समाज

लहान पनि तनावग्रस्त

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सिरहाको लहानमा बुधबार साँझ प्रहरीले तीन राउण्ड हवाई फायरसहित केही सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहान खण्डको पश्चिम ट्राफिक चोक नजिक रुख ढालेर साँझ ५ बजे सडक अवरुद्ध गर्न खोज्दा प्रहरीले रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा स्थिति नियन्त्रणमा...

थारूवान

सीमांकन बिरुद्ध आन्दोलनरत संयुक्त थरुहट संर्घष समितिका बाँके संयोजक चन्द्रबहादुर चौधरी लगायतका अगुवाहरु आन्दोलनबाट अलग्गिएका छन् । उनीहरुले सडक संर्घष त्यागेर शान्तिपुर्ण आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका हुन् । एमाले सचिवालय सदस्य समेत रहेका चौधरीको नेतृत्वमा बिगत २८ दिनदेखि बाँकेमा अनिश्चितकालीन बन्द हुदै आएको थियो ।

थारूवान

नवलपरासीको बर्दघाटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ । थरुहट-थारुवान तथा आदिवासी जनजाति संयुक्त संघर्ष समितिको विरोध सभामा सहभागीहरुले ढुंगा प्रहार गरी गुडिरहेको लु १ ख ८७२० नम्बरको मिनीमाइक्रो बसको सिसा फुटाइदिएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसपछि स्थिति...

थारूवान

महोत्तरीको जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका ७ का रोहन चौधरी, १४ का मुसवा कापर र जलेश्वर ५ का रामविवेक यादव छन्। प्रदर्शनकारीले जिल्ला अदालतमा आगजनी गर्न लागेपछि सरकारी सम्पत्ति जोगाउने क्रममा बल प्रयोग गर्नुपरेको प्रशासनको भनाइ छ।

थारूवान

ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल इन्टरनेशनल स्कुलले उत्कृष्ट विद्यालयको अवार्ड जितेको छ। ३६औं शिक्षा दिवसको अवसरमा स्कुलले अवार्डसँगै दुई लाख नगद र राष्ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र पाएको हो। शिक्षा मन्त्रालयद्वारा आयोजित समारोहमा शिक्षामन्त्रीले चित्रलेखा यादवको हातबाट सो अवार्ड स्कुलका प्रिन्सिपल तेजुलाल चौधरीले ग्रहण गरेका थिए।

थारूवान

सप्तरीको भारदहमा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ। राजमार्गमा ढालेको रुख हटाउने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि प्रतिकारमा गोली चलाउँदा रामकृष्ण राउतको मृत्यु भएको हो। ६० वर्षीय मृतक राउत पोर्ताह–१ का बासिन्दा हुन्। उनको छातीमा गोली लागेको छ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले बुधबार बिहान थारुलाई भैरहवाबाट पक्राउ गरेको हो। कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै थारुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताएका छन्। भैरहवास्थित देवी चौधरीको घरमा रहेको...

थारूवान

कारी महतो/चितवन थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ४ का सभापति जीवनराम महतोको उनकै छोराले हत्या गरेका छन्। मानशिक सन्तुलन गुमाएका २७ वर्षका छोरा विश्वनाथ महतोले खुर्पा प्रहार गरेर हत्या गरेका हुन्। घरैमा बसिरहेका बेला एक्कासी खुर्पा प्रहार गरेर उनको हत्या गरिएको स्थानीयले बताएका छन्।

थारूवान

थरुहट/थारुवान संघर्ष समितिले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमाले उपाध्यक्ष भीम रावल र एकीकृत माओवादी नेता लेखराज भट्टको तस्बिरसहित थारुविरोधी नेता भनेर छापिएको पर्चा बाँडेका छन्। तीन नेताको तस्बिरसहित पर्चामा थारुविरोधी नेता मूर्दावाद लेखिएको छ। संयोजक चौधरीले आयोजकले थारु अधिकार नदिनेलाई चिनाउन पर्चा बाँडेको जानकारी दिए।  ...

थारूवान

महेश चौधरी नेपालको राष्ट्रिय राजनीति नेपाली समाजको सामाजिक बनोट र भौगोलिक अवस्थाबाट गम्भीर रुपबाट प्रभावित छ । भौगोलिक रुपमा नेपालमा हिमाल, पहाड, तराई भौगोलिक विविधता भएकोले नेपालको अवस्था अत्यन्त विशिष्ट छ । नेपालमा धेरै जात–जाति, भाषा, भाषि, धर्म, संस्कृति र उत्पत्तिका मानिसहरूको बसोबास रहेको छ । नेपाल दुई ठूला...

थारूवान
1 26 27 28 29 30 99