थारु चेली सरस्वती चौधरी ‌ओलम्पिकका लागि छनोट, अर्को महिना जापान जाने

जापानमा हुन गइरहेको टोकियो ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने पक्का भए पनि अन्तिम समयमा धेरै सहभागी भएकाले उनको सट्टा सरस्वतीले प्रतिस्पर्धा गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । Continue reading “थारु चेली सरस्वती चौधरी ‌ओलम्पिकका लागि छनोट, अर्को महिना जापान जाने”

जेठ २ मा फर्किएपछि एमालेभित्रका थारु नेताहरुको हैसियत

नेकपा एमालेले १०औं महाधिवेशन आयोजक समिति खारेज भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले १०औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। Continue reading “जेठ २ मा फर्किएपछि एमालेभित्रका थारु नेताहरुको हैसियत”

कैलाली कांग्रेसको सभापतिमा खेमराज चौधरी आकांक्षी

नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश राजधानीको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप बढ्न थालेको छ । पार्टीका वडा तहदेखि केन्द्रसम्मको अधिवेशनको तयारी थालिएसँगै नेताहरुको पछिल्ला दिनमा दौडधुप पनि बढेको हो ।

जनसङ्ख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र भएको यस जिल्लामा हुने आम चुनाव वा अन्य कुनै पनि पार्टी, सङ्घ सङ्गठनको चुनाव होस् समग्र प्रदेशका जिल्लाको चुनावलाई समेत प्रभावित पार्ने गरेको देखिन्छ । त्यसैले यस जिल्लामा हुने हेरक चुनावी गतिविधिलाई प्रदेशवासीले बढी चासोका साथ हेर्ने गर्दछन् ।

पार्टी जिल्ला सभापति नरनारायण शाह (मनु)ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेका छन् । उनलाई तेस्रो पटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले मिल्दैन ।

जिल्ला सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवा लगायतको नाम चर्चामा छ । सभापति पदका आकाङ्क्षी धेरै देखिए पनि बडुवाल, बम र भट्ट अरूभन्दा सशक्त उम्मेदवारका रुपमा देखिएको कांग्रेसका कार्यकर्ताको भनाइ छ ।

युवानेता बडुवाल अघिल्लो जिल्ला अधिवेशनमा पार्टी सभापति पदमा पनि प्रत्याशी बन्नुभएको थियो । पार्टीको महासमिति सदस्यसमेत रहेका भट्ट २०६२-६३ को जनआन्दोलनका घाइते योद्धा हुन् । बम हालको जिल्ला उपसभापति हुन् ।

थारू समुदायबाट पार्टीको राजनीतिमा लागेका नेता खेमराज चौधरी पनि बलियो उम्मेदवार मानिन्छन् । पार्टी सङ्गठनमा जिल्लामा सुनिलकुमार भण्डारी, चन्द्रसिंह भट्टराई, नरनारायण शाह, गोविन्दराज जोशी, रणबहादुर रावल, नृपबहादुर ओड, फकिरसिंह कडायत, जङ्गबहादुर साउद, ईश्वरी न्यौपाने लगायतका नेताको प्रभाव रहेको छ ।

जिल्लामा थारू समुदायको ठूलो उपस्थिति छ । यो समुदायबाट कांग्रेसको राजनीतिमा लागेको रामजनम चौधरी, बुद्धिसागर चौधरी, मानबहादुर महतो, प्यारेलाल रानाथारू, राजसमझ चौधरी र खेमराज चौधरीको पनि पार्टीमा राम्रो प्रभाव छ।

जिल्ला सङ्गठनमा प्रभाव रहेका नेताभन्दा पनि केन्द्रीय सभापति शेरबहादुर देउवाले इच्छ्याएको नेताले नै जिल्ला सभापतिमा जित्नेमा दुई मत नरहेको बताइन्छ । कैलालीको गोदावरी नगरका कांग्रेस सभापति हेमप्रकाश उप्रेती सभापतिका आकाङ्क्षीको दौडधुप देखिए पनि अहिल्यै कसले जित्ने भन्नेमा अनुमान लगाउन गाह्रो भएको बताउछन् ।

उनले भने, “क्रियाशील सदस्यतालको अन्तिम नामावली नआउन्जेल अलमल नै देखिन्छ, सभापतिका आकाङ्क्षीले सहयोग मागिरहनुभए पनि केन्द्रबाट हुने खेलले को सभापति हुने भन्ने निर्भर हुन्छ ।”

कैलाली क्षेत्र नं १ मा क्रियाशील सदस्यता विवाद देखिएको बताइएको छ । पार्टीका लागि लामो समयदेखि गरेको त्याग, तपस्याका कारण र साथीहरुको सल्लाहबमोजिम आफू जिल्ला सभापति पदको आकाङ्क्षी रहेको नारायणदत्त भट्ट बताउछन् । “सबै साथीसँग सहयोग मागिरहेको छु”, उनले भने, “आफूलाई सभापतिमा सहयोग गर्ने कुरा न्योयोचित हुन्छ भन्ने लाग्छ ।”

सभापति लगायतका पदका आकाङ्क्षी पार्टीका कार्यकर्ताको घरमै पुगेर आ– आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् । प्रदेशका अधिकांश जिल्लाको कांग्रेस पार्टी सङ्गठनमा केन्द्रीय सभापति देउवाको प्रभाव छ । गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोपमा कारबाहीमा पर्नुभएका पूर्वसांसद पुस्करनाथ ओझाको पार्टीको आउने अधिवेशनमा भने खास प्रभाव नदेखिने कतिपय कांग्रेस कार्यकर्ताको भनाइ छ ।

एक कांग्रेसका जिल्ला नेताले भने, “उनले पार्टी राजनीतिमा आफूलाई सक्नुभयो, उनलाई साथ र सहयोग गर्दै आएका आफूहरुलाई पनि राजनीतिमा अगाडि बढ्ने वतारवरण बिगार्नुभयो ।”

ओझालाई प्रतिनिधिसभाको गत निर्वाचनमा कैलाली क्षेत्र नं ५ का प्रत्याशी डा आराजु राणा देउवालाई पराजित गर्न अन्तरघात गरेको आरोप लागेको थियो । कांग्रेस महाअधिवेशनका लागि प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार कैलालीको अधिवेशन आगामी साउन २६ गते हुने कार्यक्रम छ ।

टीकापुर वनगाउँका थारुहरुले मागे छुट्टै वडा

कैलालीको टीकापुर नगरपालिकामा वडा विभाजनको विषयमा असहमति जनाउँदै स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिकाको वडा नम्बर १ वनगाउँका स्थानीयले आज (बुधबार) नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । Continue reading “टीकापुर वनगाउँका थारुहरुले मागे छुट्टै वडा”

श्रीमानको हत्या गर्ने सीता थारु छोरासहित पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा आमा छोरा पक्राउ परेका छन्। मधुवन नगरपालिका ४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सीता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। Continue reading “श्रीमानको हत्या गर्ने सीता थारु छोरासहित पक्राउ”

मेटमणि चौधरीले भने- केपी ओलीलाई अब रेबिजको भ्याक्सिन दिनुपर्छ, हेर्नुस् उनको १८ बुँदे आरोपपत्र

एमाले नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साँच्चिकै बहुला कुकुरले टोकेकाले रेबिजको भ्याक्सिन दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ र’ भन्दै प्रश्न गरेका थिए। Continue reading “मेटमणि चौधरीले भने- केपी ओलीलाई अब रेबिजको भ्याक्सिन दिनुपर्छ, हेर्नुस् उनको १८ बुँदे आरोपपत्र”

वादी समुदायबारे रेशम चौधरीले लेखेको किताब ‘देवीसरा’को एक अंश- दुर्व्यवहार

जब सिद्धिनेछ माटोबाट उब्जनी
अनि रित्तिनेछन् भकारी भण्डारहरु
सिद्धिनेछन् भावना र प्रेम
आउनेछ मान्छेले मान्छेको मासु खाने दिन
बच्नेछ केवल अहंकारको पटाङ्गिनी !

