2

ओली क्याबिनेटका एक्ला थारू मन्त्री रामकुमारी चौधरी

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दा देशकै चौथो ठूलो जनसंख्या भएको थारु समुदायबाट रामकुमारी चौधरी एक्ला मन्त्री बन्न सफल भइन्। माओवादी केन्द्रकी समानुपातिक सांसद चौधरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यसअघि माओवादीमा मन्त्रीको सिफारिसमा परिएको भनिएका अमनलाल मोदी भने मन्त्री बन्न सकेनन्।

थारूवान

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन्। शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन्। उनले १८ दिनपछि अनशन तोडेका हुन्। थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको...

थारूवान

फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन १८ वर्षीया राधा चौधरीलाई भोलेबाबा भनिने रामबहादुर चौधरीसहितकाले ६ घण्टा निरन्तर कुटपिट गरे। कुटपिट गरिएकी युवती न्यायका लागी इलाका प्रहरी कार्यालयमा गइन। समान्य कुटपिट भन्दै मिलापत्र गराएर भोलेबाबालाई छोडियो। यो घटनाको जानकारी पाएपनि समान्य कुटपिट मानेर संचारकर्मी र संचारमाध्यमले पनि महत्व दिएन।

थारूवान

आर्थिक अवस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आइसाको हत्या भएको किटानी जाहेरी दिएकी छन्। मोरङ प्रहरीमार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी बुझेर पठाएको हो। मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दबाबपछि ललितपुरमा शंकास्पद ज्यान गुमाएकी मोरङको कटहरीकी आइसा चौधरीको हत्या भएको किटानी जाहेरी ललितपुर प्रहरीलाई पठाएको...

थारूवान

‘के हो यस्तो, यसैका लागि तपाईलाई हामीले समर्थन गरेका हौं, तपाईले के भनेर हामीलाई आश्वासन दिनुभएको थियो, एकजना सांसद जो अस्पतालमा उपचार गराई रहेका छन्, उसलाई यसरी जञ्जिर लागेर राख्न पाईन्छ ?’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसरी कड्किएर फोन गर्ने राष्ट्रिय जनता पार्टी नेपालका संयुक्त महन्थ ठाकुर हुन् ।

थारूवान

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

थारूवान

कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।

थारूवान

जितनारायण थनेत/नवलपरासी। प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै अनशनमा बसेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिहाइ र सांसदको मान्यता दिनुपर्ने माग गर्दै थारु कल्याणकारिणी सभा नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। फागुन २८ गतेबाट पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतबार नवलपरासी पूर्व...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) चितवनको सभापति ललित कुमार चौधरी निर्वाचित भएका छन्। नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा ललित चौधरी ७६ मतका साथ सभापतिमा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी हरिचन्द्र चौधरीले ४६ मत प्राप्त गरे।

थारूवान

भारतीय संस्था आदिवासी महिला महासंघले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीको रिहाई माग गरेको छ। संस्थाकी ममता कुजुरले नेपाल सरकारलाई चिठी लेख्दै जनताको जनमतलाई कदर गर्दै रेशम चौधरीलाई रिहाईसँगै संसदमा सम्मानजनक उपस्थिति गराउन माग गरेकी छन्।

थारूवान
1 32 33 34 35 36 131