जसपाका सहित २० जना मन्त्री पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो। Continue reading “जसपाका सहित २० जना मन्त्री पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश”

कैलारी गापाका प्रमुख ‘अंकित’ चौधरी भन्छन्- बाबुरामको समाजवाद काल्पनिक हो

पछिल्लो समय जसपा नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा अदृश्य शक्तिको चलखेल सुरु भएको बताएका थिए। उनले अदृश्य शक्तिको घुसपैठले नेपालको राष्ट्रियतामाथि खतरा भएको बताए। Continue reading “कैलारी गापाका प्रमुख ‘अंकित’ चौधरी भन्छन्- बाबुरामको समाजवाद काल्पनिक हो”

ओली नै एमाले एकता चाहँदैनन् : मेटमणि चौधरी

एमालेका माधव पक्षीय नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली नै एकता नचाहेको स्पष्ट पारेका छन्। मुख्य नेतृत्व केपी ओली नै एमाले एकता नचाहेपछि पार्टी सग्लो हुने कुरै नभएको उनले उल्लेख गरेका छन्। Continue reading “ओली नै एमाले एकता चाहँदैनन् : मेटमणि चौधरी”

एसएसपी मीरा चौधरीलाई विराटनगर सरुवा, राजेन्द्र प्रसाद चौधरी अपराध नियन्त्रण शाखामा

गृहमन्त्रालयले १५ जना नेपाल प्रहरीका एसएसपीहरुको सरुवा गरेको छ। गृहमन्त्री खजराज अधिकारीले नेपाल प्रहरीका मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा, श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा र उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्जमा सरुवा गरिएको हो। Continue reading “एसएसपी मीरा चौधरीलाई विराटनगर सरुवा, राजेन्द्र प्रसाद चौधरी अपराध नियन्त्रण शाखामा”

थाकससँग गरिएको ‘फेक एग्रिमेन्ट’बारे सुरेन्द्र चौधरीको खुलासा

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले सरकारले थरुहट थारुवान संयुक्त संघर्ष समिति अर्थात् थारु कल्याणकारिणी सभा (थाकस)सँग ‘फेक एग्रिमेन्ट’ गरेको खुलासा गरेका छन्। Continue reading “थाकससँग गरिएको ‘फेक एग्रिमेन्ट’बारे सुरेन्द्र चौधरीको खुलासा”

अञ्जु कुश्मीको नयाँ गीत म्युजिक भिडियो सार्वजनिक

अञ्जु कुश्मीको नयाँ गीत सार्वजनिक भएको छ। मारो छैली डान्स बोलको गीतमा अञ्जु र टंक तिमिल्सिनाको स्वर रहेको छ। गीतमा उमेश मुस्कानको शब्द, टंकको संगीत र केशव बडुको अरेन्ज रहेको छ।
गीतको म्युजिक भिडियो टंकले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्।

भिडियोमा निर्देशक विक्रम चौहान र अञ्जु कुश्मीले अभिनय गरेका छन्। विक्रमकै निर्देशनमा बनेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने लक्ष्मण चौहानले सम्पादन गरेका छन्। उमेश मुस्कानले यसअघि पनि थारु नेपाली शब्द मिश्रित गीतहरु ल्याइसकेका छन्।

मधेसका यी अभियन्तलाई चिनौं, जो थारुलाई मधेसी बनाउन तल्लीन छन्

सशस्त्र नेकपमा माओवादी मूल राजनीतिमा आएसँगै अन्तरिम संविधान बनेको थियो। जहाँ थारुलाई पहिलोपटक मधेसी भनेर सम्बोधन गरिएको थियो। थारुलाई मधेसी उपनाम दिइएपछि देशभरिका थारुहरु एकीकृत भए। थारुहरुले राज्यविरुद्ध पहिलोपटक थरुहट आन्दोलनको उद्‍घोष भयो। Continue reading “मधेसका यी अभियन्तलाई चिनौं, जो थारुलाई मधेसी बनाउन तल्लीन छन्”

नरेश जोगी र अन्नु चौधरीले गराए नयाँ थारु गीतको रेकर्ड

नरेश जोगी र अन्नु चौधरीको नयाँ थारु गीत आउने भएको छ। ‘दिन गिन गिन र तुही हो तुही’को सफलतापछि यी जोडीले तोहर प्यार मे बोलको गीत रेकर्ड गराएका छन्। Continue reading “नरेश जोगी र अन्नु चौधरीले गराए नयाँ थारु गीतको रेकर्ड”

सामाजिक अभियन्ता भनिएकी ज्वाला संग्रौला पक्राउ

सामाजिक अभियन्ताका नाममा विभिन्न घटनामा विवादित बनेकी ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले संग्रौला पक्राउ परेको पुष्टि गरे। Continue reading “सामाजिक अभियन्ता भनिएकी ज्वाला संग्रौला पक्राउ”

निजी सवारीमा जोर-बिजोर लागू, पसलहरू पनि बारअनुसार खुल्ने (सूचीसहित)

सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन सञ्चालनको अनुमति दिएको छ। आज उपत्यकास्थित तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो। Continue reading “निजी सवारीमा जोर-बिजोर लागू, पसलहरू पनि बारअनुसार खुल्ने (सूचीसहित)”