राम बहादुर सरका कारण स्कुलले भर्ना गरेपनि त्यही विद्यालयमा संस्कृत पढाउने निलकण्ठ सर, पियन नरे, गाउँका आचार्य बाजे, मन्दिरका पुजारी नन्द्या बाजेका कारण देवीसराहरुले भोग्ने दुर्व्यवहार अनगिन्ती थिए । बालबच्चाहरु स्कुल पढ्नका लागि भर्ना भएका थिए तर वरिपरिका मान्छेको दृष्टिकोण बेग्लै थियो । हरेक चौतारीमा गफ चल्थ्यो–

यी वादीका बच्चा पढी क्या गन्र्या हुन् ?
वादीले मादल बजाउनै पन्र्या हो ।
वदिनीले नाच्नै पन्र्या हो
छोरीले फरिया उघार्ने पन्र्या त हो ।

यस्ता गफ कयौं पटक सयौं चोक र चिया पसलमा सुन्थे लाले वादीहरु । तरपनि ती सब बकम्फुसे कुरा मात्रै हुन् भनेर एक कानले सुनेर अर्को कानले उडाइदिन्थे । सबैको अठोट लालुजस्तै कहाँ हुन्थ्यो र ? किड्या, होलु, चौंठ्या, जहरी जस्ता वादीको त कानै पाक्थ्यो तर पनि सहनुको विकल्प थिएन । छोइछिटो चलाएको समाजमा यति सहजै विजय कहाँ सम्भव हुन्छ र ? पैसा तिरेर चिया पिउने पसलमा धरी अलग्गै बसेर चिया पिउनु पथ्र्यो । भट्टी पसलमा दारु पिएर गिलास माझ्नु पथ्र्यो । कसैको जीउमा छोइए मात्रै थप्पड खानु पथ्र्यो । यस्तो जञ्जालका बीचमा पनि हेडसर रामबहादुरले सबै बच्चालाई स्कुल भर्ना गरिदिएका थिए । प्रजातन्त्रमा उनको उदारता यति नै पर्याप्त थियो । दुइ चार काहासुनीले बच्चा पढाउने अठोटलाई उनी कुनै परिवर्तन गर्नेवाला थिएनन् ।

बयर टिप्न खोज्दा पनि काँडा
गुलाब टिप्न खोज्दा पनि काँडा
फलफूल प्राप्तिका लागि घोच्छस् भने
जति सक्छस् उति घोच ए काँडा !

साँवा अक्षर चिनाउने सपना साँचेका अभिभावक समेत कदम कदममा होच्चिने बखत थियो त्यो । पढाउने लालसा राख्ने भन्दा पढ्नेहरु झन पलपलमा परेशानी भोगिरहेका थिए । एक्लो हेडसर रामबहादुर बिसीको दृष्टी सबैतिर पुग्न सम्भव थिएन । उनले सक्दो गरेकै थिए । उनको दृष्टी पछाडि देवीसरा वादी जस्ता बच्चाको समूहले कठोर दुर्व्यवहार भोग्नुपथ्र्यो । पैसासँग शरीर साट्नेका सन्तानहरुलाई द्रव्यको कमी हुने कुरै भएन । कमी थियो त भएर पनि भोग्न नपाइने सुखको, शान्तिको र अमन चयनको ।

देवीसराहरुलाई भोक लाग्थ्यो । पैसा लिएर खानेकुरा किन्न पसल पुग्थे । पसलेले पहिला ठूला जातकालाई चकलेट, बिस्कुट दिन्थ्यो । अन्यको सिद्धिएपछि मात्रै उनीहरुको पालो आउँथ्यो । पैसा लिएर पनि पसलेले खानेकुरा फालेर दिन्थ्यो । पैसा तिरेर पनि फालेको खानेकुरा भुईंबाट टिपेर लिनुपर्दा बच्चा बच्चीको मन कटक्कै काटिन्थ्यो तर चलिआएको चलन जस्तै तिनको दुर्व्यवहारलाई स्वीकार्नुको विकल्प पनि थिएन । कम्तीमा पैसा लिएर सामान बेच्ने साहुले त कुरा बुझ्नुपथ्र्यो तर पैसा लिएर पनि पवित्रता नबुझ्नेसँग कसको के लाग्छ र ?

पैसा लिएर पवित्रता चिनेन उसले
वादी बच्चाको स्वतन्त्रता चिनेन उसले
लिएर पनि दिन नजान्ने
आफ्नै समाजको विविधता चिनेन उसले

यस्ता कुराले एकान्तमा उ एक्लै रुन्थी, बलिद्र आँशु चुहाउँदै दाह्रा किट्थी । तर, उ त अबोध न थी । उसलाई पनि पैसा दिएपछि अरु ठूला जातकाले जस्तै समान पाउने अभिलाषा थियो । फालेर दिएको खानेकुरा खानै मन लाग्दैनथ्यो तर पनि बाल भोकका अघि ती अपमान पनि स्वीकार थिए । पसलेको यस्तो हर्कतले अपमानको बोझ थाम्नै नसकि बिस्तारै उनीहरु पसलमा खानेकुरा किन्नै छोडिदिए ।

