जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै यतिबेला सर्वत्र भइरहेको छ। केही महिनाअघि देखि अभियन्ता सुरेन्द्र चौधरीले टीकापुर राजबन्दी रिहाइ अभियानको सुरुवात नै गरेका थिए। Continue reading “टीकापुर राजबन्दी रिहाइ अभियानका संयोजक र प्रधानमन्त्रीबीच छलफल”
Author: Madan Kumar
यी हुन् यस वर्षको नयाँ तथा हिट थारु होली गीत
विवादीत प्रशासकीय अधिकृत आउने भएपछि लमही नगरपालिकामा वडाध्यक्षहरुको धर्ना
दाङको लमही नगरपालिकाका १३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। उनीहरुले विवादीत व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याउन लागेको भन्दै धर्ना दिएका हुन्। Continue reading “विवादीत प्रशासकीय अधिकृत आउने भएपछि लमही नगरपालिकामा वडाध्यक्षहरुको धर्ना”
रेशम चौधरीसहित टीकापुर घटनाका ५८ जना नै निर्दोष हुन् : गंगा थारु [भिडियोसहित]
नेकपा एमालेकी सांसद गंगा सत्गौंवा थारुले रेशम चौधरी निर्दोष भएको बताएकी छन्। उनले संसदको बैठकको विशेष समयमा बोल्दै रेशम चौधरी अपराधि रहेको भ्रम फैलाइएको आरोप लगाइन्। Continue reading “रेशम चौधरीसहित टीकापुर घटनाका ५८ जना नै निर्दोष हुन् : गंगा थारु [भिडियोसहित]”
थाकसको माग सुनेपछि सरकारी वार्ता टोलीले भन्यो- अध्ययन गरेपछि फेरि बोलाउँछौं
थारु कल्याणकारिणी सभा (थाकस) र सरकारबीच आज करिब दुई घन्टा वार्ता भएको छ। सिंहदरवास्थित गृहमन्त्रालयमा भएको वार्तामा थाकसको तर्फबाट विभिन्न मागहरु प्रस्तुत गरिएको छ। थाकसका महामन्त्री प्रेमीलाल चौधरीका अनुसार यसअघि बुझाइएको १९ बुँदे मागपत्रबारे वार्तामा जानकारी गराइएको छ। Continue reading “थाकसको माग सुनेपछि सरकारी वार्ता टोलीले भन्यो- अध्ययन गरेपछि फेरि बोलाउँछौं”
थाकसले बनायो पाँच सदस्यीय वार्ता टोली, आजै सरकारसँग वार्ता हुँदै
सरकारले आज थारु कल्याणकारिणी सभा (थाकस)सँग वार्ता गर्ने भएको छ। सभासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बदलको नेतृत्वमा तीन सदस्यीय कार्यसमिति बनाएको छ। जसमा प्रधानमन्त्रीका परर्राष्ट्र सल्लाहकार राजन भट्टराई र ओलि निकट नेता भगवती चौधरी रहेका छन्। Continue reading “थाकसले बनायो पाँच सदस्यीय वार्ता टोली, आजै सरकारसँग वार्ता हुँदै”
पाटेबाघले जब चुलाराम थारूको गर्दन समात्यो…
बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ। सोमबार बाघको आक्रमणबाट एक पुरूष घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गेरूवा गाउँपालिका-१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारूमाथि आक्रमण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनाएको छ। Continue reading “पाटेबाघले जब चुलाराम थारूको गर्दन समात्यो…”
थाकससँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली गठन
सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन्। Continue reading “थाकससँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ता टोली गठन”
यी हुन् यस वर्ष निर्मित थारु होली गीतहरु
यस वर्ष पनि विभिन्न थारु म्युजिक कम्पनीहरुले होलीको नयाँ गीतहरु सार्वजनिक गरेका छन्। आउनुस् तिनै गीतहरुबारे चर्चा गरौं।
लोकेन्द्रराज चौधरीको निर्माणमा बनेको रंग अबिर मिला मिला बोलको गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको गीतमा गणेश चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा गणेश चौधरीकै स्वर रहेको छ भने संगीत पनि उनकै रहेको छ। भिडियोमा भने रजनिश चौधरी र एन्डिसा चौधरीले अभिनय गरेका छन्। श्रवण चौधरीले खिचेको भिडियोलाई रजनिशले नै निर्देशन गरेका हुन्।
त्यस्तै बीएस मेकरले पनि नयाँ थारु होली गीत सार्वजनिक गरेको छ। लाल गुलाल बोलको गीतमा अन्नु, श्रीनिवास, रामदेव, सोनु र समीक्षा चौधरीको स्वर रहेको छ। सावनको शब्द र कम्पोज रहेको गीतलाई सागर चौधरीले निर्माण गरेका हुन्।
बिकास गुरुङले खिचेको भिडियोलाई पनि सावनले नै निर्देशन गरेका हुन्। भिडियोमा राजीव, श्रीजना, सागर, बर्सा, धिरज र रचना चौधरीले अभिनय गरेका छन्।
त्यस्तै थारु प्रोडक्सन हाउसले भौजी हो बोलको गीत सार्वजनिक गरेको छ। मनमती बखरिया र खेम चौधरीको स्वर रहेको गीतमा मनमती बखरियाको शब्द संगीत रहेको छ। हीरा चौधरीले निर्देशन गरेको भिडियोमा वीर, समु, निक्का बोस, रन्जिता बखरिया, सनी र डटकम चौधरीले अभिनय गरेका छन्।
त्यस्तै मेगा डिजिटल रेकर्डिङ स्टुडियोले लाल हरियर कलेजी बोलको गीत सार्वजनिक गरेको छ। गीतमा देवकृष्ण विश्वास, प्रकाश माझी, सुनिल चौधरी, निकिता थारु, बसन्ती चौधरी र प्रतिका चौधरीको स्वर रहेको छ। राज संघर्षको शब्द रहेको गीतमा देवकृष्ण विश्वा सको कम्पोज रहेको छ। भिडियोमा वीर, दीपिका, विनोद, सुनिता, विमल, सनम चौधरीलगायतले अभिनय गरेका छन्।
त्यस्तै आरकेसी डिजिटलले नयाँ होली गीत सार्वजनिक गरेको छ। गीतमा राज कुश्मी र अन्जु् कुश्मीको स्वर रहेको छ। गीतको शब्द राज कुश्मीले संकलन गरेका हुन्। गीतको भिडियोमा विवश र निरुता क्षेत्रीको अभिनय रहेको छ। रामु चौधरीले छायाँकन गरेको भिडियोलाई विवशले नै निर्देशन गरेका हुन्।
म वार्ता टोलीको संयोजक होइन, भ्रामक तथा झुठा समाचारको खण्डन गर्छु : रेशम चौधरी
जसपाका निलम्बित सांसद रेशम चौधरीले आफू वार्ता टोलीको संयोजक नभएको स्पष्ट पारेका छन्। थारुवानसँग टेलिफोनमा कुरा गर्दै उनले आफू थरुहट थारुवान राष्ट्रिय मोर्चाको सदस्य पनि नभएको र उनीहरुसँग सम्पर्कमा समेत नरहेकाले मेरोबारे मिथ्या समाचार प्रकाशन नगरदिन अपिलसमेत गरेका छन्। Continue reading “म वार्ता टोलीको संयोजक होइन, भ्रामक तथा झुठा समाचारको खण्डन गर्छु : रेशम चौधरी”