पत्रकार सम्मेलन गरेर लक्ष्मणले भने- लाल आयोगको प्रतिवेदन टेबलमा राखेर वार्ता गरौं

लखन चौधरी/कैलाली।

थरुहट नेता लक्ष्मण थारुले सरकार र थरुहट पक्षबीच जारी वार्ताप्रति आशंका व्यक्त गरेका छन्। थारुहरुसँगको वार्ता नौटंकी मात्रै रहेको बताउँदै उनले हालसम्म एउटा पनि बुँदामा सहमति हुन नसकेको भन्दै टिप्पणी गरेका छन्। Continue reading “पत्रकार सम्मेलन गरेर लक्ष्मणले भने- लाल आयोगको प्रतिवेदन टेबलमा राखेर वार्ता गरौं”

ओली समूहका थारु नेताहरुलाई इञ्चार्जसम्मको जिम्मेवारी, माधव पक्षीय नेताहरु जिम्मेवारीविहीन

नेकपा एमालेले २६५ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ। जसअन्तर्गत थारु नेताहरुको कार्यविभाजन गरिएको छ। Continue reading “ओली समूहका थारु नेताहरुलाई इञ्चार्जसम्मको जिम्मेवारी, माधव पक्षीय नेताहरु जिम्मेवारीविहीन”

रियासा दाहाल र प्रदीप चौधरी अभिनित थारु म्युजिक भिडियो सार्वजनिक

रियासा दाहालले थारु म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनले अभिनेता एवं निर्देशक प्रदीप कुमार चौधरी ‘पीके डन’सँग अभिनय गरेकी हुन्। Continue reading “रियासा दाहाल र प्रदीप चौधरी अभिनित थारु म्युजिक भिडियो सार्वजनिक”

भारतीय दूतावासद्वारा ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस प्रदान

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाललाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई बिहीबार दूतावासले ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो। Continue reading “भारतीय दूतावासद्वारा ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस प्रदान”

तराईका पाँच ठाउँमा हुँदैछ थरुहट थारुवान मोर्चाको विशाल जनप्रदर्शन

कञ्चनपुरको बेलौरीमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले बृहत् आमसभा गर्ने भएको छ। वैशाख २० गते हुने भनिएको भेलामा स्थानीय तथा शीर्ष थारु नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाका केन्द्रीय सदस्य प्रमवति रानाले जानकारी दिइन्। Continue reading “तराईका पाँच ठाउँमा हुँदैछ थरुहट थारुवान मोर्चाको विशाल जनप्रदर्शन”

जसपाको माग पूरा गर्दै सरकार, २ सय ८ बन्दी रिहाइ हुने

सरकार र जनता समाजवादी पार्टी (जसपा) समझदारी नजिक पुगेका छन् । दुवै दलका कार्यदलबीचको पटक-पटकको वार्ता पछि दुवै पक्षबीच समझदारी हुन लागेको हो । Continue reading “जसपाको माग पूरा गर्दै सरकार, २ सय ८ बन्दी रिहाइ हुने”

दस बुँदे मागसहित मुक्त कमलरीहरुद्वारा गाउँपालिकामा धर्ना

मुक्त कमलरीहरुले कैलालीको जोशीपुर गाउँपालिकामा धर्ना दिएका छन्। उनीहरुले विभिन्न माग राखी गाउँपालिका कार्यालय अगाडि नाराबाजीसमेत गरेका छन्। Continue reading “दस बुँदे मागसहित मुक्त कमलरीहरुद्वारा गाउँपालिकामा धर्ना”

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेलले अर्धसतक बनाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा एक विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि डेब्युट्यान्ट कुशल भूर्तेलले ६२ रनको शानदार इनिङ खेले । ट्वान्टी-२० मा पहिलो पटक नेपाली जर्सी लगाएर क्रिजमा उत्रिएका कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासमेत प्रहार गरेका थिए । ५४ रनको अविजित इनिङ खेलेका आशिफले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सका लागि जुलियन डी मेले एक मात्र विकेट लिए । उनले कुशललाई पिटर सीलारको हातबाट क्याच आउट गराएका थिए । यसअघि नेदरल्यान्ड्सका लागि बास दी लिडले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै, स्कट एड्वार्ड्सले ३०, कप्तान पिटर सिलारले अविजित २३ रनको योगदान गरेका थिए ।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र डेब्युट्यान्ट साहब आलमले १/१ विकेट लिए ।

करिब डेढ वर्षपछि घरेलु मैदानमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले शानदार सुरुआत गरेको छ । अर्को शनिबारसम्म चल्ने प्रतियोगिताको दोस्रो खेलमा भोलि नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन् ।

थरुहट थारुवान मोर्चाले आजदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्दै

थरुहट थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम गर्ने भएको छ। मोर्चका प्रवक्ता मिनराज चौधरीका अनुसार आजै बर्दियाको राजापुरमा छलफल कार्यक्रम आयोजना गरिएको छ। Continue reading “थरुहट थारुवान मोर्चाले आजदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्दै”

ओराली बजारकी सम्पन्नता थारु बेपत्ता

बर्दियामा एक स्कुलले बालिका बेपत्ता भएकी छन्। मधुबन नगरपालिका २ ओराली बजारकी सम्पन्नता थारु बेपत्ता भएकी हुन्। बिहीबार बिहान ९ बजे विद्यालय हिँडेकी बालिका अहिले सम्म घर फर्केकी छैनन्। Continue reading “ओराली बजारकी सम्पन्नता थारु बेपत्ता”