उपल्लो जातको पसलेसँग निकै बाझे ती बच्चाहरु । फालेर खानेकुरा दिंदा कहिले भुईंमा खस्न पुग्थ्यो । त्यो समान उठाउ र यहाँबाट जाउ । मेरो दोकान नछोउ, छुई लाग्छ भनेर पसलेको चेतावनीलाई तिनका बालसुलभ मनले निकै पचायो । टुलुटुलु हेर्दै समान उठाएर हि“ड्नुको विकल्प हुन्थेन । पसलेको दुर्व्यवहारले सीमा नाघेपछि एकदिन बच्चाहरु आफैले सल्लाह गरे र आइन्दा त्यो पसलमा कुनै पनि समान नकिन्ने निधो गरे । मुठीभरि पैसा भएर पनि पसलेको अपमानको बदला लिन बरु ती बच्चाहरु भोकै बसे तर पसलमा पुगेर खानेकुरा किनेनन् । त्यही पसलेसँग लिइएको बदलाभाव नै देवीसराहरुको बाल जीवनको पहिलो क्रान्ति थियो । आफूसँग पैसा हुँदाहुँदै भोकै बसेर भए पनि साहुजीको समान अस्वीकार गर्नु त्यो वास्तविक बालक्रान्ति नै थियो ।

टेक्दैनौं तिम्रो दैलो त्यो दैलो तिम्रो हो
मान्छे भएर मानवता भुल्ने त्यो मैलो तिम्रो हो
झुल्किन्नौं आइन्दा तिम्रा समिपमा
याद गर, यो चेतावनी पैलो हो ।

त्यसपछि उनीहरु घरबाटै खानेकुरा बोकेर ल्याउन थाले । बा आमाले पोलिथिनको झोलामा दालभात हालिदिन्थे । गर्मीको महिनामा हाफ छुट्टिसम्म त्यो खानेकुरा गन्हाइ सक्थ्यो तर पनि बच्चा बच्ची लस्करै मिलेर बासी दालभात पनि बडो मीठो मानी मानी खान्थे । त्यो खानेकुरामा पसलेको भेदभाव थिएन । उसले फालेर दिएको भुईंबाट टिप्दै गाँस हालेका थिएनन् उनीहरु । त्यो उनका बाबाआमाले बनाएको खान्की थियो । घरबाटै ल्याएको । बा आमाको ममत्व मिसिएको । बासी नै सही, कम्तीमा त्यहाँ उच्च जातको हुँ भन्ने पसलेले गरेको दुर्व्यवहार त थिएन । बालापनमै निकै परेलीका आँशु पुछेका छन् देवीसराहरुले । आशामा आँशु, भरोसामा आँशु, विश्वासमा आँशु, पीडामा आँशु, वेदनामा आँशु । सबै पटकका आँशु एकत्रित हुने हो भने पोखरी नै बन्छ होला ।

छोएकै नचल्ने, कस्तो थियो रीति
मान्छे मान्छेमै विभेद, कस्तो थियो थिति
पैसा तिरेर हात थाप्नु पर्ने
कठै, हाम्रो समाजको विसंगति !

बच्चाबच्ची न हुन्, घरबाट ल्याएको अलि अलि गन्हाएको दालभात त जसरी पनि खान्थे उनीहरु । कुनै कुनै दिनमा त गन्हाएर निल्नै सकिन्दैनथ्यो । त्यस्तो दिनमा उनीहरु कक्षाकै अरु साथीहरुसँग कापीको तावा दिएर प्याज, नुन, खुर्सानी साँट्थे । नुन, खुर्सानी चाटयो, घटघट पानी पियो । पानी र नून र खुर्सानी घुलेर पेटमा पुगेपछि त भोकै खतम ।
स्कुलमा प्याज काट्ने वा चटनी बनाउने सिलौटा हुने सम्भवै हुन्थेन । तिनीहरु स्कुल नजिकै बनाइएको सिमेन्टको कल्भर्टमा नुन, खुर्सानी, प्याज पिस्थे । त्यसरी पिस्दा सिमेन्ट र बालुवाको धुलो पनि चटनीमै मिसिन्थ्यो । चटनी जति जिब्रोले च्याप च्याप पारेर स्वद निल्यो, सिमेन्ट र बालुवाको छोक्रा थुकिदियो । यसरी प्याजको रस र चटनीले पनि निकै भोक मेटाए उनीहरुले ।

नुनमा मिसिएको बालुवा छुट्याउने वाह, तिम्रो जिब्रो
अन्नलाई अमृत ठानी निल्ने, वाह, तिम्रो जिब्रो
मिठ्याएनौ लालचमा कसैका अघि मुख
स्वाभिमानको स्वाद निल्ने वाह ! तिम्रो जिब्रो ।

स्कुले जीवनमा के भोगेनन् र उनीहरुले ? हर्ष, आँशु, ईष्र्या, पीडाले सक्रिय हुने इन्द्रियका सबै वांशिता अनुभूत गरे । प्यास लागेको बेला पानी पिउन पाएनन् । बाटोमा अन्य जातको कुवामा पानी पिउन जाने दुस्साहस त के ? आँगन टेक्न समेत डराउँथे उनीहरु । संजोगले सँगै पढ्ने ठूला जात भनाउँदाका साथीहरुले परैबाट पानी हालिदिए मात्रै प्यास बुझाउन पाउँथे । उनीहरुले मान्छेहरुकै समाजमा अनौठो मान्छे बनाइएको पीडासमेत भोगे ।सुरु सुरुमा स्कुलमा मास्टर र ठूला जातका विद्यार्थीले गर्ने व्यवहारले स्कुलै नजाउँ झै हुन्थ्यो । जहाँ बस्यो त्यही“ लिप्न लगाउँथे । सबैजना स्कुल छुट्टी भएर घर जान्थे । वादी जातको बच्चा भएकै कारणले छुट्टी भैसके पनि उनीहरुले कक्षा कोठामा झाडु लगाउनु पर्दथ्यो । परीक्षाको बेला शिक्षकहरुले उनीहरुलाई अलग्गै सल्लाको बोटमुनी राखिदिन्थे । जाँचको बेला ठूला जातका बच्चालाई छोइदियो भने उनीहरुको बुद्धि हराउँछ रे ! एउटा मान्छेले अर्को मान्छेलाई छोयो भने बुद्धि हराउँछ भन्ने शब्दका खप्कीसमेत खानु पर्‍यो उनीहरुले । उनीहरुले छोइदिए मात्रै विद्यानास हुने भए वादीका बच्चाहरु कसरी कक्षा उक्लिए त ? जातकै कारण एक बच्चाहरुको झुण्डलाई गरिएको विभेदले उनीहरुको मानसिकतामा परेको वितृष्णाको बदला जस्तोसुकै भावमा बदलिन सक्छ भन्ने बुझ्नुपथ्र्यो तर त्यो जमानामा बुझ्ने कसले ?

के बखान गर्नु र जून नभएको रातको
बच्चाले बच्चालाई छुँदा बुद्धि हराउँछ रे
के चर्चा गर्नु र त्यो बकम्फुसे बातको ।

स्कुल पढ्दा उनीहरुले धेरै यौनहिंसा सहे । समूहमा भएका ठूला दिदीहरुका कारण स्कुलको छुट्टी पश्चात घर फर्किदा उनीहरुलाई बाटोमा पर्ने वनमा स्थानीय ठूला केटाहरुले निकै लखेट्थे । लखेट्नेमा कहिलेकाहीँ त निकै ठूला ट्रयाक्टर ड्राइभरहरुसमेत मिसिएका हुन्थे । मलामी आएका उरन्ठ्याउला केटाहरुले लखेटेर दिदीहरुसँगै भेरीको भेलमा हाम फालेर उनीहरुले निकैपटक बल्लतल्ल आफ्नो अस्मिता जोगाए । वादी जातको केटी हुनुप¥यो, सानो होस कि ठूलो ! सबैले यौनको खेलौना नै सम्झिन्थे । अरुको के कुरा गर्ने, आफ्नै दाइ, काका, मामाबाट समेत तिनले हिंसा सहनुपथ्र्यो ।

