रितु र जगत गुरु जोडीको नयाँ भिडियो सार्वजनिक

‘रितु-जगत’ जोडी किन सधैं सँगै म्युजिक भिडियो खेल्छन् ?

सुलभ फिल्मसले थारु गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ। ए हो धानी बोलको गीतको भिडियोमा जगत गुरु, रितु चौधरी र धनिराम चौधरीले अभिनय गरेका छन्।

चन्द्र चौधरीको निर्देशन रहेको भिडियोलाई मुन्ना लभकुश्मीले कोरियोग्राफी गरेका छन् भने दयाशंकर चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्।

गणेश चौधरी र समीक्षा चौधरीको शब्द र स्वर रहेको गीतमा गणेश चौधरीले संगीत भरेका छन्।

यसअघि रितु र जगत गुरुको जोडीले थुप्रै म्युजिक भिडियो खेलिसकेको छ। ‘मोर कविला, ए मोर हजुर, दिल चुराके’लगायत गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।

प्रहरी जवानको नतिजा प्रकाशन, साढे दुई सय बढी थारुले निकाले नाम

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदको नतिजा प्रकाशन भएको छ। खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न २०७६ भदौ ६ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा बुधबार प्रकाशन भएको हो। Continue reading “प्रहरी जवानको नतिजा प्रकाशन, साढे दुई सय बढी थारुले निकाले नाम”

मन्त्रिपरिषद् पुनर्गठन, यसपाली पनि कोही थारु मन्त्री बनेनन्

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन्। नयाँ मन्त्रिमण्डलमा भने थारु अनुहार देख्न पाइने छैन। पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ। Continue reading “मन्त्रिपरिषद् पुनर्गठन, यसपाली पनि कोही थारु मन्त्री बनेनन्”

२२ वर्षीय अभिषेक चौधरीको हत्या

झापामा एक युवकको हत्या भएको छ। कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। Continue reading “२२ वर्षीय अभिषेक चौधरीको हत्या”

अन्नु चौधरीको नयाँ गीतमा मन्सा रावलको अभिनय

थारु म्युजिक भिडियोमा मन्सा रावलको अभिनय

आरकेसी डिजिटलले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ। अन्नु चौधरी र आरके चौधरीको स्वर रहेको गीतमा सुवेश कठरियाको शब्द र गणेश चौधरीको संगीत रहेको छ। Continue reading “थारु म्युजिक भिडियोमा मन्सा रावलको अभिनय”

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्।

‘गत आइतबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाले मसँग सम्पर्कमा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई सतर्क रहन अनुरोध गर्दछु,’ उनले लेखेकी छन्। Continue reading “लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण”

पक्राउ पूर्जी जारी भएपछि वडाध्यक्ष खेमराज चौधरी फरार

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। वन अतिक्रमण गरेको भन्दै उनीविरुद्ध डिभिजन वन कार्यालय कैलालीले पक्राउ पुर्जी जारी गरेको हो।

वडा अध्यक्ष चौधरीले जेसिबी मेसिन प्रयोग गरी करिब ०.४ हेक्टर वन क्षेत्र विनाश तथा अतिक्रमण गरेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ। Continue reading “पक्राउ पूर्जी जारी भएपछि वडाध्यक्ष खेमराज चौधरी फरार”

अस्पताल भर्ना भएका डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

निमोनिया र सुगरको समस्या देखिएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यहीँ गरिएको पीसीआर परीक्षणका क्रममा सोमबार राति संक्रमण पुष्टि भएको हो। Continue reading “अस्पताल भर्ना भएका डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण”