2

प्रदेशसभा ५ को उपसभामुखमा बर्दियाकी कृष्णी थारु निर्वाचित

प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् । संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ ।

थारूवान

एमालेको प्रदेशसभा सदस्य वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनी मन्त्री बनेका हुन्।  प्रदेश प्रमुख उमाकान्त झाले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन्। उनीसँगै माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रीमा नियुक्त भए। चौधरी र केसीले...

थारूवान

प्रदेशसभाको निर्वाचन भएको झण्डै ७२ दिनपछि प्रदेश नंं ७ ले आज मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टको शपथ भने यही फागुन ५गते गर्ने तयारी गरिएको...

थारूवान

भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले नेपालको ९६ प्रतिशत नागरिकको संस्कार संस्कृति र सम्पत्तीसम्बन्धी सोझो सम्बन्ध रहेको भूमिप्रतिको प्रशासन चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउन जरुरी रहेको बताएका छन्। 

थारूवान

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।

थारूवान

नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभातर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले थारु समुदायबाट तीन जनाको नामावली बुझाएको छ। पूर्वसांसद सिरहाका पद्मनारायण चौधरी, दाङकी पार्वता डिसी चौधरी र सप्तरीकी नमिता कुमारी चौधरी सूचीमा अटेका छन्। यद्यपि निर्वाचन आयोगले सोमबारै सूची सच्याउन पत्राचार गरेको छ।

थारूवान

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ । फोरमबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगै सरिता गिरी र रेणु यादव सांसद बन्ने भएका छन् । यस्तै कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजको नाम सिफारिस भएको छ ।

थारूवान

नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ थारु समुदायबाट तीन जना थारु महिला छनौट गरेको छ। पूर्वसांसद शान्ता चौधरी, गंगा सत्गंवा थारु र लक्ष्मीकुमारी चौधरीलाई एमालेले थारुको महिला कोटातर्फ छनौट गरेको हो। पुरुषतर्फ भने कुनै थारु समुदायका कोही परेनन्।

थारूवान

५६ सिटका लागि बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा थारु समुदायबाट कैलालीका हरिराम चौधरी निर्विरोध भएका छन्। उनी ७ नम्बर प्रदेशमा माओवादीबाट निर्विरोध भएका हुन्। बाँकी कुनैपनि प्रदेशमा थारुको उपस्थिति देखिएन। 

थारूवान

प्रदेश नं. ७ का सांसदहरुले सुदुर पश्चिमको विकासको लागि साझा संकल्प बनाउनु पर्नेमाा जोड दिएका छन् । आइतवार धनगढीमा भएको पहिलो प्रदेश सभा बैठकमा बोल्ने ४ दलका सांसदहरुले यसअघि पिछडिएको सात नम्बर प्रदेश अब विकास र समृद्धिको चरणमा प्रवेश गर्ने विश्वास लिएका हुन् ।

थारूवान
1 34 35 36 37 38 131