आफ्नो जातको दाइभाइ, मामा, भिनाजुहरुले गरेको विगत सम्झिदा अहिले पनि उ सबै वादीलाई भेरी खोलाले बगाएर लैदिए हुन्थ्यो जस्तो भन्छे । एकपटक छिमेकको उसको साथीलाई उसैको आफ्नै बाजेले साख्खै भिनाजुलाई अह्राएको समेत सुनेकी छे – ‘‘ए नाति, तेरो बैनीको चु चु खेलाइदे । बस्नका लागि छिटो तयार होली क्या !’’
उसको बालापन त्यो संस्कारमा त्यसैगरी हुक्र्यो । उसले पनि आफ्नै पर्नेबाट निकैपटक यौनहिंसा भोगेकी छे । उसलाई थाहा छ, विगतका कुरा कोट्याएर बिद्रोह गर्ने हो भने वादी समुदाय कहिल्यै नउम्किने भुङ्ग्रोमा फस्नेछ । यस्ता बसिसकेका घाउका पाप्रालाई कोट्याएर रगत छिर्काउनुबाहेक अर्को उपलब्धी कदापी हुन सक्दैन, त्यसैले नचाहेर पनि सकिनसकि विगत भुल्नु नै बेस ।

कहिलेकाहीँ त बुझेर विगत पिउनुपर्छ
मसिनले खुटेका उध्रिए हातैले सिउनु पर्छ
टालटुल नै त हो सबको जिन्दगी
दुःख सुख पिएरै जीउनु पर्छ ।

उसले के हिंसा सहिन ? के के मात्रै खेप्नु परेन उनीहरुलाई ? स्कुलमा विद्या आओस् भनेर सरस्वती बन्दना घोकाइन्थ्यो । स्कुल छेउमा सरस्वती माताको मन्दिर थियो । ठूला जातका विद्यार्थी साथीहरु त्यहाँ प्रार्थना गर्न जान्थे । उनीहरुसँगै तिनीहरु पनि जान्थे तर तिनलाई कहिल्यै मन्दिर छुन दिइएन । मन्दिरको पुजारी नन्द्या बाजेको हप्काइ उनीहरुले कहिल्यै बिर्सन सक्दैनन् । उनीहरुले छोयो भने मन्दिर भत्किन्छ, मुर्ती फुट्छ रे ! कहिलेकाहिँ त मन्दिरभित्र छिरेमा काटिदिने धम्की दिन्थे, पुजारी नन्द्याले ।

माथिल्लो जातको हुँदा मान उनको
मन्दिरको पुजारी हुँदा सान उनको
पानी चलेकैले सान मान उनको ?
तर के, मान्छे बनाउने भगवान पनि उनको ?

(रेशम चौधरीद्वारा लिखित देवीसराबाट लिइएको एक अंश)

कांग्रेस महाधिवेशनमा गच्छदार पनि सक्रिय, थारु नेताहरुलाई एकीकृत गर्लान्?

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । Continue reading “कांग्रेस महाधिवेशनमा गच्छदार पनि सक्रिय, थारु नेताहरुलाई एकीकृत गर्लान्?”

कयौं बसन्त मालिकको घरमा बिताएकी उर्मिला भन्छिन्- सबैभन्दा प्रिय कुरा स्वतन्त्रता हो

थारु समुदायमा रहेको कूरिती प्रथा- कमलरी प्रथा उन्मुलन भएको आज ८ वर्ष पुगेको छ। सरकारले १३ असार २०७० मा कमलरी मुक्ति घोषणा गरेको थियो। सोही दिवसको अवसरमा पूर्व कमलरी एवं फ्रिडम फोरम फियर अवार्ड विजेता उर्मिला चौधरीले आप्नो विगत सम्झिएकी छन्। Continue reading “कयौं बसन्त मालिकको घरमा बिताएकी उर्मिला भन्छिन्- सबैभन्दा प्रिय कुरा स्वतन्त्रता हो”

कोरोनाबाट ज्यान गुमाएका थारु पत्रकारलाई २० हजार सहयोग

थारु पत्रकार संघ नेपालले कोरोना संक्रमणबाट ज्यान गुमाएका पूर्व सदस्य हिक्मत चौधरीको परिवारलाई नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ। रुपन्देही जिल्लाका पूर्वअध्यक्ष समेत रहेका तिलोत्तमा ५ मणिग्राम निवासी स्व. पत्रकार चौधरीको परिवारलाई शनिबार थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले घरमै पुगगेर सहयोग गरेको हो। Continue reading “कोरोनाबाट ज्यान गुमाएका थारु पत्रकारलाई २० हजार सहयोग”