समाज
चौधरी दम्पत्तिको हत्या
कैलाली- कैलालीको थापापुर गाउँ विकास समिति–४ मोहनपुरमा गएराति एक दम्पतीको हत्या भएको छ। पचास वर्षीय खुसीराम चौधरी र उनकी श्रीमती फुलरानी चौधरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए।
थारूवानकाठमाडौं- नेपालीहरुको महान् चाड विजयादशमीको पहिलो दिन नेपालीको आँगनमा खुशियालीपूर्वक घटस्थापना भित्राइँदैछ। घटस्थापनाको साइत आज बिहान ९:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विजयदशमीको पहिलो दिन घटस्थापनामा दुई महत्वपूर्ण कृत्य (कार्य) गर्ने गरिन्छ। पहिलो सबै नेपालीको घरघरमा जमरा राखिन्छ भने दोस्रो घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ।...
थारूवानचितवन- राजनीतिक दलले संविधानसभा निर्वाचनका लागि थारुहरूबाट उम्मेदवार मनोनयन नगरेको भन्दै चितवनका थारु समुदायले आपत्ति जनाएका छन्। थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्राम महत्तोले ठूला भनिएका र समावेशी गर्छौं भन्ने दलहरूले थारुलाई बेवास्ता गरेको भन्दै असन्तुष्ट जनाउनुभयो। केही साना दलले निर्वाचनमा थारु प्रतिनिधि समावेश गरेपनि ठूला दलले भने गरेका...
थारूवाननविन चौधरी, दाङ- मंसिर ४ गते हुने भनिएको संविधान सभा निर्वाचनका लागि दाङका पाँच वटै क्षेत्रबाट ३१ जना थारुहरुको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनसम्म निर्वाचन कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका थारु नेताहरुले आफ्नो उम्मेद्वारी दिएका हुन्। दाङमा १ सय १५ जना उम्मेदवारमध्ये ३१ जना थारु नेताहरुको...
थारूवानकञ्चनपुर- थारु पत्रकार संघ, नेपालका सुदूरपश्चिम इन्चार्ज रामचन्द्र कुश्मीलाई ज्यानमार्ने धम्की दिइएको छ। कञ्चनपुरका गोपालबहादुर चन्दको नेतृत्वमा आएको एक समूहले उनलाई ज्यान मार्ने धम्की दिएका हुन्। कार्यालयमा रहेको कुश्मीलाई पत्रकारिता तालिमको प्रमाण पत्र दिन माग गर्दै धम्की दिएका थिए। धम्कीको थारु पत्रकार संघ, नेपालले गम्भीर आपत्ति जनाएको छ।
थारूवानसन्तोष दहित, दाङ- आठ वर्षअघि अरुको घरमा कमलरी बसेर काम गर्थिन् सतवरिया-५, की विष्णु चौधरी। उनी दुई वर्ष दाङकै एक जमिन्दारको घरमा दासीको रुपमा बस्दै आएकी थिइन्। २०६१ को माघीमा कमलरी उन्मुन क्षेत्रमा काम गर्ने संघसस्थाले गाँउ-गाँउमा छापा अभियान चलाउन थाले। त्यही अभियानका क्रममा घोराहीदेखि दक्षिणतिर रहेको भैस्कुर गाँउमा...
थारूवानकाठमाडौं- विशेष अदालतले गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेको अभियोग लागेका विद्युत् प्राधिकरणका १८ कर्मचारीबाट रू. ५ करोड बढी धरौटी बुझाई तारिकमा हाजिर हुन आदेश दिएको छ। उक्त अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा मुछिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो...
थारूवानपरासी- नवलपरासीको प्रगतिनगरमा आज यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको छ। कावासोती प्रहरीका अनुसार काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु१ख ७३६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना१९प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा प्रगतिनगर–९ का ५५ वर्षीय रामप्रसाद भुसाल, ...
थारूवानगौशाला- राष्ट्रिय प्रजातन्त्र पार्टीले महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रत्यक्ष उम्मेदवारीका लागि पत्रकार वैद्यनाथ चौधरीको नाम सिफारिस गरेको छ। राप्रपा पार्टीको जिल्ला कार्यसमितिले पत्रकार चौधरीसँगै महोत्तरीको छवटै क्षेत्रमा प्रत्यक्ष र समानुपातिक लागि आफ्ना दलका उम्मेदवारका नाम सिफारिस गरी पठाएको पार्टीका जिल्ला अध्यक्ष राजेश्वर रायले बताए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश