समाज

विस्थापित पत्रकार दैलेख फर्किए

सुर्खेत- असुरक्षाका कारण सुर्खेतमा बस्दै आएका दैलेखका २२ जना पत्रकार मङ्गलबार बिहान दैलेख फर्किएका छन्। एमाओवादीका कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि उनीहरु विस्थापित भएका थिए। पत्रकार डेकेन्द्रराज थापाका हत्या आरोपीहरु पक्राउ गरिएपछि अनुसन्धान अघि बढाउन दबाब दिएकै कारण पत्रकारले ज्यान मार्ने धम्की खानुपरेको थियो। 

थारूवान

इटहरी- सुनसरी जिल्लाको इटहरी–५ बालग्राम चोकस्थित राजमार्गमा दुई यात्रुवाहक बस जुध्दा ती दुवै बसमा यात्रारत २१ यात्रु घाइते भएका छन्। सो घटनामा परी एकजना यात्रु गम्भीर घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। दुर्घटनामा परी गम्भीर घाइते हुने झापाको मेचीनगर–१० निवासी २८ वर्षीय उपेन्द्रकुमार कार्की रहेको प्रहरीले...

थारूवान

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा रहेको शारदा विद्यापीठमा कर्मचारी र प्राचार्यबीचको विवादले तालाबन्दी हुँदा दुई महिनादेखि पठनपाठनको कार्य प्रभावित भएको छ। विद्यापीठका कर्मचारीहरुले प्राचार्यको राजीनामासहित सेवासुविधा बढाउनुपर्ने माग अघि सार्दै मङि्सर १३ गतेदेखि तालाबन्दी गरेका हुन्। संस्कृत पढाइ हुने यहाँको एक मात्रै क्याम्पसमा लामो समयदेखि तालबन्दी हुँदा यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनको...

थारूवान

चितवन- लामो समयदेखि आफूहरुले तलब नपाएको भन्दै चितवनको विकटमा रहेको माडी बाँदरझुला निमाविका शिक्षकले विद्यालय बन्द गराएका छन्। शिक्षकहरुको आन्दोलनका कारण माडी अयोध्यापुरी– ९ मा रहेको बाँदरझुला निमावि विगत पाँच दिनदेखि बन्द हुन पुगेको छ। दस महिनादेखि तलब नपाएकाले आफूहरु गत शुक्रबारदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रनु परेको...

थारूवान

वीरगन्ज- वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित बाराको छातापिप्रा– ३ स्थित नेपाल लुब्रिकेन्टस प्रालिमा गएराति आगलागी भएको छ। अचानक बिजुलीको तार सर्ट भई भएको आगलागीबाट लाखौँको सामान जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा वीरगन्जबाट गएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ...

थारूवान

सप्तरी५- जिल्ला विकास समिति सप्तरीले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै तीनजना गाविस सचिवलाई दुई महिनाका लागि निलम्बन गरेको छ। जिविसले सप्तरीको टिकुलिया गाविसका सचिव रामदत्त यादव, सिस्वाबेल्ही गाविसका सचिव हरिनारायण यादव र औरही गाविसका सचिव महिनारायण चौधरीलाई निलम्बन गरिएको जिविसले जनाएको छ।

थारूवान

वीरगन्ज- शरीर छुँदा वा घोच्दा थाहा नहुने लाटो, फुस्रो वा रातो रङ्गको दाग छ, वा हातखुट्टा झमझमाउँछन् भन्ने होस पुर्‍याउनु होला। यो कुष्ठ रोगको लक्षण पनि हुन सक्दछ। त्यसैले यस्तो लक्षण थाहा पाउने बित्तिकै नजिकको स्वास्थ्य संस्था वा छाला रोग विशेषज्ञ कहाँ गएर जाँच गराउन नबिर्सनु होला। 

थारूवान

मोरङ- अन्तरजातीय विवाह गर्ने जोडीहरु रकम निकास नहुँदा सरकारले घोषणा गरेको प्रोत्साहन रकम पाउनबाट वञ्चित भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङमा प्रोत्साहन रकम लिन दिनहुँ धाउँदा पनि रकम निकास नभएको भन्ने जवाफ पाएर रित्तो हात फर्कन बाध्य भइरहेका छन्। तीन वर्षअघि सरकारले दलित र गैरदलित जोडीलाई जिल्ला प्रशासन कार्यालयमा विवाह...

थारूवान

हिमांशु चौधरी, जनकपुरधाम- नेपालका प्रथम गणतन्त्रवादी सहिद दुर्गानन्द झाको ५० औँ बलिदान दिवस आज विविध कार्यक्रमसहित मनाइँदैछ। विसं २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित संसद र संसदीय सरकार विघटन गरी लोकतन्त्रको हत्या गरिएको भन्दै विसं २०१८ माघ ९ गते झाले राजामाथि बम प्रहार गरेका थिए।

थारूवान

बुटवल- नेकपा-माओवादी निकट विद्यार्थी सङ्गठन क्रान्तिकारी विद्यार्थी सङ्गठन नेपाल रूपन्देही जिल्ला कमिटीले पूर्णता पाएको छ। विक्रम रानाको अध्यक्षतामा गठित जिल्ला कमिटीका उपाध्यक्षमा प्रेमबहादुर लामिछाने, सचिवमा शिवराज पौडेल, सहसचिवमा पूर्णचन्द्र भट्टराई र कोषाध्यक्षमा मोहन कुँवर रहेका छन्।

थारूवान
1 77 78 79 80 81 99