राम अरोहा र समीक्षा अधिकारीको गीतमा देवदाससँग अनुस्का सिक्दैछन् घोङी खाने तरिका

जसपाले थरुहट थारुवान मोर्चालाई गर्‍यो ‘मर्जर’को प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) र थरुहट थारुवान राष्ट्रिय मोर्चाबीच काठमाडौंको बानेश्वरमा छलफल भएको छ। छलफलमा जसपाले मोर्चालाई ‘मर्जर’को प्रस्ताव गरेको छ। जसपका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो सहभागी थिए। Continue reading “जसपाले थरुहट थारुवान मोर्चालाई गर्‍यो ‘मर्जर’को प्रस्ताव”

कक्षा ८ पढ्ने रीना चौधरीले जितिन् अन्तरिक्ष चित्रकलातर्फ प्रथम पुरस्कार

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। Continue reading “कक्षा ८ पढ्ने रीना चौधरीले जितिन् अन्तरिक्ष चित्रकलातर्फ प्रथम पुरस्कार”

बोल्ड अवतारमा देखिइन् अभिनेत्री नारायणी चौधरी

नारायणी चौधरी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सिएस फिल्मसले सार्वजनिक गरेको धड्कन बन्के बोलको गीतको भिडियोमा नारायणीको अपोजिट हेमन्त कठरियाले अभिनय गरेका छन्। Continue reading “बोल्ड अवतारमा देखिइन् अभिनेत्री नारायणी चौधरी”

लुम्बिनी प्रदेश कायम भए पनि थरुहटको मुद‍्दा छाडेका छैनौं : डा. गोपाल दहित

लुम्बिनी प्रदेश कायम भए पनि थरुहटको मुद्दा छाडेका छैनौं : डा. गोपाल दहित

नेपाली कैंग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. गोपाल दहितले थरुहटको मुद्दा अहिल्यै नछाडेको बताएका छन्।

थारु बाहुल्य प्रदेश ५ को नामाकरण लुम्बिनी भएसँगै थारु नेताहरुले कतै थरुहट/थारुवानको मुद्दा छाडेको त होइनन् भन्ने प्रश्न आम थारुहरुमा रहेको छ। Continue reading “लुम्बिनी प्रदेश कायम भए पनि थरुहटको मुद्दा छाडेका छैनौं : डा. गोपाल दहित”

कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा समस्या आएपछि ‘आइसीयु’मा भर्ना

केही दिनअघि कोरोनाबाट संक्रमित भएकी नेकपाकी सांसद शान्ता चौधरी आइसीयुमा भर्ना भएकी छन्।

वीर अस्पतालको आइसोलेसनमा रहेकी उनको स्वास्थ्यमा समस्या आएपछि आइसीयुमा भर्ना गरिएको उनका छोरा अनिल चौधरीले जानकारी दिएका छन्। Continue reading “कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा समस्या आएपछि ‘आइसीयु’मा भर्ना”

सुमित्रा चौधरी राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा थप ११ जना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ जना र मन्त्री जगत विश्वकर्माको सिफारिसमा दुई जना गरी थप ११ जना बोर्ड सदस्यमा नियुक्त भएका हुन् । Continue reading “सुमित्रा चौधरी राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त”

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, थारु बाहुल्य क्षेत्रको अवस्था के छ?

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमित संख्या लाख नाघेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ। जसमध्ये ७३ हजार २३ जना कोरोनामुक्त भएका छन्। शुक्रबार थप १६८० जना कोरोनामुक्त भएका थिए। त्यस्तै नेपालमा हालसम्म ६ सय जना संक्रमितको मृत्यु भएको छ। Continue reading “नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, थारु बाहुल्य क्षेत्रको अवस्था के छ?”

भतिजाको स्मृतिमा वडाध्यक्ष नेपालु चौधरीद्वारा साढे चार लाखको प्रतीक्षालय निर्माण

नेपाल नेत्रज्योती संघअन्तर्गत सञ्चालित लमही आँखा अस्पताल दाङमा एक वडाध्यक्षले भतिजाको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन्। लमही नगरपालिका-२ का वडाध्यक्ष नेपालु चौधरीले भितजा स्वर्गीय सुशिल चौधरीको स्मृतिमा चार लाख ५० हजार लगानीमा निर्माण गरिदिएका हुन्। Continue reading “भतिजाको स्मृतिमा वडाध्यक्ष नेपालु चौधरीद्वारा साढे चार लाखको प्रतीक्षालय निर्माण”