समाज
थारु किशोरी तथा बालिका अहिले पनि कमलरी
बाँके- मध्य र सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लामा हाल पनि ७३१ जना थारु किशोरी तथा बालिकालाई कमलरीको रुपमा राखिएको पाइएको छ। बालश्रमिक मुक्त जिल्ला घोषणा गरिएका जिल्लामा समेत कमलरी राखिएको पाइएको हो। मुक्त कमलरी विकास मञ्चका अनुसार मध्य र सुदूरपश्चिमाञ्चलका बा“के, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा कमलरीको उद्धार हुन बाँकी छ। मुक्त...
थारूवानकाठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले विसं २०६९ को प्रवेशिका परीक्षा (एसएलसी)को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रवेशिका परीक्षा आगामी चैत १ देखि ९ गतेसम्म हुँदैछ। परीक्षामा नियममिततर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ गरी कूल पाँचलाख ४७ हजार १६५ परीक्षार्थी सामेल हुँदैछन्।
थारूवानकञ्चनपुर- शिक्षकले पढाएको सुन्न नसकेपछि एक छात्राले विद्यालय छाडेकी छन्। झलारीस्थित धर्म जनता उच्चमाध्यमिक विद्यालयमा अध्ययनरत नौखुरीकी मीना चौधरीले पढाइ छाडेकी हुन्। कान नसुन्ने चौधरी कक्षा ९ मा अध्ययनरत थिइन्। “कान कमजोर भएकाले कक्षामा पढाएको सुन्न सकिएन” उनले भनिन्, “त्यसपछि पढ्न छाडेर घरमा बसेकी छु।”
थारूवानकञ्चनपुर- राष्ट्रिय मुक्त हलिया समाज महासङ्घले मुक्त हलियालाई प्याकेजमा पुनःस्थापन गराउने तीन वर्षे कार्यक्रम बनाएको छ। भूमि सुधार तथा व्यवस्था मन्त्रालयसँग समन्वय गरी बनाएको कार्यक्रम बजेट अभावमा थन्किएको छ। चार वर्षअघि मुक्त घोषणा गरिएका हलियामध्ये तीन वर्षको प्याकेजमा पुनःस्थापन गराउन रु एक अर्ब ५६ लाखको कार्ययोजना बनाएको थियो।
थारूवानवीरगन्ज- अपहरणमा परेका आठ वर्षीय बालकको सकुशल उद्धार गरेर पर्साको शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएवापत वीरगन्ज उद्योग वाणिज्य सङ्घ र मारवाडी सेवा ट्रस्टले जिल्लाका छजना प्रहरी अधिकृतलाई संयुक्तरुपमा सम्मान गरेको छ। सम्मानित हुनेहरूमा अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल, पर्साका प्रहरी उपरीक्षक पीताम्बर अधिकारी, सशस्त्र...
थारूवानसप्तरी- सप्तरीको पिप्रापूर्व गाविसका दुई बालिका एकैसाथ बलात्कृत भएका छन्। कोसी टप्पु वन्यजन्तु आरक्षभित्र गोबरको गुइँठा टिप्न गएका पिप्रापूसव गाविस–६ का १० र ११ वर्षका साह र खङ्ग थरका बालिकालाई अपरिचित दुई युवाले बलात्कार गरेको ती बालिकाका परिवारले बताएका छन्। बलात्कार गर्ने युवकहरुको पहिचान हुन सकेको छैन।
थारूवानप्रकाश सिलवाल- काठमाडौं- कक्षा कोठामा शिक्षकले गृहकार्य जाँच गरिरहेका छन्। शिक्षकले पालैपालो हरेक विद्यार्थीको कापी जाँच गर्दै सल्लाह पनि दिँदैछन् तर यो क्रम केही छिनमै सकिन्छ किनकी त्यहाँ गृहकार्य गर्नेभन्दा नगर्ने विद्यार्थी धेरै थिए। सबै विद्यार्थीको गृहकार्य नदेखेपछि शिक्षक रिसाउँछन् र एक विद्यार्थीको नजिक पुगेर सोध्छन्,
थारूवानबाँके- बाँके जिल्लाको महादेवपुरी गाविसका किशोरीहरु विद्यालय शिक्षकहरुबाट कक्षा कोठामै यौन दुर्व्यवहार सहन बाध्य रहेको पाइएको छ। शिक्षकले गृहकार्य नगरेको वा सोधेको प्रश्नको उत्तर दिन नसकेको निहुँमा उनीहरुमाथि यौन दुर्व्यवहारसमेत गर्ने गरेको छात्राहरुको गुनासो छ। शिक्षकबाट पीडित महादेवपुरी गाविस–५ ढकेरीकी कक्षा–८ की १७ वर्षीया एक छात्राले शिक्षा हासिल गर्न विद्यालय...
थारूवानभद्रपुर- तमू ह्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को झापाको विर्तामोडमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनले रेशम गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ। उनले ३ सय ७५ मत प्राप्त गरेर विजयी भएको हो भने अर्का प्रत्यासी विनोद गुरुङले ८९ मत प्राप्त गरेको थियो। निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा भद्रमान गुरुङ, महासचिवमा धनमान गुरुङ, उपमहासचिव (निर्विरोध)मा...
थारूवानसोलुखुम्बु- सल्लेरी २ फाप्लु सोलुखुम्बुकी छ वर्षीया बालिकालाई बलात्कार गर्ने दुई जनालाई कारागार चलान गरिएको छ। बालिका बलात्कार गर्ने फाप्लुकै १३ वर्षीय मिलन तामाङ र निजकै भाइ १२ वर्षीय पेम्बालाई जिल्ला अदालत सोलुखुम्बुले २०६९ साल वैशाख २८ गते पाँच महिना १८ दिन कैद सजाय सुनाएको थियो। उनीहरूको उमेर कम...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश