिन् ‘पाल्तु कुत्ता’”

इटालीले जित्यो युरोकपको उपाधि, पेनाल्टीमा इंग्ल्यान्ड पराजित

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो।
यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ। Continue reading “इटालीले जित्यो युरोकपको उपाधि, पेनाल्टीमा इंग्ल्यान्ड पराजित”

यस्तो छ ओली र नेपाल पक्षबीच भएको दस बुँदे सहमति

सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ। यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन्। Continue reading “यस्तो छ ओली र नेपाल पक्षबीच भएको दस बुँदे सहमति”

कैलालीका स्थानीय तहमा थारुमाथि एमालेको विभेद्, दुई जनामात्र थारु संयोजक छनोट

नेकपा एमालेले अधिवेशनको तयारीस्वरूप कैलालीमा रिक्त रहेका स्थानीय तहमा पदाधिकारी चयन भएका छन्। कैलालीमा भदौ ५ गते वडा अधिवेशन, १५ गते स्थानीय तह, ३० गते जिल्ला र असोज २३ मा प्रदेश अधिवेशनको मिति तय गरिएको छ। Continue reading “कैलालीका स्थानीय तहमा थारुमाथि एमालेको विभेद्, दुई जनामात्र थारु संयोजक छनोट”

जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्। Continue reading “जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट”

पूर्वमाओवादी नेताहरुले दिएको निवेदन खारेज, माओवादी केन्द्र वैधानिक रहेको आयोगको निर्णय

निर्वाचन आयागले नेकपा माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन नै खारेज गरिदिएको छ। माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै असार २३ गते निवेदन दिएका थिए। Continue reading “पूर्वमाओवादी नेताहरुले दिएको निवेदन खारेज, माओवादी केन्द्र वैधानिक रहेको आयोगको निर्णय”

प्रेस काउन्सिलमा सांसद उमाकान्त चौधरीले दिए उजुरी

बारा क्षेत्र नं १ का निर्वाचित सांसद चौधरीले प्रेस काउन्सिलमा उजुरी दिएका छन्। गलत समाचार प्रकाशित गरी चरित्र हत्या गर्ने साँघु साप्ताहिकलाई कारबाही गर्न माग गरिएको छ। Continue reading “प्रेस काउन्सिलमा सांसद उमाकान्त चौधरीले दिए उजुरी”