थारु सोसाइटी अष्ट्रेलियाको अध्यक्षमा पुनः दीप नारायण चौधरी, तीन वर्षमा करिब दस लाख सहयोग

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ। आइतबार सिड्नीको रकडेलस्थित झरना फंक्सन सेन्टरमा आयोजित साधारणसभाले दीप नारायण चौधरीको नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिएको हो। यससँगै थप दुई जना सदस्य थपिएको संस्थाका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए। Continue reading “थारु सोसाइटी अष्ट्रेलियाको अध्यक्षमा पुनः दीप नारायण चौधरी, तीन वर्षमा करिब दस लाख सहयोग”

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। Continue reading “ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश”

सर्वाधिक भ्युज भएको थारु गीत ‘मन लागेना’

युट्युबमा सबैभन्दा धेरै भ्युज भएको गीत हो मन लागेना बिन तोहार। यो गीतलाई आरकेसी डिजिटलले उत्पादन गरेको हो। आरकेसीले गत अक्टुबर १३ मा गीतको म्युजिक भिडियो सार्वजनिक गरेको थियो। Continue reading “सर्वाधिक भ्युज भएको थारु गीत ‘मन लागेना’”

रेशम चौधरीको रिहाइबारे बोली फेर्दैछन् जसपा नेताहरु

थारु समुदायमा विगत ६ वर्षदेखि एउटै मुद्‍दामा बहसमा आइरहन्छ। जब जब भदौ नजिकिँदै जान्छ, त्यो मुद्दामा झनै चर्को बहस हुन थाल्छ। Continue reading “रेशम चौधरीको रिहाइबारे बोली फेर्दैछन् जसपा नेताहरु”

सरकारले राज कुश्मी र अन्नु चौधरीको स्वरमा बनायो जनचेतनामूलक गीत

सर्पबाट सबैभन्दा प्रभावित तराईका बासिन्दा हुने गरेका छन्। मनसुनी याम होस् या गर्मी याम दुबै बेला तराईका बासिन्दा सर्पबाट प्रभावित हुने गरेका छन्।

सर्पबाट वर्षेनि कम्तीमा ३० जनाको ज्यान जाने गरेको सरकारको तथ्यांकमा उल्लेख छ। यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले थारु भाषाको जनचेतनामूलक गीत तयार परेको छ।

झुम्रा लवजमा गाइएको गीतसँगै भिडियो पनि तयार पारिएको छ। थारु लोक गीतमा छुट्टै पहिचान बनाएका राज कुश्मी शब्दमा उनै राज र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा भने गणेश चौधरीले संगीत दिएका छन्। प्रविण खड्काको निर्देशनमा भिडियो तयार पारिएको छ।

भिडियो हेर्नुस्

राजेन्द्र महतोसहित सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव नेतृत्वको पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। Continue reading “राजेन्द्र महतोसहित सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय”

राजापुर वडा २ का स्थानीयले बनाए ‘बरघर रोड’

थारु समुदायको इतिहास तथा पहिचानसँग जोडिएको बरघर प्रणालीको नामले राजापुर नगरपालिकाको वडा नं. २ मा जोतपुर गाउँदेखि ग्वारीसम्म १४०० मिटर लामो र ८ मिटर चौडाई रोड निर्माण गरिएको छ। Continue reading “राजापुर वडा २ का स्थानीयले बनाए ‘बरघर रोड’”

राना थारु समुदायबाट पहिलोपटक फुल मन्त्री बने नारदमुनी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई प्रतिनिधिसभा चुनावमा पराजित गरेका नारदमुनी राना मन्त्री भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन्। Continue reading “राना थारु समुदायबाट पहिलोपटक फुल मन्त्री बने नारदमुनी”

सांसदद्वय नमिता चौधरी र पार्वता डिसी चौधरीलाई कोरोना संक्रमण

कोरोनाबाट संक्रमित भएका संघीय सांसदहरुको नामावली सार्वजनिक भएको छ। संसद सचिवालयका अनुसार एमालेका १४ जना सांसदमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै जनता समाजवादी पार्टीका ४ र नेपाली कांग्रेसका दुई जनामा कोरोना संक्रमण देखिएको छ। Continue reading “सांसदद्वय नमिता चौधरी र पार्वता डिसी चौधरीलाई कोरोना संक्रमण”

कांग्रेस नेता दीपक चौधरीको कोरोना संक्रमणबाट मृत्यु

नेपाली कांग्रेस दाङका नेता दीपक चौधरीको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । घोराही उप–महानगरपालिका वडा नं. ८ स्यानी गाउँ निवासी ४२ वर्षीय चौधरीको बुधबार बिहान निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । Continue reading “कांग्रेस नेता दीपक चौधरीको कोरोना संक्रमणबाट मृत्यु”