एमाले कार्यदलले एकता टुंग्याउँला? गंगा थारुले दिइन् यस्तो सुझाव

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले सहमति पहिल्याउन सकेको छैनन्। बिहीबार नै सहमति हुने बताएका कार्यदलका सदस्यहरुको फरक-फरक मत बाहिर आएपछि अझै सहमतिको नजिक पुगेकोमा आशंका गरिएको छ। Continue reading “एमाले कार्यदलले एकता टुंग्याउँला? गंगा थारुले दिइन् यस्तो सुझाव”

जसपा फुटेसँगै यसरी छुट्टिनेछन् थारु नेताहरु

जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ। गत असार २२ गते निर्वाचन आयोगले डाकेको छलफलमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष सँगै बस्न नसक्ने बताएपछि जसपा फुट्ने करिब निश्चित भएको छ। त्यसदिनको बैठकमा दुवै पक्षका नेताहरुले निर्वाचन आयोगलाई कानुनी प्रक्रिया अगाडि बढाउन बताएका थिए। Continue reading “जसपा फुटेसँगै यसरी छुट्टिनेछन् थारु नेताहरु”

असई पदमा १४ जना थारु युवाले निकाले नाम

नेपाल प्रहरीको जनपद समूहको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। बिहीबार प्रकाशित नतिजामा पाँच सय १३ जनाले उत्तीर्ण भएका छन्। उत्तीर्ण भएकामध्ये खुला तथा आदिवासी जनजाति कोटाबाट १४ जना थारुहरुले नाम निकाल्न सफल भएका छन्। Continue reading “असई पदमा १४ जना थारु युवाले निकाले नाम”

कोरोनाबाट ज्यान गुमाएका हिकमत चौधरीलाई ५० हजार नगदसिहत मरणोपरान्त सम्मान

लुम्बिनी प्रदेश सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक जनालाई अग्रज पत्रकारिता पुरस्कार र तीन जनालाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो। मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। Continue reading “कोरोनाबाट ज्यान गुमाएका हिकमत चौधरीलाई ५० हजार नगदसिहत मरणोपरान्त सम्मान”

एमालेको बारा अध्यक्षमा बलविर चौधरी मनोनित

नेकपा एमाले प्रदेश २ ले बाँकी तीन जिल्लामा अध्यक्ष र सचिव मनोनित गरिएको छ । प्रदेश अध्यक्ष ज्वालाकुमारी साहले रौतहट, बारा र सर्लाहीका अध्यक्ष र सचिव मनोनित गरेको जानकारी गराएकी छन् । उनका अनुसार बारा, रौतहट र सर्लाहीको अध्यक्षमा क्रमशः बलबीर चौधरी, तुलसी राज गिरी र राजनारायण साह मनोनित भएका छन् । Continue reading “एमालेको बारा अध्यक्षमा बलविर चौधरी मनोनित”

राजापुर नागरपालिकालाई युनिक नेपालको तीन लाख सहयोग

बर्दियाको अग्रनी गैर सरकारी संस्था युनिक नेपालले राजापुर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ। अव्यवस्थित शव व्यवस्थापनका लागि युनिक नेपालले राजापुर प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)लाई सामग्री खरिद गर्न आर्थिक सहयोग गरेको हो। Continue reading “राजापुर नागरपालिकालाई युनिक नेपालको तीन लाख सहयोग”

माओवादी केन्द्र खारेजको माग गर्दै गौरीशंकर चौधरीसहितका नेताले दिए निवेदन

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी केन्द्र छाडेर एमाले गएका रामबहादुर थापा ‘बादल’ समूहले निवेदन दिएको हो। माओवादी केन्द्रले दलको हैसियत गुमाइसकेको भन्दै निर्वाचन आयोगमा रिट परेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। Continue reading “माओवादी केन्द्र खारेजको माग गर्दै गौरीशंकर चौधरीसहितका नेताले दिए निवेदन”

नेपालकै दोस्रो ठूलो सिसहनिया पुलको ‘एप्रोज’ बाढीले बगायो

दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको ‘एप्रोच’मा बाढीले क्षति पुर्‍याएपछि यातायात ठप्प बनेको छ। अविरल वर्षातपछि आएको बाढीका कारण पुलको ‘एप्रोच’मा क्षति पुगेपछि यातायातका साधन सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। Continue reading “नेपालकै दोस्रो ठूलो सिसहनिया पुलको ‘एप्रोज’ बाढीले बगायो”

कैलालीको घोडाघोडीमा नयाँ अभ्यास, प्रत्येक गाउँमा भलमन्सा र मुखिया बनाएर काम गरिँदै

कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीय तहका एक जनप्रतिनिधिले आफ्ना वडाका फरक फरक समुदायको समान सहभागिता रहोस् भनी नयाँ अभ्यास गरेपछि अहिले उक्त कार्यले चर्चा पाएको छ। Continue reading “कैलालीको घोडाघोडीमा नयाँ अभ्यास, प्रत्येक गाउँमा भलमन्सा र मुखिया बनाएर काम गरिँदै”

संजय चौधरीको नयाँ गीतमा देव महतो र अरिन चौधरीको अभिनय

गायक संजय चौधरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चितवनीया थारु भाषामा रहेको ‘तुइ तनाउ’ बोलको गीतमा उनकै शब्द संगीत रहेको छ। म्याडम्याक्स राइजिङ इन्टरटेनरले सार्वजनिक गरेको भिडियोमा देव महतो र अरिन चौधरीले अभिनय गरेका छन्। Continue reading “संजय चौधरीको नयाँ गीतमा देव महतो र अरिन चौधरीको अभिनय”