अन्ततः जसपा फुट्ने, ठाकुर र यादव पक्षबीच कुरा मिलेन

जनता समाजवादी पार्टी (जसपा) नेपालको वैधानिकताको विवाद अन्ततः कानुनअनुसार अगाडि बढ्ने भएको छ। निर्वाचन आयोगले छलफलका लागि मंगलबार दुवै पक्षलाई डाकेको थियो। निर्वाचन आयोगमा निवेदकको पक्षबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए। Continue reading “अन्ततः जसपा फुट्ने, ठाकुर र यादव पक्षबीच कुरा मिलेन”

कांग्रेसको १४औं महाधिवेशनमा थारुको लागि छुट्टै कोटाको व्यवस्था हुने

नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनको तीव्र तयारीमा जुटेको छ। भदौ १६ देखि १९ सम्म हुने महाधिवेशनका लागि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरिसकेको छ। Continue reading “कांग्रेसको १४औं महाधिवेशनमा थारुको लागि छुट्टै कोटाको व्यवस्था हुने”

संसद विघटन मुद्दामा बहस सकियो, २८ गते फैसला आउने

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले असार २८ गते फैसला गर्ने भएको हो। Continue reading “संसद विघटन मुद्दामा बहस सकियो, २८ गते फैसला आउने”

मध्यावधि निर्वाचनको कार्यतालिका तयार, असोज २० र ३१ मा उम्मेदवारी मनोनयन

र्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ। एक अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ। जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो। Continue reading “मध्यावधि निर्वाचनको कार्यतालिका तयार, असोज २० र ३१ मा उम्मेदवारी मनोनयन”

छुट्टै वडाको माग लिएर प्रदर्शनमा उत्रेका टीकापुर वनगाउँका थारुहरु

जिल्लाको टीकापुर नगरपालिकाको नवौं नगरसभा आज फेरि पनि स्थगित भएको छ। वडा विभाजनको प्रस्तावमा नागरिकस्तरबाट तीब्र असन्तुष्टी भएपछि नगरसभा स्थगित हुँदै आएको छ। शनिबार हुने भनिएको नगरसभा असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता दीर्घ ठकुल्लाले जानकारी दिए। Continue reading “छुट्टै वडाको माग लिएर प्रदर्शनमा उत्रेका टीकापुर वनगाउँका थारुहरु”

जोर बिजोर प्रणाली हट्यो, सबै किसिमका सार्वजनिक गाडी चल्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी तथा सार्वजनिक सवारी सधानमा लगाएको जोरबिजोर प्रणाली हटाएको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ। Continue reading “जोर बिजोर प्रणाली हट्यो, सबै किसिमका सार्वजनिक गाडी चल्ने”

हस्ताक्षर फिर्ता गर्न ओलीको चेतावनीपछि मेटमणि चौधरी भन्छन्- ओलीको धम्कीसँग डराइँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्। बालुवाटारमा शुक्रबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विरुद्ध अरु मोर्चा बनाएर लागेकाले आफूहरु पनि तयारी अबस्थामा बस्नुपर्ने बताए। Continue reading “हस्ताक्षर फिर्ता गर्न ओलीको चेतावनीपछि मेटमणि चौधरी भन्छन्- ओलीको धम्कीसँग डराइँदैन”

भलिबल राष्ट्रिय टिममा सरस्वती चौधरी, शान्ती थारु र मनिषा चौधरी छनोट

नेपाल भलिबल संघले एसियन गेम्सका लागि बन्द प्रशिक्षणमा रहेका २७ बाट १८ खेलाडीलाई छनोट गरेको छ। नौ खेलाडीलाई बाहिर राख्दै संघले १८ जनालाई छनोट गरेको हो। अब संघले अन्तिम १८ बाट १४ जनालाई टिममा स्थान दिनेछ। Continue reading “भलिबल राष्ट्रिय टिममा सरस्वती चौधरी, शान्ती थारु र मनिषा चौधरी छनोट”

थारुको ७ प्रतिशत कोटा छुट्याउन सरकारको अटेर, आयोगले फेरि पठायो पत्र

थारु आयोगले निजामती सेवामा समावेशी सिद्धान्तका आधारमा थारु समुदायलाई कोटा छुट्याउन सरकारलाई पुनः सिफारिस गरेको छ। राज्य व्यवस्था समितिले निजामती सेवामा आरक्षणको ५० प्रतिशतलाई शतप्रतिशत मानेर थारु समुदायको आरक्षण ५ बनाएपिछि २५ चैतमा थारु आयोगले सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस पठाएको थियो। Continue reading “थारुको ७ प्रतिशत कोटा छुट्याउन सरकारको अटेर, आयोगले फेरि पठायो पत्र”

टीकापुर घटना: श्रवण चौधरीको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चको यस्तो आदेश

टीकापुर घटनामा जन्मकैदन सजाय पाएका नाबालक श्रवण चौधरीको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ पेस गर्न आदेश दिएको छ। न्यायाधीशद्वय अनिल कुमार सिन्हा र प्रकाश कुमार ढुंगानाको इजलाशले उक्त आदेश दिएको हो। Continue reading “टीकापुर घटना: श्रवण चौधरीको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चको यस्तो आदेश”