समाज
चार लाखको चेक कृष्ण थारुले फर्ता गरे
कलेन्द्र सेजुवाल, सुर्खेत- लोडरको काम गर्ने एक थारु युवाले विमानस्थलमा भेटाएको चार लाख रुपैयाँको चेक बैंकमा बुझाएका छन्। बैंकले इमान्दारिताको कदर गर्दै बिहीबार उनलाई दोसल्ला ओढाएर सम्मान गरेको छ। सुर्खेत विमानस्थलमा कार्यरत लाटीकोइली, नयाँगाउँका कृष्ण थारुले बुधबार दिउँसो चार लाख रुपैयाँको चेक भेटाएका थिए।
थारूवानजनकपुरधाम- मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आजदेखि सुरु भयो। महिलाहरूद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य घटस्थापनाका दिनदेखि दशमीसम्म प्रदर्शन गरिन्छ। लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा र धामी–झाँक्रीहरूको विचार र मन्थनबाट बोक्सीको जादु–टुनाको प्रतिकार स्वरूप यो नृत्य विकसित गरिएको बताइन्छ।
थारूवानकाठमाडौं- नेपालीहरूको महान् चाड बडादसैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दूर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ। बडादसैंको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश