समाज

कान्तिपुरकर्मी चौधरीलाई सेजन अवार्ड

काठमाडौं- आर्थिक पत्रकार समाज (सेजन) ले बर्सेनि वितरण गर्ने सेजन अवार्ड कान्तिपुरकर्मी राजु चौधरीले पाएका छन् । चौधरीसहित विभिन्न विधामा अन्य तीन पत्रकार पनि पुरस्कृत भएका छन् । छापा माध्यममा उत्कृष्ट समाचार सम्प्रेषण गरेको आधारमा चौधरी पुरस्कृत भएका हुन् । उनीसहित नागरिक दैनिकका सुजन ओलीले पनि छापाबाटै पुरस्कार पाएका...

थारूवान

दाङ- थारु विद्यार्थी समाज दाङको जिल्ला कार्यसमितिको अधिवेशन नजिकै गर्दा अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न जिल्लाका क्याम्पस, प्लस टु र स्कुलमा कार्यसमिति विस्तारन गर्ने कार्यलाई तिव्र बनाइएको छ।

थारूवान

सरकारले सहमति कार्यान्वयन नगर्दा गत वर्ष मुक्त घोषणा गरिएका कम्लरीहरु समाजमा पुनर्स्थापित हुन सकेका छैनन् । विभिन्न माग राख्दै आन्दोलित कम्लरीहरुलाई सरकारले गत बर्ष १३ असारमा समाजमा पुनःस्थापित गराउने प्रतिवद्धता जनाउँदै मुक्त घोषणा गरेको थियो ।

थारूवान

बाराको प्रसिद्ध गढीमाई मेलाका लागि नेपालका विभिन्न जिल्ला र सिमावर्ती भारतबाट आएका दर्शनार्थीको भिड बाक्लिँदै गएको छ। शुक्रबार मूल पुजारीले पञ्चबली चढाएपछि सर्वसाधारणको लागि बलि खुल्ला हुनेछ। त्यसअघि मेला मानिसको बाक्लो उपस्थिति ढाकिसकेको छ। मन्दिरका पुजारी मंगल चौधरीले बिहीबार दिनभरमा एक लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान गरे।

थारूवान

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनाका लागि अत्याधुनिक एक हेलिकोप्टर आज एक समारोहमा हस्तान्तरण गर्नुभएको छ। पाँच हजार पाँच सय किलोग्राम क्षमताको सो हेलिकोप्टर आज साँझ सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री कोइरालालाई भारतीय प्रधानमन्त्रीले हस्तान्तरण गर्नुभयो।

थारूवान

काठमाडौं- प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज यहाँ आयोजित समारोहबीच राष्ट्रिय ट्रमा सेन्टरको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। मित्र राष्ट्र भारत सरकारको सहयोगमा निर्माण भएको सो सेन्टर सोही समारोहमा नेपाललाई हस्तान्तरण भएको हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनमा भाग लिन आउनेक्रममा आज...

थारूवान

     लुम्बिनी- श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान पूजा गर्नुभयो। यसअघि श्रीलङ्काली राष्ट्रपतिसहितको टोली चढेको हेलिकप्टर लुम्बिनीको बसपार्क नजिक रहेको हेलिप्याडमा अवतरण गरेको थियो। अवतरणपछि बाहिरी बाटो हुँदै ५ नं ढोकाबाट मायादेवी मन्दिर प्रवेश गर्नुभएका राष्ट्रपति राजापाक्षले झन्डै पाँच मिनेट मायादेवी मन्दिर र अशोक...

थारूवान

लुम्बिनी (रुपन्देही)- श्रीलङ्काका राष्ट्रपति महिन्द्रा राजापाक्ष बुद्ध जन्मस्थल भ्रमण गर्न लुम्बिनी पुगेका छन्। विश्व शान्तिको मुहान शाक्यमुनि बुद्धका जन्मस्थल लुम्बिनीप्रति निकै आस्था र विश्वास राख्नुहुने श्रीलङ्कन राष्ट्रपति राजापाक्ष देशको कार्यकारी पदमा पुगेपछि दोस्रोपटक लुम्बिनी पुगेका हुन्।

थारूवान

आशिष चौधरी परिवर्तन हेर्न खोज्नेहरुलाई उस्ले भन्ने गर्दथ्यो, ‘कहिले यो बोल्या छौ त कहिले त्यो, बदलाव बोलेर मात्र आउँछ?’

थारूवान

गणेश चौधरी, टीकापुर- पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारू समुदायको रहनसहन र ठाउँअनुसार भेषभूषा तथा गहना फरकफरक रहेको पाइन्छ। दाङदेखि पश्चिम कञ्चनपुरसम्मका दंगाली थारूको गहना विशेष किसिमको छ। यिनीहरूले लगाउने गहना विशेषगरी चाँदी र सुनका हुने गर्छन्। पछिल्लो समय यिनीहरूले लगाउने पुराना गहना लोप हुँदै जान थालेका छन्।

थारूवान
1 46 47 48 49 50 99