2

मर्स्याङ्दीको भेलले बर्दियाका बलिराम र लक्ष्मण थारुलाई बगायो

लमजुङमा अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । ३ जना हराइरहेका छन् भने १२ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

थारूवान

कारी महतो थारु/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले आफ्नो मातहतमा रहेका १० वटा क्षेत्रका क्षेत्रीय पदाधिकारीहरुका बीच अन्तरक्रिया र संस्थागत विकासका लागि तालिम सम्पन्न गरेको छ । भरतपुर १२ मा रहेको ओएसिस मेडिकल कलेजको तालिम कक्षमा आज उक्त अन्तरक्रिया तथा तालिम सम्पन्न भएको हो । कार्यक्रममा थाकसका कानूनी...

थारूवान

कमल चौधरी, बुटवल । रुपन्देहीमा सिकलसेल एनिमिया रोगले डरलाग्दो रुप लिँदै गएको छ । विशेषगरी थारु समुदायलाई मात्र लाग्ने सिकलसेल एनिमिया रोगको कारण १४ जना मनिसहरुमा रुपन्देही जिल्लाका मात्रै यो रोग लागेको पुष्टि भैसकेको लुम्बिनी अञ्चल अस्पताल सामाजिक सेवा एकाई प्रमुख दया सागर पन्थीले जानकारी गराए । उनले सिकलसेल...

थारूवान

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारले नागरिकको बोल्ने अधिकारलाई कुन्ठित गरेको आरोप लगाएका छन् । संसदको विशेष समयमा बोल्दै बारा क्षेत्र नं १ बाट निर्वाचित सांसद चौधरीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएकै कारण राममनोहर यादवको हिरासतमा मृत्यु भएको बताए ।

थारूवान

नेकपाका सांसद अमनलाल मोदीले सत्तापक्षले राम्रो काम गरेपनि प्रतिपक्षले नकारात्मक टिप्पणी गरेको आरोप लगाएका छन्। उनले प्रतिपक्षले गरेको सामान्य आलोचनालाई सत्तापक्षले भिन्न ढङ्गले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै विकास र समृद्धिको मार्गमा लैजाने सरकारबाट भइरहेको प्रयासलाई अन्यथा रुपमा नबुझ्न प्रतिपक्षलाई आग्रह गरे। यो सरकारले विमस्टेक सम्मेलनदेखि भारत-चीनसँगको सम्बन्ध...

थारूवान

उपप्रधान एवं स्वास्थ्य, जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेका राम मनोहर यादवको मृत्यु प्रकरणमा नेपाली कांग्रेसका सांसदले सरकारप्रति प्रश्न गरेका छन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) बाराको ८‍औं अधिवेशनले पुनः रामप्रसाद चौधरी नेतृत्वमा सर्वसहमतिबाट नयाँ कार्यसमिति चयन गरेको छ। बाराको कोल्हबी नगरपालिकाको कक्रीस्थित गाउँमा भएको अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। 

थारूवान

कमल चौधरी, बुटवल । थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीको ९औं जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सैनामैना नगरपालिकाको ‘थारु होमस्टे’मा सोमबार सम्पन्न अधिवेशनबाट सतिष कुमार चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

थारूवान

जियलाल चौधरी/बारा। थारु कल्याणकारिणी सभा (थाकस)को ८औं जिल्ला अधिवेशनको उद्‍घाटसत्र सम्पन्न भएको छ। कोल्हबी-६ स्थित प्रसौना स्कुलको प्रांगणमा सम्पन्न उद्‍घाटन सत्रमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद उमाकान्त चौधरी प्रमुख अतिथि रहेका थिए। सांसद चौधरीले थारुको सामाजिक, राजनीतिक र साँस्कृतिक विकासका लागि राज्यले अहम भूमिका खेल्नुपर्ने बताए।

थारूवान

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। रामग्राम नगरपालिका-१२, शान्तिचौरकी ३२ वर्षीया मञ्जु कुमारी चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

थारूवान
1 17 18 19 20 21 131