राजपत्रमा ‘राप्ती उपत्यका (देउखुरी)’ लेखेको भन्दै थारुहरुको विरोध

दाङको देउखुरी उपत्यकालाई राप्ती उपत्यका भनेर राजपत्रमा प्रकाशित भएपछि थारुहरु विरोधमा उत्रिएका छन्। थारुहरुले मौलिक शब्द डेउखरलाई देउखुरी बनाएर अहिले अहिले देउखुरी उपत्यकालाई राप्ती उपत्यका बनाएर हस्तक्षेप गरेको आरोप लगाएको छ। Continue reading “राजपत्रमा ‘राप्ती उपत्यका (देउखुरी)’ लेखेको भन्दै थारुहरुको विरोध”

७५ वर्षीया सितलीदेवी थरुनी ११ दिनदेखि बेपत्ता

घर नजिकैको धानखेत हेर्न निस्केकी ७५ वर्षीया वृद्धा पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी छन् । १२ असोजको बिहान करिब साढे ७ बजेतिर घर नजिकैको खेत हेर्न जान्छु भन्दै निस्किएकी सिरहाको लहान नगरपालिका १५ ढोढना बानो गाउँकी ७५ वर्षीया सितलीदेवी थरुनी पछिल्लो ११ दिनदेखि बेपत्ता भएकी हुन् ।

‘आफन्त, गाउँघर सबैतिर खोजिसक्यौं, कतै पनि फेला पर्नु भएको छैन’ वृद्धाकी बुहारी निर्मला चौधरीले भनिन् ‘सासु बेपत्ता भएपछि परिवारमा थप चिन्ता बढेको छ ।’

सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजीका लागि लहानस्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको वृद्धाकी ज्वाइँ रामचन्द्र चौधरीले बताए । लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले हराएकी वृद्धाको तस्वीरसहितको हुलिया प्रहरी युनिटहरुमा पठाएर खोजी भइरहेको बताए ।

१२ वर्षसम्म साङ्लोले बाँधिएका उमाकान्त चौधरीको जीवनमा आएको परिवर्तन

उमाकान्त चौधरीको जवानी गोठमा फलामे साङ्लोले बाँधिएरै बित्यो। उहाँकै अगाडि बाँधिएका पशुचौपाया बरु चर्न दिनदिनै बाहिर निस्किन्थे तर सप्तरीको अग्निसाइर कृष्णसवरण-१, घोघींदाहा भवानीपुरका उमाकान्त चौधरीको हातमा लागेको साङ्लो खोल्न भने ठीक १२ वर्ष लाग्यो। Continue reading “१२ वर्षसम्म साङ्लोले बाँधिएका उमाकान्त चौधरीको जीवनमा आएको परिवर्तन”

प्रदेशको नाम जातीय आधारमा नराखिएको भन्दै बाबुराम आक्रोशित

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा नराखिएको भन्दै टिप्पणी गरेका छन्। उनले ट्वीटमार्फत प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? भन्दै प्रश्न गरेका छन्। Continue reading “प्रदेशको नाम जातीय आधारमा नराखिएको भन्दै बाबुराम आक्रोशित”

निर्वासनबाट जन्मभूमि टेकेको दिन…

म अदालतमा यसरी छिरें
संसदीय चुनावमा सीमापारबाट विजय प्राप्त गरेको मेरा लागि भने अलमल्याउने जालमा पाइताला टेकिएको झैं भएको थियो । मेरा कार्यकर्ताहरु चुनाव जितेको भोज खाइरहँदा भने म भारतको गल्लीमा लगाइएको ठेलामा भात खाइरहेको थिएँ । Continue reading “निर्वासनबाट जन्मभूमि टेकेको दिन…”

कोरोना संक्रमित शान्ता चौधरीले भनिन्- ‘शारीरिकरुपमा अस्वस्थ छु, स्वासप्रस्वासमा समस्या भैरहेको छ’

कोरोनाबाट संक्रमित भएपछि नेकपाकी सचेतक शान्ता चौधरी वीर अस्पतालमा आइसोलेसन बसेकी छन्। उनी डाक्‍टरको सल्लाहअनुसार अस्पतालमा आइसोलेसन बसेकी हुन्। Continue reading “कोरोना संक्रमित शान्ता चौधरीले भनिन्- ‘शारीरिकरुपमा अस्वस्थ छु, स्वासप्रस्वासमा समस्या भैरहेको छ’”

रुपन्देहीबाट एयपोर्ट सारेर ल्याउँ, त्यहाँको संरचना उठाएर ल्याउँ भनेका छैनौं : योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रुपन्देहीमा विकासको गतिलाई राजधानी हुने र नहुने विषयले रोक्न नसक्ने बताएका छन्।

राजधानीसँगै रुपन्देहीको विकासको संरचना, अन्तर्राष्ट्रिय विमानस्थल, भालुबाङ आए पो चित्त दुखाउन जायज हुने भन्दै उनले रुपन्देहीबासीलाई आश्वासन दिएका छन्। Continue reading “रुपन्देहीबाट एयपोर्ट सारेर ल्याउँ, त्यहाँको संरचना उठाएर ल्याउँ भनेका छैनौं : योगेन्द्र चौधरी”

अभिनेता प्रदीप कुमार चौधरीको निर्देशनमा थारु म्युजिक भिडियो आउँदै

अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले थारु गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। घुइम घुइमके ताकैबाली बोलको गीतको म्युजिक भिडियोमा उनले निर्देशन गरेका हुन्। Continue reading “अभिनेता प्रदीप कुमार चौधरीको निर्देशनमा थारु म्युजिक भिडियो आउँदै”

डिल्ली चौधरीद्वारा पार्टीको ह्वीपलाई बेवास्ता गर्दै दाङको पक्षमा मतदान

प्रदेश ५ को प्रदेशसभामा राजधानीको प्रस्तावमा भएको मतदानमा पार्टीले जारी गरेको ह्वीपलाई बेवास्ता गर्दै कांग्रेस सांसद डिल्ली बहादुर चौधरी पक्षमा मतदान गरेका छन्।

मंगलबार बुटवलस्थित प्रदेशसभामा भएको मतदानमा उनीसहित ५ जनाले राजधानी दाङलाई बनाउने प्रस्तावमा मत खसालेका थिए। Continue reading “डिल्ली चौधरीद्वारा पार्टीको ह्वीपलाई बेवास्ता गर्दै दाङको पक्षमा मतदान”